• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण : अख्तियार र सिआइबीको छानबिन सुस्त

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार १२:०३
  • ९०१

    वीरगंज । लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिनमा ‘आवश्यक’ अग्रसरता देखाएका छैनन् । यातायात व्यवस्था विभागले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर विवरणसहित थप छानबिन तथा कारबाहीका लागि नियमनकारी निकायलाई पत्राचार गरेको एक महिना पुग्न लागेको छ । तर, सम्बन्धित निकायबाट परिणामउन्मुख कारबाही देखिएको छैन । ठूलो परिमाणमा फर्जी सवारी लाइसेन्स जारी भएको विवरणसहित विभागले थप छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पत्राचार गरेको थियो । मन्त्रालयले सामान्य रूपमा प्रतिवेदन तयार गरेर अख्तियार पठाइसकेको छ । अख्तियारको छानबिन प्रारम्भिक चरणमै छ ।

    फर्जी लाइसेन्सबारे तत्काल गतिविधि अघि बढाएर छानबिन गर्नुपर्ने सिआइबीको गति पनि उस्तै सुस्त छ । यसबीचमा छानबिन गरिदिन विभागले सिआइबीलाई अनुरोधसहित पटक–पटक पत्राचार गरिसकेको छ । तर, सिआइबीले छानबिनकै चरणमा रहेको बताइरहेको छ । विभागले गत माघ १४ मा आफ्नो छानबिनले औँल्याएका विषय र फर्जी लाइसेन्सका विवरणसहितका प्रतिवेदन एकैपटक मन्त्रालयसहित अख्तियार र सिआइबीलाई पठाएर थप अनुसन्धान र कारबाहीका लागि अनुरोध गरेको थियो । तर, यो अनुरोध र पत्राचार गरेको एक महिना पुग्न लाग्दा पनि छानबिनका गतिविधि परिणामकेन्द्रित हुन सकेका छैनन् । यसबीचमा विभागले सिआइबीलाई अरू तीनपटक पत्राचार गरेको छ । विभागले दोस्रोपटक माघको २३, २५ र २९ गते पत्राचार गरेको थियो ।

    सिआइबीको प्रतिनिधिसहितको विभागको छानबिन समितिले कसरी फर्जी लाइसेन्स जारी भए भन्ने ‘केस’हरूसमेत हेरेर, कुन कार्यालय र युजरबाट कति लाइसेन्स जारी भए, प्रणालीका छिद्रसमेत केलाएर विवरणसहित प्रतिवेदन तयार गरेको थियो । छानबिन समितिमा सिआइबीकै डिएसपी डा. तपनकुमार दाहालसमेत संलग्न थिए । आफ्नै प्रतिनिधिसहितको समितिले फर्जी लाइसेन्स जारी भएको यकिन गरेर प्रतिवेदन दिँदा र विभागले पटक–पटक आग्रह गर्दा पनि सिआइबीले अनुसन्धानलाई यथोचित गति दिएको छैन ।

    सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य लाइसेन्स प्रकरणमा सिआइबीले अनुसन्धान अघि बढाइसकेको, तर थप प्रमाणहरू संकलन गर्न समय लागेको बताउँछिन् । ‘मुद्दालाई बलियो बनाउने गरी अनुसन्धान अघि बढाउन लागेका छौँ,’ उनले भनिन्, ‘हाम्रो टिमले विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।’यसैबीचमा फर्जी सवारी लाइसेन्सबारे भइरहेका अनुसन्धान र छानबिन प्रभावित गर्न लबिङ भइरहेको छ । फर्जी लाइसेन्स जारी गर्ने गैरकानुनी गतिविधिमा संलग्न रहेकाहरूले यससम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न तीव्र लबिङ गरेका हुन् । यही लबिङका कारण पनि अनुसन्धान सुस्त हुन पुगेको स्रोतको दाबी छ । फर्जी लाइसेन्स जारी गर्नेहरूको संगठित सञ्जाल नै सक्रिय रहेको देखिन्छ । यही सञ्जालले प्रणालीभित्र छिरेर विवरण फेर्ने र त्यसको ठाउँमा नयाँ हालेर लाइसेन्स जारी गर्थ्यो । मृत्यु भइसकेका, विदेशमा रहेका, नवीकरण नगरिएका तथा भ्यालिड रहेकै लाइसेन्स नम्बरमा अर्को फर्जी लाइसेन्स जारी गर्नेलगायतका काम गर्थ्यो ।

    फर्जी लाइसेन्समा अर्बौँको आर्थिक चलखेलसमेत देखिएको छ । प्रतिलाइसेन्स ५० हजारदेखि आपत्कालको स्थिति हेरेर १०औँ लाख रुपैयाँसम्ममा तुरुन्तै लाइसेन्स जारी हुने गरेको भेटिएको छ । बिचौलिया र कर्मचारीको बलियो साँठगाँठबाट यस्तो गैरकानुनी काम हुने गरेको थियो । छानबिन अघि बढ्दा कानुनी कारबाहीको फन्दामा परिने डरले उक्त समूह अहिले प्रभावित पार्ने चलखेलमा लागेको यातायात व्यवस्था विभागको स्रोत बताउँछ । २९ हजार सवारी लाइसेन्स खारेज यातायात व्यवस्था विभागले २९ हजार सवारी लाइसेन्स खारेज (इन्भ्यालिड) गरेको छ । लाइसेन्सका विवरणहरू फेरेर जारी गर्ने तयारीमा राखिएका ती लाइसेन्स विभागले खारेज गरेको हो । लाइसेन्समा पहिले नै भरिएका नाम, फोटोलगायतका विवरण फेरेर तयारी अवस्थामा राखिएका ती फर्जी लाइसेन्स विभागले प्रणालीबाटै ‘इन्भ्यालिड’ गरिदिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला
  • पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा
  • प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न
  • सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३५ लाखभन्दा बढीको गाडी तथा सामान भन्सार दाखिला

    News

    पर्सा–३ : स्थानीय विकासका विस्तृत योजनासहित पाण्डेय चुनावी मैदानमा

    News

    प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न

    News

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑