वीरगंज । जनकपुरधामको राराब कलेजमा एक प्रोफेशर (शिक्षक) सँग भएको दुरव्यवहारलाई अमानवीय घटनाको सँज्ञा दिएको छ ।
नेपाल विद्यार्थी सँघ (नेविसंघ) का धनुषा जिल्ला सभापति सुजित यादवले मँगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राराब कलेजमा प्रोफेसरको साथै सरकारी कार्यालयमा भएको क्रियाकलाप अमानवीय रहेको बताएका छन् ।
गत आईतबार दिउँसो राराब कलेजको सोशियोलोजी शाखाका एक प्रोफेसरले आन्तरिक अँकको लागि विद्यार्थीहरुबाट रकम उठाउने गरेको आरोपमा उनको कार्यालयभित्रै तोडफोड गरिएको भिडियो सार्वजनिक भएको हो । आन्तरिक मार्कको लागि विद्यार्थीहरुबाट २ हजार रुपैयाँ लिएको आरोपमा लोकतान्त्रिक विद्यार्थी सँघका पदाधिकारीहरुले प्रोफेश्वरमाथि जाईलागेका थिए ।
सभापति यादवले उक्त क्रियाकलापप्रति खेद प्रकट गर्दै आईन्दा यस्ता प्रकारको क्रियाकलापसहित यस प्रकृतिका घटना नदोहरयाउन सचेत गराएको हो । कलेजभित्र कुनै गैरकानुनी कार्य भएमा सबै पक्ष मिलेर बैठकको माध्यमबाट निराकरण गर्ने तरिका हुँदाहुँदै गैर समाजिक क्रियालाप गरेको भन्दै विरोध समेत जनाएको हो ।
सोही क्रममा राराबका स्वीयू सभापति मनिष कुमार यादवले समेत यस्ता घटनाको विरोध जनाएका छन् । राराबमा स्वीयू हुँदाहुँदै तरिका गलत अपनाएको भन्दै भविष्यमा यस्तो नगरी स्वीयूको गरिमा कायम राख्न आग्रह गरे । उनले कलेजतर्फबाट हुने कमि कमजोरीको लागि आवाज उठाउनु साराकारात्मक रहेको जनाउँदै तरिका कानुनी र सौहार्द गर्नुपर्ने बताए ।