रौतहट | प्रहरीले रौतहटबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा सोमबार राति प्रहरीले प्र.३ ०१–०२३ च ५३८५ नम्बरको कार चेकजाँच गर्दा त्यसमा सवार मोक्तान र थिङको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।