• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा दुर्घटनामा जान गएको संख्या अत्यधिक वृद्धि हुदै

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार ११:५४
  • १३०५

    वीरगंज । मधेस प्रदेशमा दुर्घटनामा ज्यान जानेको संख्या बर्सेनि बढ्दै गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको तथ्याङ्क अनुसार मधेस प्रदेशका जिल्लामा दुर्घटनाको दर बर्सेनि बढ्दै गएको पाइएको हो ।

    मधेस प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २९० पुगेको छ । यस्तै ५ हजार ७२६ जना घाइते भएका छन् ।

    मधेसमा पनि बारा जिल्लामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या उच्च छ । चालु आर्थिक वर्षको ७ महिनामा बारा जिल्लाभित्र भएका ५४७ वटा सवारी दुर्घटनामा ५६ जनाले ज्यान गुमाएका छन् भने ९५३ जना घाइते भएका छन् ।

    सोही अवधिमा धनुषामा ४४, महोत्तरीमा ३८, सर्लाहीमा ३७, सिरहामा ३३, पर्सा र रौतहटमा ३०÷३० जना र सप्तरीमा २२ जनाले सवारी दुर्घटनामै ज्यान गुमाएका छन् ।

    गत वर्ष बारामा ९७२ वटा सवारी दुर्घटनामा परी ९८ जनाले ज्यान गुमाएका थिए । गत वर्ष धनुषामा ८४, सप्तरीमा ७० जना सहित मधेस प्रदेशका ८ जिल्लामा ५४६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए भने ९ हजार ६७० जना घाइते भए । गत आर्थिक वर्ष मधेसमा ५ हजार ९८८ वटा सवारी दुर्घटनाका घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

    यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा मधेस प्रदेशमा ५ हजार ७ सय ११ वटा सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको छ भने ९ हजार ४ सय ६४ जना घाइते भएका छन् ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताए ।

    मधेस प्रदेशका ८ जिल्लामध्ये राजमार्ग धेरै भएको र भित्री तथा हुलाकी सडक खण्ड धेरै भएकाले पनि बारामा दुर्घटना दर अन्य जिल्लाभन्दा धेरै रहेको उनको भनाइ छ ।

    बाराको चुरियामाईदेखि अम्लेखगञ्ज–तामागढी–निजगढ २ लेनको साँघुरो सडक खण्ड र भित्री हुलाकी सडक खण्डमा तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सवारी दुर्घटना धेरै हुने गरेको काफ्ले बताउँछन् ।

    दुर्घटना न्यूनीकरणका लागि मधेस प्रदेश सरकारले २ वर्षअघि बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार क्षेत्र, काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग छेउ, सप्तरी, सिराहा र महोत्तरीमा गरी पाँच ठाउँमा ‘राडार गन’ (गति मापन यन्त्र) जडान गरेको थियो ।

    प्रति ‘राडार गन’ २६ लाख खर्चेर १ करोड ३० लाखमा प्रदेश सरकारले ५ ठाउँमा जडान गरेका यी उपकरण २ वर्षमै काम नलाग्ने अवस्थामा छन् । ३ वटा राडार गन बिग्रिएर कामै नलग्ने भएका छन् भने २ वटा मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको रार्जमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।

    सवारी दुर्घटना न्यूनीकरण अन्तर्गत गति नियन्त्रण गर्न ‘राडार गन’ महत्त्वपूर्ण उपकरण हो ।

    प्रदेश ट्राफिक प्रहरी राजस्व संकलनको लक्ष्यमै केन्द्रित

    सरकारले प्रत्येक वर्ष मधेस प्रदेश ट्राफिक प्रहरीलाई राजस्व संकलनको लक्ष्य निर्धारण गरेको हुन्छ । जसले गर्दा ट्राफिक प्रहरी मुख्य काम छोडेर राजस्व संकलनमा केन्द्रित भएको देखिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले हाल दैनिक सरदर १० लाख रुपैयाँ राजस्व संकलन गर्दछ । जसका लागि अम्लेखगञ्जदेखि प्रदेशको राजधानी जनकपुरसम्म दर्जनौँ ठाउँमा सवारी चेकजाँच पोस्ट राखिएको छ ।

    प्रदेश ट्राफिक प्रहरीसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि ३ देखि ४ किलोमिटरको अन्तरालका फरकफरक चेकपोस्ट राखेर राजस्व संकलन गर्दै आएको छ । राजमार्ग ट्राफिक प्रहरी पथलैयाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १२ करोड ७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

    गत आर्थिक वर्ष यो कार्यालयले २६ करोड ८६ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । सो कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा २२ करोड ४४ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले राजमार्ग ट्राफिक प्रहरी कार्यालयले दैनिक ९ देखि १० लाखसम्म राजस्व संकलन गर्दै आएको बताउँछन् । उनले प्रत्येक वर्षको लक्ष्यमा थप ५ प्रतिशत बढाएर अगामी आर्थिक वर्षमा राजस्व संकलन गनुपर्ने बाध्यात्मक व्यवस्था भएको बताए ।

    गत आर्थिक वर्षमा २६ करोड राजस्व संकलनको लक्ष्य पाएको राजमार्ग ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा करिव २० करोड रुपैयाँमात्र राजस्व संकलन गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा चेकजाँचलाई कडाइ गरेर राजस्वको लक्ष्य प्राप्त गर्न सफल भएको थियो ।

    राजमार्ग ट्राफिक प्रहरी कार्यालय पथलैयामा पूर्व प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सरकारले ट्राफिक प्रहरीलाई मुख्य काम छोडेर राजस्व संकलनमा खटाएको बताए । ‘हाम्रो मुख्य काम त सवारी दुर्घटना न्युनीकरण, जनचेतनामुलक कार्यक्रम गर्ने, सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने हो,’ उनले भने, ‘अव यो राजस्वको लक्ष्य प्राप्त गर्नेतिर ध्यान दिन परेपछि ट्राफिकले कसरी काम गर्ने ?’ ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्दा मापदण्ड हेरेर ५ सय देखि १ हजार ५ सय र अधिकतम् ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गर्दछ । साभार रातोपाटीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑