• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खानीक्षेत्रमा सिमेन्ट उद्योगको लापरबाही : ओभरबडेनले खोला पुरिँदै, स्थानीयका घरखेत जोखिममा

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १२:३२
  • १२६९

    हेटौँडा उपमहानगरपालिका– १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले चुनढुंगा खानीक्षेत्रमा गरेको लापरबाहीले सुकौरा खोला पुरिने अवस्थामा पुगेको छ । स्थानीयका घरखेत, पानीको मुहान र सार्वजनिक सम्पत्ति जोखिममा परेका छन् । शिवम्ले मकवानपुरगढी गाउँपालिका– ७ को सुकौरा र ८ को खोटारमा रहेको खानीमा चुनढुंगा उत्खनन गर्दा निस्केको ओभरबडेनले नजिकैको सुकौरा पुरिने अवस्थामा पुगेको हो । उद्योगले मापदण्डविपरीत जथाभावी ओभरबडेन खोलामा फाल्दा वर्षायाममा खोलाको सतह बढ्ने र खानी प्रभावित क्षेत्रका बस्ती, स्थानीयको घरखेत, बारी, विद्यालय, खानेपानीलगायतका क्षेत्र जोखिममा पर्ने अवस्था भएको स्थानीयले बताएका छन् ।

    वर्षायाममा खानीबाट फालिएको ओभरबडेन बाढीसँगै बगेर आउँँदा स्थानीयको खेतबारी नै ढाक्ने गरेको स्थानीयको भनाइ छ । शिवम्को खानी प्रभावित क्षेत्रका स्थानीयको गुनासोपछि गत मंगलबार गाउँपालिकाको अनुगमन टोलीले खानीक्षेत्रको अनुगमन गरेको थियो भने शनिबार प्रतिनिधिसभाका सदस्य महेश बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको टोली खानीक्षेत्रमा पुगेको थियो । स्थानीयको गुनासोपछि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिको टोलीले खानीक्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिवम्को खानीबाट निस्केको ओभरबडेनलाई निश्चित ठाउँमा डिपोजिट गरेर व्यवस्थापन गर्नुपर्नेमा अव्यवस्थित तरिकाले सुकौरा खोलामा फाल्ने गरेको पाइएको पालिकाका अध्यक्ष स्याङ्तानले बताए । उनले खानीक्षेत्रबाट निस्किएको ओभरबडेन सीधै खोलामा फाल्ने शिवम् सिमेन्टको कार्य गैरजिम्मेवार र मापदण्डविपरीत भएकाले कारबाहीका लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

    ‘हामीले खानीबाट निस्केको ओभरबडेनको उचित व्यवस्थापन नहुँदा खोलामा फालेको विषयमा उद्योग प्रशासनलाई जानकारी गराएका थियौँ । मापदण्डअनुसार सुरक्षित ठाउँमा डम्पिङ गरेर राख्न र गाउँपालिकालाई तिर्नुपर्ने रोयल्टी पालिकालाई नियमानुसार बुझाउन ताकेता गरेका थियौँ, तर सुनुवाइ भएन,’ उनले भने । अध्यक्ष स्याङ्तानले ओभरबडेन हटाउन एक महिनाको समय दिए पनि व्यवस्थापन नगरिएको र ओभरबडेनले वर्षामा तल्लो क्षेत्रका बस्तीहरूमा क्षति पुग्ने हुँदा शिवम्ले तत्काल नियमअनुसार व्यवस्थापन नगरे खानी नै बन्द गराउने चेतानी दिए । ‘ओभरबडेनले खोला पुरिएपछि वर्षायाममा आउने बाढीका कारण स्थानीयको जग्गाजमिन, घरखेत नै जोखिममा पर्ने अवस्था छ । उद्योगले अब पनि अटेर गरे खानी प्रभावित स्थानीयको साथ लिएर आन्दोलनमा उत्रनुको विकल्प छैन,’ अध्यक्ष स्याङ्तानले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑