• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस महासमिति बैठक सकियो, विवाद फेरि केन्द्रीय समितिमै फर्कियो

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार ११:०८
  • १३९३

    वीरगंज । तीन दिनको बहसपछि आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय समितिबाट निर्णय गर्ने भन्दै कांग्रेस महासमिति बैठक सकिएको छ । पेस भएका पाँचवटै प्रस्तावमा सहभागीबाट आएका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने गरी बिहीबार महासमिति बैठक सकिएको हो । महासमिति बैठकमा सबैभन्दा बढी चर्चा र चासोमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने थियो । महामन्त्री गगन थापाले आगामी निर्वाचनमा आफ्नै ताकतमा एक्लै लड्ने र गठबन्धन नगर्ने प्रस्ताव ल्याएका थिए । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन रणनीति विषय भएकाले यसबारे अहिले निर्णय गर्न आवश्यक नरहेको प्रस्ताव पेस गरेका थिए । मीन विश्वकर्मा, संयोजक, प्रचारप्रसार उपसमिति बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी सबै प्रतिवेदन महासमिति बैठकबाट सर्वसम्मतिले पारित भएका छन् । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेता गठबन्धनबारे अहिले निर्णय लिन आवश्यक नरहेको पक्षमा थिए । यसैका आधारमा महासमिति बैठकमा सुझाव दिनेहरूले गठबन्धनबारे तत्कालीन आवश्यकताका आधारमा निर्णय लिन सुझाएका छन् । महासमिति बैठकका सुझावका आधारमा केन्द्रीय समितिबाट निर्णय हुनेछ, जहाँ दुवै पक्षले आफ्नो प्रस्तावअनुकूल निर्णय गराउन पहल गर्नेछन् ।

    महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव कांग्रेसको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको महासमिति बैठकपछि जारी विज्ञप्तिमा छ । ‘बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ,’ बैठकपछि प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा छ । कांग्रेसले महासमिति बैठकमार्फत संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    गठबन्धनको निरन्तरता
    सत्तागठबन्धनमा हेरफेरका आशंका टुंग्याउँदै कांग्रेसले हालकै गठबन्धनको निरन्तरतामै जोड दिएको छ । कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको त्यसैगरी बैठकले किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्तपीडितहरूले भोग्दै आएको पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    समापनमा कसले के भने ?
    कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पेस भएका प्रस्तावहरू सदस्यको सुझावका आधारमा परिमार्जनसहित केन्द्रीय समितिबाट पारित हुने बताए । ‘कांग्रेसले आठ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा देशको राजनीतिमा भूमिका खेलिरहेको छ । कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान् बनाउन महासमिति बैठक ऐतिहासिक महत्वको बनेको छ,’ उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्ताव पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्नेछ,’ उनले भने । उनले वर्तमान गठबन्धन सरकारको प्रमुख घटकका रूपमा सुशासनलाई निरन्तर दिन सुझाव आएको बताए । उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठक कांग्रेस र मुलुकका लागि महत्व राख्ने बताए । ‘हामी सरकारमा छौँ, प्रभावकारी महासमितिको सुझावअनुसार सुधार गर्न र सच्याउन जरुरी छ । हामी नौजनाले सरकारमा गएर आजसम्म साथीहरूको शिर झुकाउने गरी गलत काम गरेका छैनौँ,’ उनले भने, ‘बरु भ्रष्टाचार निवारण जनसेवामा प्रयास गरेका छौँ, कमजोरी सच्याउने प्रयास गरेका छौँ ।’ अर्का उपसभापति धनराज गुरुङले महासमिति बैठकसँगै कांग्रेसले नीतिगत स्पष्टता दिएकाले एजेन्डा र विचारमा परिष्कृत भएर अघि बढ्न आवश्यक रहेको बताए । उनले लाभका पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत राखे । ‘एक–अर्कालाई गाली गरेर घर अग्लो बनाउन सकिँदैन । अरूको घर भत्किएला र मेरो घर अग्लो देखिएला भनेर बस्नुहुँदैन । राजनीतिको घर अग्लो बनाउन सिद्धान्त एजेन्डा र विचार परिष्कृत हुनुपर्छ,’ उनले भने, ‘लाभका पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ, तब यत्तिकै अग्लो घर बन्छ । गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा गरेर हुन्छ ?’

    महामन्त्री गगन थापाले कांग्रेसले महासमितिबाट सरकारमा रहेको समय सदुपयोग गरेर आगामी निर्वाचनका लागि आधार तयार गर्नुपर्ने म्यान्डेट आएको बताए । उनले ०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले प्रस्ताव पेस गर्नुपर्ने र काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने धारणा राखे । ‘हामी ०८४ मा सरकारमा जान्छौँ होइन । अहिले नै सरकारमा छौँ । अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ, फेरि सरकारमा जाऔँ । कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुति राखेर जानुपर्छ,’ उनले भने, ‘काम गर्न नसकेका मन्त्रीलाई विश्राम दिऔँ । फिर्ता बोलाऔँ ।’ महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुईपटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताए । महासमिति बैठकले यी विषय पारित गरिसकेको उनको भनाइ थियो । ‘महासमितिमा धेरै विषयमा छलफल भयो । देशको स्थिति र परिस्थितिको विषयमा छलफल भयो, मन माझामाझ भयो । अहिले एकढिक्का भएका छौँ । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एकढिक्का भएर छलफल गरेको थियो । यससँगै हामीले अबको १५ वर्षको बाटो कोरेका छौँ,’ उनको भनाइ थियो । नेता डा. शेखर कोइरालाले कांग्रेस रूपान्तरणमा अविचलित यात्रा जारी रहेको बताए । ‘महासमिति बैठकले नवीन कांगे्रस बनाउने संकल्प थप बलियो बनाएको छ । आमजनतामा यो देशमा केही हुँदैन भन्ने न्यारेटिभ छ । यसलाई चिर्न पार्टी संगठन व्यापक रूपमा परिचालन हुनुपर्छ । त्यसका लागि लागौँ,’ उनले भने । कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताए । ‘हामी उत्साह लिएर फर्कँदै छौँ । हामीबीच एकता भएको छ । अलिअलि भएको मतभेद पनि हटेको छ । यो बैठकले धेरै विषयमा मन्थन गरेको छ । कांग्रेसले धेरै चुनौतीको सामना गरेको छ । सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि, तागत सबै कांग्रेससँग ‍छ,’ उनले भने, ‘देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ । संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
  • राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड
  • न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव
  • ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

    नेपालको भूमिकाले भारत-पाकिस्तान युद्ध अन्त्य भएको प्रधानमन्त्रीको दाबी

    सुन चाँदी दुबैको घटयो मुल्य

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    News

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    News

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    News

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑