वीरगंज । चालु आर्थिक वर्षको ७ महिनामा ४ करोड ६९ लाख किलो प्याज आयात भएको छ । सो बापत १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ ।
प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भारतबाट सबैभन्दा बढी धेरै मात्रामा प्याज आयात भएको छ । ४ करोड ६३ लाख किलो प्याज आयात भएको छ । सोबाट १ अर्ब ९३ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ ।
यस्तै, चीनबाट ६ लाख ५० लाख किलो प्याज आयात भएको छ । ६ करोड ६ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । भारत र चीनबाट खानाका लागि ताजा तथा सुकेको प्याज आयात गरिएको हो ।
कोरियाबाट ३० किलो प्याजको बीउ ५ लाख रुपैयाँको आयात भएको छ । यस्तै, दक्षिण अफ्रिकाबाट १ सय किलो प्याजको बीउ आयात गर्दा २२ लाख रुपैयाँको खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ ।