• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३ अर्बमा किनेको चिनियाँ जहाज कवाडीमा पनि बिकेन, तनावमा निगम

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार ११:०३
  • १०३३

    वीरगंज । नेपाल वायुसेवा निगमले बिक्रीका लागि पटक-पटक प्रयास गरेको चिनियाँ जहाज खरिद गर्न कसैले रुची देखाएनन् । निगमले ९ फागुनसम्मको समय दिएर २३ माघमा गरेको चौथो पटकको प्रस्तावमा कुनै पनि कम्पनीले जहाज किन्न चासो नदेखाएको वायुसेवा निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पछिल्लो पटकको प्रयासमा समेत जहाज खरिद गर्न कसैले रुची देखाएका छैनन् । निगमले ५८ सिट क्षमताको २ वटा एमए ६० र १८ सिट क्षमताको ३ वटा वाई १२ ई जहाज बिक्रीका लागि प्रस्ताव मागेको थियो । निगमले २०७१ देखि २०७४ सम्ममा भित्र्याएका यी जहाजमध्ये २ वटा (एउटा एमए ६० र एउटा वाई १२) जहाज अनुदानमा पाएको हो । बाँकी ४ वटा (१ वटा एमए ६० र ३ वटा) वाई १२ जहाज सहुलियत ऋणमा चीनबाट खरिद गरिएको थियो । यी जहाज खरिद गर्दा ३ अर्ब चीनबाटै ऋण लिइएको थियो । निगमले खरिद गरेको जहाजमध्ये एउटा २०७६ मा दुर्घटनाबाट कामै नलाग्ने भएको छ भने बाँकी ५ वटा उडाउन नसकेका कारण बिक्री गर्न खोजेको हो । निगमले चिनियाँ जहाज उडान नसकेपछि पटक पटक बिक्रीको प्रयास गरेको छ । निगमले पहिलोपटक २० मंसिर २०७९ मा बिक्रीको लागि टेण्डर आह्वान गरेको थियो । पहिलोपटकको प्रस्तावमा बिक्री नभएपछि फेरि दोस्रो पटक २०७९ माघमा दोस्रोपटक प्रस्ताव मागेको निगमको भनाइ छ ।

    निगमकाअनुसार जहाज दुई पटकको प्रयासमा पनि बिक्री नभएपछि यसको मूल्यांकन गरेर पुनः २०८० पुस ५ गते तेस्रोपटक बिक्रीका लागि प्रस्ताव मागिएको थियो । उक्त प्रस्तामासमेत आवदेन नपरेपछि चौथोपटक २०८० माघमा चिनियाँ जहाज बेच्न प्रस्ताव माग गरिएको थियो । पछिल्लो पटकको प्रस्तावमा समेत एउटा पनि आवेदन नपरेका कारण निगमलाई यो जहाज अब के गर्ने भन्ने चिन्ता बढेको छ । निगमका प्रवक्ता पौडेलले यसबारे निगमले आवश्यक छलफल गर्ने बताए । निगमले उडाउनै नसकेको यो जहाजको किस्ता तिर्ने समय भने गत वर्ष कात्तिकबाटै सुरु भइसकेको छ । जहाज उडाउन नसके पनि पार्किङ तथा ग्राउण्डेडबापतको शुल्क भने लागिरहेको छ । निगमले जहाज उडान नसकेको र बिक्री गर्न खोज्दा पनि कसैले चासो नदेखाएको भन्दै न ऋणको किस्ता तिरेका छ न त उडाए नाफा नै कमाउन । निगमले १४ वैशाख २०७१ मा पहिलो र त्यसको ६ महिनापछि दोस्रो अनुदानको जहाज भित्र्याएको थियो । निगमले खरिद गरेको यी जहाजमध्ये १३ माघ २०७३ मा पहिलो र त्यसको एक सातापछि दोस्रो वाई-१२ जहाज ल्याएको थियो । बाँकी दुई वाई-१२ जहाज १ फागुन २०७४ मा आएका थिए । नेपाल एयरलाइन्सको वाइ १२ विमान किन्दा लिएको ऋणभन्दा धेरै घाटा

    निगमले ६ वटै चिनियाँ जहाज दुई देशको सरकारबीचको सम्झौता (जीटुजी) गरेर ल्याएको हो । सरकारले चीनसँग ऋण लिएर उसैको जहाज खरिद गरेर निगमलाई दिएको हो । निगमले यी जहाज उडाउन नसक्दा किनेको ऋण ३ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यवहोरिसकेको छ । निगमले आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म जहाजहरू संचालनमा रहँदाको समया मात्रै वार्षिक ७७ करोड ७४ लाख १० हजार १४३ रूपैयाँ घाटा व्यहोरेको थियो । यस्तो घाटा जहाज उडाएको समयमा पनि करिब दुई अर्ब रुपैयाँ भएको निगमले जानकारी दिएको छ । सरकारले चीनसँग २०६८ मै गरेको सम्झौता अनुुसार ३ अर्ब १४ करोड ४ लाख ८९ हजार ७८२ रुपैयाँ यी जहाज किन्दाको ऋण छ । यो ऋणमध्येबाट दुईवटा एमए-६० को १ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँ र चार वटा वाई-१२ को १ अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण लागेको वायुसेवा निगमको भनाइ छ । निगमले यी जहाज ल्याउन तिरिएको १२ करोड रुपैयाँ भन्सार पनि सरकारी ऋण नै हो । निगमले एक एमए-६० र १८ सिट क्षमताको तीन वटा वाई-१२ जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा दुई चिनियाँ कम्पनीमार्फत खरीद गरेको हो । बाँकी एउटा एमए-६० र एउटा वाई-१२ सित्तैमा पाएको हो ।

    निगमले सित्तैमा पाएको जहाज नै उठाउन नसेकपछि किनेर ल्याउने कि नल्याउनै भन्दाभन्दै राजनीतिक स्वार्थमा भित्रिएको यी जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २०७६ को कोरोना महामारीपछि घाम तापरेर बसेको छन् । कोरोनापछि निगमले २०७७ साउन १५ बाट भने यी जहाज सधैका लागि थन्काउने निर्णय गर्‍यो । निगमले विभिन्न प्राविधिक कठिनाइ समेत बढ्ने देखिएपछि जहाज नउडाउने निर्णयमा निगम पुगेको हो । जहाज थन्किएपछि २०७९ भदौ २३ को मा भाडामा सञ्चालन गर्न निजी कम्पनीलाई दिने निर्णय भएको थियो । तर उक्त निर्णयबाट पनि यी जहाज भाडामा जान सकेनन् । भाडामा दिन निगमले २०७९ भदौ २९ गते नियम अनुसार ४५ दिनको र मिति २०७९ कात्तिक १६ मा यी जहाज भाडामा दिन पुनः १५ दिनको सार्वजनिक सूचना जारी गरेको थियो । दुबै पटक कुनै पनि आवेदन नपरेपछि सरकारको निर्णयअनुसार उक्त जहाजहरू बिक्रीको प्रयास भएको हो । नेपालको भौगोलिक अवस्था अनुसार उपयुक्त नभएको, जहाजले क्षमता अनुसार यात्रु बोक्न नसक्ने, चिनियाँ पक्षले मर्मत सम्भार समयमा नगरिदिने कारण चिनियाँ जहाज उड्ने सकेनन् । नेपालीले नै उडाउन प्रशिक्षक पाइलट नै तयार पार्न नसकेको र जहाज निर्माता कम्पनीले सहयोग नगरेका कारण यी जहाज उडाएर नाफा कमाउन नसकेको निगमको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑