• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेडिकल कलेजमा डाक्टरी पढ्ने सबै विद्यार्थीको शुल्क तिर्न १ अर्ब डलरको छात्रवृत्ति

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १५:३६
  • १०१३

    वीरगंज | अमेरिकामा एक अर्बपति महिलाले एक मेडिकल कलेजमा डाक्टरी पढ्ने सबै विद्यार्थीको शुल्क तिर्नको लागि १ अर्ब डलर (१ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ) दान दिएकी छिन् । अमेरिकाको न्यूयोर्कमा रहेको ब्रोंक्स मेडिकल स्कुल, अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनलाई यो दान दिइएको हो । अर्बपति महिला रुथ गोटेसम्यानले यो रकम कलेजमा अध्ययनरत सबै विद्यार्थीहरुको ट्युसन शुल्क तिर्नको लागि प्रयोग गर्ने शर्तमा यो रकम दान गरेकी हुन् । यी महिला अर्बपति लगानीकर्ता डेभिड गोटेसम्यानकी विधवा हुन् । डेभिड विशाल कम्पनी बर्कशायर हाथवेका प्रमुख लगानीकर्तामध्ये एक थिए । अहिले यो कम्पनीका सीइओ अर्बपति व्यापारी वारेन बफेट हुन् ।

    यति ठूलो रकम दान गर्ने महिला रुथ पहिले यही मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत थिइन् । २०२२ मा डेभिडको निधन भएपछि उनको सम्पत्ति रुथले पाएकी थिइन् । डेभिडले आफ्नो मृत्युअघि यो सम्पत्ति दिँदा ‘यसलाई जे गर्दा तिमीलाई ठिक लाग्छ त्यही गर’ भनेर दिएको रुथले न्यूयोर्क टाइम्सलाई बताइन् ।

    फोर्ब्सका अनुसार सेप्टेम्बर २०२२ मा डेभिडको निधन हुँदा उनको कूल सम्पत्ति करिब ३ अर्ब डलर बराबर थियो । रुथले त्यसको १ तिहाइ विद्यार्थीहरुका लागि दान गरेकी हुन् । न्यूयोर्क टाइम्सले यो दान अमेरिकामा शिक्षण संस्थालाई दिइएका दानमध्ये सबैभन्दा ठूलामध्येको एक र मेडिकल कलेजलाई दिइएको दानमध्ये सम्भवतः सबैभन्दा धेरै भनेको छ ।

    आइन्सटाइन कलेजका अनुसार अहिले चौथो वर्षमा अध्ययनरत र यो सेमेस्टरका लागि शुल्क तिरिसकेका सबै विद्यार्थीहरुले त्यो पैसा फिर्ता पाउनेछन् । र, अब अगस्टदेखि नयाँ पढाइ सुरु गर्ने कुनै पनि विद्यार्थीले यो शुल्क तिर्नुपर्ने छैन ।

    फोर्ब्सका अनुसार यो कलेजले वार्षिक शुल्क मात्रै ५९ हजार डलरभन्दा बढी लिने गरेको थियो । अब यो दानले प्रत्येक विद्यार्थीले यहाँ ४ वर्षको डाक्टरी पढाइ पूरा गर्दासम्म लाग्ने करिब २ लाख डलर बचन गर्नेछ । यसले विद्यार्थीहरुले शैक्षिक ऋणको भारी बोक्नु नपर्ने रुथको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑