• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खोलाको पानीले प्यास मेट्छन् सीमामा खटिएका प्रहरी !

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार २१:१७
  • १९२९

    वीरगंज | नेपाल भारत सीमा क्षेत्रमा पर्ने जिल्लाको मुसी नाका स्थित प्रहरी चौकीको गत वर्ष छानो फेरियो। फुसको छाना हट्यो, टिनको ओत लाग्यो। तर घरको गारो फेरिएन, नत गारो फेरिने कुनै छाँटकाँटै छ।
    चिर्पटको बार लागेको कच्ची घरका दुई कोठा भित्र अटाइएका छन् त्यहाँ सुरक्षार्थ खटिएका पाँच प्रहरी। फुसको छाना हटेर टिनको ओत हालिए पनि घाम, पानी छेकिन्न। नत चैत वैशाखमा चल्ने बेगको हावा हुरी नै छेकिन्छ।
    ‘दुई कोठामा पाँच जना बस्नु परेको छ, बस्नका लागि धेरै असहज छ,’ यस चौकीका इन्चार्ज प्रहरी असई महाविर चौधरीले भने ‘हावा, घाम पानी केही छेकिन्न, निकै गाह्रो भएर बस्नु परिरहेको छ।’
    चिर्पटको बार लगाइएको ठाँटी घरमा सञ्चालित प्रहरी चौकीमा बसोबास गरिरहेका प्रहरीहरुलाई सर्प बिच्छीको उस्तै जगजगी भइरहन्छ। गर्मीका समयमा सर्प बिच्छी प्रहरी चौकी (सुतेकै स्थान) मा छिरिरहेका हुन्छन्।

    ‘यो नाका क्षेत्रमा सर्प बिच्छीको धेरै नै जगजगी हुँदो रहेछ,’ चौधरी भन्छन् ‘गर्मी दिन सुरु भयो भने सर्प बिच्छी चौकी भित्र छिरिरहेका हुन्छन्, कतिलाई मार्छौँ, कतिलाई भगाउँछौँ, ठूलो डर त यहाँ सर्प बिच्छीले टोक्लान् भन्ने छ।’
    सर्प बिच्छीको जोखिमसँगै अव्यवस्थित बसाइँले मनोबल कमजोर बनाएर सीमा सुरक्षार्थ खटिएका प्रहरीहरुका लागि खानेपानीको समस्या उस्तै झेल्नु परिरहेको छ।
    यो चौकीका प्रहरीहरुले शुद्ध खानेपानी पिउन पाएका छैनन्। खोलाकै पानीमा आश्रित भएर सीमा सुरक्षाका लागि खटिनु परेको असई चौधरीले बताए।
    ‘खानेपानीको व्यवस्था छैन, खोलाको पानी पिउने गरेका छौँ,’उनले भने ‘सफा भएपनि फोहर भएपनि पानी त खानै पर्‍यो, तर अहिलेसम्म पानीका कारण कुनै स्वास्थ्य समस्या त देखिएको छैन।’

    उनका अनुसार बक्सरे भन्ने स्थानबाट पाइप मार्फत पानी गाउँमा पुर्‍याएको छ। तर पाइप मार्फत पुर्‍याइएको पानी ज्यादै प्रदूषित छ। अनि चौकी देखि नजिकै रहेको खोलाको पानीले प्रहरीहरुले प्यास मेटिरहेका छन्।
    ‘खोलामा स्थानीयले जरुवा खनेका छन्, जरुवाको पानीले प्यास मेटिरहेका छौँ,’ चौधरीले भने ‘धन्न गर्मी समयमा जरुवा सुक्दैन, यही जरुवाको पानी बोकेर पिउन पाएका छौँ।’
    नेपाल सीमा क्षेत्रकै सिरिया नाकामा खटिएका अस्थायी प्रहरी चौकीका प्रहरीहरुको अवस्था पनि उस्तै छ। नाजुक बसाइँका कारण यो नाकामा खटिएका प्रहरीहरु पनि कमजोर मनोबलका साथ सीमाको रक्षा गरिरहेका छन्।
    पिउने पानीका लागि खोलाको जरुवाको भरमा रहेका यहाँका प्रहरीहरुका लागि अब जरुवा सुख्खा हुने पिरलोले सताउन थालिसकेको छ। यो नाकामा पनि खानेपानीको व्यवस्थापन छैन।

    ‘खानेपानीको व्यवस्था छैन, खोलाकै पानी बोकेर खाने गरेका छौँ,’ यस चौकीका वरिष्ठ प्रहरी हवल्दार अजय चौधरी भन्छन् ‘खोलाको पानी सुक्यो भने झनै समस्या हुन्छ।’
    उनका अनुसार चैत वैशाख महिनामा खोलाको पानी सुक्छ, खोलाको नजिकै खनिएको जरुवापनि सुख्खा बन्छ। अनि पानीकै लागि भारत प्रवेश गर्नुपर्छ।
    ‘खोलाको पानी चैत वैशाखमा सुकिहाल्छ,’ उनले भने ‘खोलामा पानी सुक्यो भने पिउने पानीका लागि भारत जानु पर्छ।’ उनका अनुसार आधा घण्टा पैदल हिँडेर पानी लिनका लागि भारतीय क्षेत्रमा प्रवेश गर्नुपर्ने बाध्यता छ यहाँ।
    ‘भारतीय सुरक्षा बल एसएसबीले अहिले सम्म त पानी लिनका लागि कुनै रोकावट गरेका छैनन्,’ चौधरीले भने ‘चैत वैशाखमा पानी सुक्यो भने त हामीहरु आधा घण्टा पैदल हिँडेर भारत जानु पर्छ, त्यहीँबाट पानी बोकेर ल्याउने हो।’

    पानीको हाहाकारमा बाँचेका यहाँका ६ जना प्रहरीहरुको बसोबासको व्यवस्थापन पनि उत्तिकै अव्यवस्थित छ। कच्ची घरमा रहेको प्रहरी चौकीमा टिनको छानो फेरिएको छ। तर टिनको छानाले हावा पानी राम्रोसँग छेक्दैन।
    ‘माटोले पोतिएको कच्ची घरमा टिन लगाएको छ, हामीहरु तल्लो तलामा सुत्छौँ,’ चौधरीले भने ‘टिनले छाएको भएपनि हावा पानी त राम्रो सँग छेकिन्न।’
    उनका अनुसार यो क्षेत्रमा पनि सर्प बिच्छीको जगजगी उस्तै छ। भलै अहिले सम्म चौकीमा सर्प बिच्छीले कसैलाई पनि नडसेको उनले बताए।
    ‘यहाँ अर्को जगजगी भनेको सर्प बिच्छीको हो,’ उनले भने ‘यहाँ रहेको गाउँमा धेरै मान्छेलाई सर्प बिच्छीले डसिरहेका हुन्छन्, हामीहरुले नै उपचारका लागि भारतीय बजार सम्म पुर्‍याउने गरेका छौँ, तर अहिले सम्म हाम्रो प्रहरी चौकीमा त त्यस्तो घटना भएको छैन।’

    यी दुई प्रहरी एकाइ मात्रै हैनन्, नेपाल भारत सीमा क्षेत्रमा रहेका सबैजसो प्रहरी एकाइमा कार्यरत प्रहरीहरुले सीमा सुरक्षाका लागि अव्यवस्थित बसाई झेल्नु परिरहेको छ।
    नाका क्षेत्रमा नेपाल प्रहरीका ६ वटा प्रहरी एकाइ छन्। सर्प बिच्छीको जगजगीमा रहेका प्रहरीहरुलाई उचित बसोबासको प्रबन्ध छैन। खोलाको फोहर पानीले प्यास मेटिरहेका यी प्रहरीहरुले कमजोर मनोबलमा काम गर्नु परिरहेको बताउँछन्।
    ‘जस्तो सुकै आँधी बेहरी आएपनि नागरिकको सुरक्षाका लागि खटिने बाचा गरेर हामी सुरक्षार्थ खटिएका हुन्छौँ,’ उनले भने ‘मनमा जे जस्तो भएपनि यो बाचा अनुसार सक्रिय भएर फिल्डमा हामी प्रहरी खटिन्छौँ।’
    अव्यवस्थित बसोबासको समस्या झेली रहेका प्रहरीहरुलाई रिफ्रेस हुने कुनै पनि माध्यम नाका क्षेत्रमा छैन। यसले झनै मानसिक रुपमा समस्या हुने उनिहरु बताउँछन्।
    ‘हामी यहाँ बस्दाका समस्या त छँदैछन्, त्यसमाथि यहाँ दिमागलाई फ्रेस राख्नका लागि कुनै खेल खेल्ने माध्यम वा बजार क्षेत्र समेत छैन,’ उनले भने ‘यसले गर्दा पनि मानसिक रुपमा केही दबाब पर्दो रहेछ।’

    यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी जनकबहादुर मल्ल पनि प्रहरीहरुको उचित बसोबासको व्यवस्थापन नहुँदा मनोबल स्वाभाविकै रुपमा कमजोर हुने बताउँछन्।
    मूलतः नेपाल भारत सीमा क्षेत्रमा रहेका प्रहरी एकाइमा कार्यरत प्रहरीहरुको बसोबासमा धेरै समस्या रहेको भन्दै यस्तो बसोबासमा प्रहरीलाई सुरक्षा व्यवस्थापनमा उच्च मनोबल कायम नहुने उनले बताए।
    ‘जब बसोबास अव्यवस्थित हुन्छ, त्यो अवस्थामा प्रहरीले वा जसले पनि उच्च मनोबलका साथ काम गर्ने वातावरण बन्ने कुरा हुँदैन,’ डिएसपी मल्लले भने ‘तर पनि प्रहरीको जागिर जीवनमा प्रवेश गरेपछि सुरक्षार्थ खटिनु सबै प्रहरीको दायित्व हो, तर सुरक्षार्थ खटिने प्रहरीहरुको उचित बसोबासको व्यवस्था भने हुनै पर्ने हुन्छ।’
    नाका क्षेत्रमा यो समस्या बढी रहेको भएपनि त्यहाँको बसोबासको उचित प्रबन्धका लागि जिल्ला प्रहरी कार्यालयले चाहेर केही पनि गर्न नसक्ने उनले बताए।

    राज्यबाटै प्रहरी एकाइका भवन निर्माणका लागि योजना बन्नु पर्ने भएपनि यसो हुन नसकेको उनले बताए। ‘यो हाम्रो जिल्लाको कुरा मात्रै नभएर देशैभरका यस्ता प्रहरी युनिटको व्यवस्थापन गर्ने भनेर राज्यले निर्णय गर्ने कुरा हो,’ मल्लले भने ‘यसमा जिल्ला प्रहरी कार्यालयले मात्रै चाहेर हुने केही पनि हैन।’डिएसपी मल्लका अनुसार नाका क्षेत्रमा मात्रै नभई जिल्लाभर ३७ प्रहरी युनिट मात्रै स्थायी छन्। जिल्लाका कुल ७१ प्रहरी युनिट मध्य अन्य बाँकी सबै युनिटहरु भाडामा बस्नु परिरहेको भन्दै उनले भने ‘भाडामा प्रहरी बस्दा धेरै समस्याहरु हुन्छन्, तर प्रहरीकै आफ्नै भवन निर्माण हुन नसकेका युनिटहरु जिल्लामा धेरै छन्।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑