• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साढे दुई अर्बभन्दा बढीको सापटी

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०८०, मंगलवार ११:४७
  • १०७७

    वीरगंज । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् ।

    कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।

    कोषका अनुसार सबैभन्दा धेरै योगदानकर्ता विशेष सापटी योजना अन्तर्गत १४ हजार चार जनाले दुई अर्ब ४९ करोड, ५४ लाख, ४० हजार ७४५ रुपियाँ लिएका छन् भने योगदानकर्ता घर सापटी अन्तर्गत ५८ जनाले तीन करोड, ६० लाख ५७ हजार २५ रुपियाँ लिएका छन् । यस्तै योगदानकर्ता शैक्षिक सापटी योजना अन्तर्गत तीन जनाले २३ लाख ६० हजार ३०० रुपियाँ लिएको कोषले जनाएको छ । कोषले २०७९ भदौदेखि यस्तो कर्जा तथा सापटी उपलब्ध गराउन सुरु गरिएको हो ।

    कोषले योगदानकर्तालाई एक करोड रुपियाँसम्म सापटी दिने योजना सञ्चालनमा ल्याएको छ । लगानी कार्यविधि पारित गर्दै योगदानकर्तालाई घर कर्जा, शैक्षिक कर्जा, सामाजिक कार्य कर्जा र विशेष सापटी सुविधा सञ्चालनमा ल्याएको छ । तिनै योजना अन्तर्गत कोषले विभिन्न शीर्षकमा सापटी उपलब्धि गराउँदै आएको छ ।

    कोषका सूचना अधिकारी उत्तमराज नेपालले योगदानकर्ता विशेष सापटी शीर्षकमा कर्जा लिन सजिलो भएकाले यो योजना अन्तर्गत सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । उहाँका अनुसार योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने छ । त्यस्तै कोषले योगदानकर्ताका लागि विशेष सापटी योजनामा पनि सञ्चालनमा ल्याएको छ । योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुनः विशेष सापटी लिन सक्ने व्यवस्था निर्देशकामा छ । कोषका अनुसार योगदानकर्ताले ७५ लाख रुपियाँ वा १५ वर्षको तलब बराबर घरकर्जा सुविधा पाउने व्यवस्था गरिएको छ । पछिल्लो डेढ वर्षको अवधिमा योगदानकर्ता घर सापटी अन्तर्गत ५८ जनाले तीन करोड, ६० लाख ५७ हजार २५ रुपियाँ कर्जा लिएको उक्त कोषका सूचना अधिकारी नेपालले जानकारी दिनुभयो । कोषमा आबद्ध भई लगातार तीन वर्षसम्म योगदान रकम जम्मा गर्ने योगदानकर्ताले मात्रै घरकर्जा प्राप्त गर्ने व्यवस्था अनुसार निवेदन दिनेले त्यो बराबरको रकम लिएको उहाँको भनाइ छ ।

    कोषले घर सापटीका लागि धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपियाँ योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ । सोही बराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । पति र पत्नी दुवै जना योगदानकर्ता भएमा एउटै धितोबाट दुई जनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवै जनाको तलबमानका आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिने छ । यसरी अलग अलग सापटी प्रदान गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकमभन्दा बढी प्रदान नगर्ने सापटी निर्देशिकामा उल्लेख गरिएको छ ।

    घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी दिँदा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिएको छ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिने छ तर घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिने छ ।

    शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रूपमा चुक्ता नगरेका योगदानकर्तालाई कोषले घर सापटी प्रदान गर्दैन । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी सहुलियत अवधिसहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गर्नुपर्ने छ । योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छाडेको छ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्ने छ । त्यस्तै कोषले शैक्षिक सापटी अन्तर्गत अहिलेसम्म तीन जनालाई २३ लाख, ६० हजार तीन सय रुपियाँ उपलब्ध गराएको छ । उक्त कर्जा योगदानकर्ता वा निजको पतिपत्नी वा छोराछोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि कोषले यस्तो खालको शैक्षिक सापटी प्रदान गर्न सकिने व्यवस्था अनुसार सो रकम उपलब्ध गराएको कोषले जनाएको छ ।

    शैक्षिक सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च, (सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, सम्बन्धित शिक्षण संस्थाको होस्टेल खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च र ट्राभल तथा बिमा खर्च जोडिने) बराबरको सापटी प्रदान गर्छ ।

    शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजको पति वा पत्नी, छोराछोरीमध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनबाट कर्जा दिन सकिने कोषले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑