काठमाडौँ | सरकारले निजामती सेवामा प्रवेश गर्ने उमेर घटाउने प्रस्ताव गरेको छ।
सोमबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा पुरुषका लागि सेवा प्रवेशको अधिकतम उमेर ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको हो।
अहिले प्रचलित कानुनप् व्यवस्थाअनुसार पुरुष ३५ वर्ष र महिला ४० वर्षसम्म सेवा प्रवेश गर्न पाउँछन्।
विधेयकमा निजामती सेवामा रहने उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। अहिले ५८ वर्ष रहेकोमा दुई बढी बढाउने प्रस्ताव गरिएको हो।