• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज नेशनल मेडिकल कलेजमा सम्पत्ति विवाद

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १३:२५
  • २२०१

    वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालक दाजुभाइबिच आन्तरिक द्वन्द्व चर्किएको छ । मेडिकल कलेजको स्वामित्व तथा शेयरको विषयलाई लिएर सञ्चालक दाजुभाइबिच द्वन्द्व चर्किएको हो । नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दिन अन्सारीले कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई कम शेयर दिएर निष्कासन गरेपछि विवाद सतहमा आएको हो । जैनुद्दिन दाजु हुन् भने बसरुद्दिन भाइ हुन् । कलेज स्थापनाकालदेखि प्रबन्ध निर्देशक (एमडी) भएर काम गर्दै आइरहेका बसरुद्दिन अन्सारीलाई कलेजले यही ११ गते हटाएको हो । विवाद बढेपछि मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले विज्ञप्ति जारी गर्दै शेयर धनी तथा सञ्चालक समितिबारे प्रस्ट पारे ।

    उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो कम्पनीमा मेरो ९० प्रतिशत र भाइ बसरुद्दिन अन्सारीको १० प्रतिशत शेयर थियो । तर ७ महिना अगाडि यसमा केही नयाँ शेयरधनी थपिएका छन्, जसका कारण शेयर प्रतिशत बाँडफाँट भएर मेरो शेयर प्रतिशत घटेको छ ।’उनले जारी गरेको विज्ञप्तिमा नयाँ शेयरधनीहरुमा उनकै छोरा शाहनवाज र छोरीहरु नुसरत जहान अन्सारी, निकहत यासमिन र इसर्त जहानको नाम रािखएको छ । छोरा शाहनवाजलाई १५ प्रतिशत र तीनैजना छोरीलाई जनही १० प्रतिशत शेयर दिइएको उनले उल्लेख गरेका छन् । यही विज्ञप्तिमा बसरुद्दिनको नाममा १० प्रतिशत शेयर रहेको उल्लेख छ ।

    विज्ञप्तिमा नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेडको साधारणसभा– २०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रोबमोजिम) तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उल्लेख छ । जसको अध्यक्षमा डा.जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशकमा छोरा शाहनवाज अन्सारी र सञ्चालकमा छोरी नुशरत जहान अन्सारीलाई चुनिएको जनाइएको छ । सञ्चालक दाजुभाइबिच शेयरको विषयलाई उत्पन्न विवाद बढेपछि बसरुद्दिन अन्सारीले पनि आफू नेशनल मेडिकल कलेजको अध्यक्षमा चुनिएको खबर सामाजिक सञ्जाल फेसबुकमा निकटस्थलाई राख्न लगाए ।

    के हो विवाद ?
    नेशनल मेडिकल कलेज प्रालि वीरगन्ज २०५७ साल ३१ भदौमा दर्ता भएको हो । सुरुमा वीरगन्जको बाबा होटललाई भाडामा लिएर सञ्चालन भएको नेशनल मेडिकल कलेजसँग अहिले अर्बौंको सम्पत्ति रहेको सञ्चालक समितिका एक सदस्य बताउँछन् । मेडिकल कलेज सञ्चालन आरम्भ गर्दा सञ्चालक अध्यक्ष र एमडीबिच ५०–५० प्रतिशत शेयरमा कारोबार गर्ने सम्झौता भएको निवर्तमान एमडी बसरुद्दिन अन्सारी बताउँछन् ।

    ‘सञ्चालन गर्दा हाम्रोबिच आधा–आधामा सञ्चालन गर्ने सहमति थियो, त्यसमा दाइले १० प्रतिशत बढी लिएर सञ्चालन गर्न थाल्नुभयो । तर अहिले आएर हिसाब माग्दा दाइले शेयर छोराछोरीको नाममा दिनुभयो, जुन बेइमानी हो,’ उनी भन्छन्, ‘मैले हिसाबकिताब खोजिरहेको छु, सँगै काम गर्न सकिँदैन भनेर अलग हुन खोजेको हुँ । तर जालझेल भइरहेको छ ।’

    उनका अनुसार आफूहरूको सहमतिमा काठमाडौँमा सञ्चालनमा रहेको नेपाल मेडिकल कलेज आफूलाई दिएर हिसाब किताब गर्ने सम्झौता थियो । तर पछि त्यो सम्झौताबाट पनि दाइ ‘ब्याक’ भएको उनको आरोप छ । उनका अनुसार सुरुमा नेशनल मेडिकल कलेजको लागि प्रतिकट्ठा ३० हजार रुपैयाँका दरले २८ बिघा जग्गा खरिद गरियो, जुन जग्गाको मूल्य अहिले प्रतिधुर १० लाखभन्दा बढी छ । यो हिसाबले वीरगन्जमा रहेको मेडिकल कलेजको जग्गाको मूल्यमात्रै ११ अर्ब भन्दा बढी रहेको बताइन्छ । यो बाहेक भवनसहित अन्य सम्पत्ति जोड्दा वीरगन्जमा मात्रै १५ सय करोडभन्दा बढीको सम्पत्ति पुग्न जाने स्रोतको दाबी छ । योसँगै अन्य २ वटा कलेज समेत गरेर कुल २ हजार करोड भन्दामाथिको सम्पत्ति पुग्न जाने स्रोतको भनाइ छ । नेशनल मेडिकल कलेजका सञ्चालक अध्यक्ष जैनुद्दिन अन्सारीले भाइ बसरुद्दिनको १० प्रतिशत मात्रै शेयर रहेको दाबी गरे । उनले भने, ‘मेडिकल कलेजमा सबैभन्दा बढी शेयर मेरो थियो, पछि बाँडियो । भाइको त १० प्रतिशत मात्रै हो ।’यदि बढी शेयरको कसैसँग कागज भए पेस गर्न उनले चुनौती दिए । भाइले सबै ठाउँमा बदमासी गर्न थालेपछि सेयर धनीहरूको बैठकले कलेजबाट निष्कासित गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑