• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १२:१६
  • १३४१

    वीरगंज । रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार भएको छ । परिवारको सहमतिमा रुसी सेनाले त्यहाँ मृत्यु भएका अन्य नेपाली नागरिकको पनि क्रमशः अन्तिम संस्कार गर्ने र नेपालमा अस्तु संकलन गरेर पठाउने जानकारी नेपाललाई दिएको छ । कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार भएको छ । थपलिया गोरखाका हुन् भने कार्की कपिलवस्तुका र राई कास्कीका स्थायी बासिन्दा हुन् । ‘परिवारले सहमति दिएपछि रुसले सैनिक सम्मानका साथ तीनजनाको अन्तिम संस्कार गरेको जानकारी आएको छ,’ महानिर्देशक पौडेलले नयाँ पत्रिकासँग भने, ‘परिवारको सहमति लिएर बाँकी शवहरूको पनि अन्तिम संस्कार गर्ने र अस्तु पठाउने भन्ने जानकारी पाएका छौँ ।’

    गत साता मस्कोमा राईको अन्तिम संस्कार भएको हो भने थपलिया र कार्कीको अन्तिम संस्कार दुई महिनाअघि नै भएको परराष्ट्रलाई जानकारी आएको छ । सलामीसहित उनीहरूको अन्तिम संस्कार भएको हो । रुसी सेनाले युद्धमा मारिएका सैनिकको शव पहिचान गर्न सकिएमा मात्रै अन्तिम संस्कार गरेर अस्तु पठाउने भनेको छ । कतिपय नेपाली सैनिकको शव युद्धक्षेत्रमा पहिचान गर्न सक्ने अवस्थामा नरहेको रुसस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । रुसबाट बाहिर शव पठाउने रुसी नियम नभएको र त्यो प्रक्रिया खर्चिलो हुने भएपछि परिवारबाट सहमति लिएर मृतकहरूको अन्तिम संस्कार गर्ने उपायमा नेपालले सहमति दिएको एक उच्च कूटनीतिक अधिकारीले जानकारी दिए । ‘कुनै ठाउँमा शवको कंकालका साथमा नेपाली पासपोर्ट भेटिएकाले नेपाली हो भन्ने पहिचान भएको छ, केही ठाउँमा रुसी सेनाको स्थानीय कमान्डरको सूचनाका आधारमा मृत्यु भएको जानकारी आएको छ । शवको अत्तोपत्तो पनि छैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । गत भदौपछि नेपाली रुसी सेनामा भर्ती भएका हुन् ।

    त्यस्तै, रुसी सेनामा कार्यरत रहेर युद्धमा खटिने क्रममा चारजना युक्रेनी सेनाको हिरासतमा छन् । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनको रिहाइका लागि सरकारले युक्रेनसँग र अमेरिकी सरकारमार्फत पनि कूटनीतिक प्रयास जारी राखेको छ ।सरकारले रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सरकारले १० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका वेला परिवारजनले भने रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला
  • पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा
  • प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    News

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    News

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    News

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑