• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरामा ५ तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार १३:५८
  • ११६९

    पोखरा । पोखरा महानगरपालिकाले ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा पहिलो पटक ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट राख्नैपर्ने व्यवस्था गरिएको हो ।‘१७ मिटरभन्दा बढी उचाइ या पाँच तला भन्दा माथि भएको भवनमा अनिवार्य लिफ्टको व्यवस्था गर्नु पर्नेछ’, मापदण्डमा उल्लेख छ । पोखरामा ५ तलासम्म अग्लो घर बनाउन पाइने, सबैमा हरियो रङ महानगरको घरनक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलका अनुसार पाँच तल्ला भन्दा अग्ला सबै प्रकारका भवन र सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, होटल, रिसोर्ट आदि भवन निर्माण गर्दा माटो परीक्षण गरेर संरचनात्मक योजना प्रतिवेदन पेश गर्नुपर्छ ।

    नयाँ मापदण्डले ३ हजार वर्ग फिटभन्दा धेरै पिँधको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । भवन बनाउने स्थानको भौगर्भिक परीक्षण लगायतका प्राविधिक पक्षको विस्तृत अध्ययन गरी प्राविधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै भवन निर्माण गर्नुपर्नेसमेत नियम बनाएको छ । नयाँ मापदण्ड अनुसार भवनको वरपर पर्खाल बनाउँदा पनि संरचनात्मक योजना पेश गर्नुपर्नेछ । तर, यो मापदण्ड ४ फिटभन्दा अग्ला पर्खालको हकमा मात्रै लागू हुनेछ ।

    ‘सीमा पर्खाल निर्माण गर्दा पर्खालको उचाइ बढीमा ४ फिट अग्लो गारो र त्योभन्दा माथि जाली राख्नुपर्नेछ’, मापदण्डमा भनिएको छ, ‘उपयोगिताको आधारमा ४ फिट भन्दा अग्लो पर्खाल लगाउनु परेमा संरचनात्मक योजना अनिवार्य हुनेछ ।’फराकिलो जग्गामा अग्लो घर महानगरले यसअघि उचाइका आधारमा भवन निर्माणको स्वीकृति दिँदै आएको थियो । तर, हालै जारी भएको नयाँ मापदण्डले उचाइलाई भन्दा बढी जमिनको आकारलाई महत्व दिएको छ । अर्थात् अब जसको धेरै फराकिलो जग्गा हुन्छ, उसले अग्लो घर बनाउन स्वीकृति पाउनेछ । अब पोखरामा बन्ने भवन ठाउँ, भवनको किसिम र तुलनात्मक जग्गाको क्षेत्रफलको अनुपात (फार) अनुसार फरकफरक हुनेछ । ‘यसले गर्दा मापदण्ड पुग्यो भने जसको जग्गा बढी छ, उसले नियमानुसार अग्लो घर बनाउन पाउनेछ’, इन्जिनियर पौडेलले भने ।

    यो पनि पढ्नुहोस
    पोखराको नयाँ मापदण्डः जसको बढी जग्गा, उसको अग्लो घर !
    व्यापारिक र आवासीय भवनको अधिकतम ग्राउन्ड कभरेज (जमिनमा भवनले ओगटेको क्षेत्रफल) ७० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.५ हुनुपर्ने मापदण्डमा तोकिएको छ ।

    संयुक्त आवास भवन, अपार्टमेन्ट र होटलको अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत तोक्दा भुँइ क्षेत्रको अनुपात ४.० हुनुपर्ने उल्लेख छ । सुपरमार्केटका हकमा ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात ३.० हुनुपर्ने मापदण्डले तोकेको छ । शैक्षिक संस्था, अस्पताल नर्सिङ होम, पोलिक्लिनक लगायतको भवन निर्माण गर्दा अधिकतम ग्राउण्ड कभरेज ५० प्रतिशत र भुँइ क्षेत्रको अनुपात २.५ मापदण्डले व्यवस्था गरेको छ । गैरआवासीय पाँच तला भन्दा अग्ला भवनसंग जोडिने मुख्य बाटोको चौडाइ ६ मिटरभन्दा कम हुन नहुने उल्लेख छ ।
    महानगरले ल्याएको मापदण्डमा पोखराका फेवातालसहित ९ वटा ताल र खोला नालाको पनि मापदण्ड तोकिएको छ । जसमा फेवातालको ६५ मिटर र सेती नदीको ३० मिटर कायम गरिएको छ ।

    पोखरामा फिर्केखोलाको मापदण्ड ६ मिटर कायम, ३०० संरचना भत्काउनुपर्ने
    मापदण्डले बेगनास ताल र रुपा ताल १ सय मिटर र अन्य तालको ५० मिटर मापदण्ड कायम गरेको छ । तर, कास्कीकोटको ठूलीपोखरी, कमलपोखरी, खुँडे पोखरीसहितका साना पोखरीलाई भने जम्मा ६ मिटर मापदण्ड तय गरेको छ । महानगरले पोखरालाई वातावरणमैत्री बनाउने भन्दै ऊर्जा प्रभावकारी मापदण्ड पनि ल्याएको छ ।

    पोखराले ल्याएको ऊर्जा प्रभावकारी भवन मापदण्डमा के छ ?
    महानगरको भवन तथा पूर्वाधार मापदण्डको परिच्छेद ५ मा ऊर्जा प्रभावकारिताबारे उल्लेख छ । उक्त मापदण्डअनुसार अब बन्ने पोखराका भौतिक संरचना भूगोलको उचाइअनुसार फरकमात्रै हुने छैनन्, वातावरणमैत्री झ्याल, ढोका पनि राख्नुपर्नेछ । महानगरले पहिलोपटक पोखरामा वडाअनुसार सडक, पेट्रोल पम्प र विमानस्थलसँग सम्बन्धित मापदण्ड पनि जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला
  • एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
  • पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा
  • भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

    एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा

    २१६० पत्ता Tramadol र ७६ बोतल ONEREX सहित २ जना भारतीय नागरिक कारसहित पक्राउ

    पर्सामा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस दीप प्रज्वलन गरी मनाइयो

    विगत सात वर्षदेखि खेलकुद ऐन बन्न सकेको थिएन। म मन्त्री भए बित्तिकै खेलकुद ऐन पास गरए।

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    News

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    News

    पर्सा ख्रीष्टीयान युवा समिति गठन, अध्यक्षमा सुनबहादुर लामा

    News

    भोजपुरी गीत–साहित्यसँगै ‘आपन भाषा, आपन पहिचान’ अभियान अघि बढ्दै

    News

    नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑