• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैभव वीरगन्जका लागि भाषा, संस्कृतिको जगेर्नापनि आवश्यक छ : मेयर सिंह

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार ०९:०३
  • ११४५

    वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रमुख सिंहले बैभव वीरगञ्जका लागि यहाँका भाषा र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन् ।
    वीरगन्जमा साहित्यिक चौतारी नेपालले १० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पाठ्यक्रम विमर्श तथा भाषा साहित्य प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले वीरगन्ज महानगरको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने, ‘विद्यार्थीलाई भाषा र संस्कारसँगै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसँगै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउँछ । त्यसैले शिक्षासँगै संस्कार सिकाउनुपर्छ ।’

    साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगन्ज महानगरले गरीरहेका प्रयासको प्रसंशा गरे । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भएपनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ ।शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दिँदै साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।

    कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारेमा आफ्नो धारणा राखेका थिए ।
    भाषा, साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको साहित्यिक चौतारी नेपालले वीरगन्ज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने कार्यशालाको आयोजना गरेको अध्यक्ष गीता भण्डारीले बताइन् । उनकाअनुसार कार्यशालामा नेपाली भाषा तथा साहित्यसँगै विद्यार्थीलाई अध्यापन गराउँदाका चुनौती लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।२ दिनसम्म चल्ने कार्यशालामा देबी नेपालसँगै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् । कार्यशालामा वीरगन्ज महानगर भित्रका २५ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ ।
    साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव रामप्रसाद सुवेदीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑