वीरगन्ज | पर्साको पटेर्वासुगौलीमा बाघले आतंक मच्चाएकाे छ।बाघकाे आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छने भने बाघले आक्रमणबाट तीन वटा बाख्रा मरेका छन्।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुरमा बिहीबार बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोज प्रसाद अधिकारी गम्भीर घाइते भएका हुन् । बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाह,ुको समूहमध्ये सरोजलाई बाघले आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा प्रहरी चौकी रंगपुरटाडीसहितको टोलीले घाइते अधिकारीको उद्धार गरेकाे थियाे ।
श्रीपुरस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि गम्भीर घाइते सराेजलाई वीरगन्जस्थित नारायणी अस्पतालमा लगेर भर्ना गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।
सराेजलाई आक्रमण गरि घाइते बनाएकाे बाघले नै लक्ष्मीपुर टाेलमा तीन वटा बाख्राकाे ज्यान लिएको छ |
आक्रमण गर्ने बाघको खोजी भइरहेको प्रहरी निरीक्षक केशरीले बताए। पटेर्वा सुगौली गाँउपालिका र पर्सागढी नगरपालिकाको जनता सडक आसपासकाे क्षेत्रमा बाघले विगत एक महिनादेखी आतंक मचाउदै आएको स्थानीय शिक्षक महेन्द्र चौधरी थारुले जानकारी दिए।उनका अनुसार एक महिना पहिलेपनि पटेर्वा सुगाैली गाँउपालिका वडा नंबर २ चाफीमा बाघकै आक्रमणबाट एक जना पुरुषकाे मृत्यु भएको थियाे।