• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा मिटरब्याजीको ताण्डव

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार ०९:२६
  • १४४९

    जनकपुरधाम । जनकपुरमा एक मिटरब्याजी साहुले एक पीडितको घरमा रातराती डोजर चलाइदिएको घटना बाहिरिएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ वकिलटोलस्थित बस्ने ५० बर्षिय जयप्रकाश रोहिताको घरमाथि डोजर चलाईएको हो । मिटरब्याज साहुले समयमा चारगुणा अधिक ऋण नतिरेको भन्दै घरमा डोजर चलाईदिएको हो ।

    रोहिता सपरिवार फाल्गुन ६ गते आफन्तको विहेमा गएको बेला उनको घरमा डोजर चलाएको हो। घरमा कोही नभएको मौकाको फाइदा मिटरब्याजी रामचन्द्र वैनवार र उनका छोरा विपिनले उठाए ।

    जेसिबीले सुरुमा बाउन्ड्रीवाल भत्कायो । त्यसपछि घरको पर्खाल भत्काउन सुरु गर्यो । घर परिसरमा रहेका रुखहरु पनि ढाल्यो । स्थानीय मानिसको भीड लाग्यो( मेला जस्तै । भीडबाटै कसैले घरधनी जयप्रकाशलाई फोन गरेर घरमा डोजर चलाइरहेको जानकारी गराए ।

    घरमा डोजर लगाएको खबर पाउँदा उनी आफन्तको जन्तीमा धनुषाको सघारामा थिए । हतार हतार जनकपुरधाम पुगे । बाटोबाटै आफन्त र सहयोगीलाई फोन गरेर सहयोगका लागि गुहार मागे । उनी जनकपुरधाम पुग्दा जेसिबीले घर ढाल्दै थियो ।

    रोहिता जेसिबी रोक्न खोजे । तर उनलाई कसैले सुनेनन् । मेला झै लागेको भीडले पनि उनलाई सहयोग गरेनन् । प्रहरी पनि मुकदर्शक बनेको थियो । एकैछिनमा उनका आफन्त र सहयोगीहरु पुगे । त्यसपछि जेसिबी लगाउने समूहलाई लखेटियो, आक्रोशित उनीहरु जेसिबी तोडफोड गरे ।

    जेसिबीले रोहिताको घरमा जेसिबी चलाउने रामचन्द्र सिरहा नगरपालिकामा पर्ने बरेरबाका हुन् । उनले लाखौं खर्चेर केहि व्यक्तिको सहयोगमा आफ्नो घरमा जेसिबी चलाएको रोहिताले बताए । उनले प्रहरीकै अगाडी घर भत्काउँदा र लुटपाट गर्दा केहि नगरेको गुनासो गरे ।

    जेसिबी लगाएर रोहिताको पाँच वटा कोठाको एक साइडको पर्खाल र बाउन्ड्रीवाल भत्काइएको छ । घरको ढोकाहरु फोडेर घरभित्र प्रवेश गरी फर्निचर समान र दराजहरु समेत तोडफोड गरिएको छ । उनीहरु २५ लाख रुपैया, ५ तोला सुन र एउटा ल्यापटप समेत लुटेर लगेको पीडित रोहिताले बताए ।

    यद्यपी, अहिलेको समयमा २५ लाख रुपैयाँ घरमा नगद राख्ने पत्यार र अविश्वासिलो भनिएको छ ।

    घरबाट लत्ता कपडा र भान्साका समानहरु समेत तोडफोड गर्नेहरु फालिदिएका छन् । अहिले घरमा बस्ने अबस्था छैन् । घटनापछि रोहिता परिवार डरले घरमा बस्न छाडेका छन् ‌। छिमेकीको घरमा शरण लिएका उनी भन्छन्, ‘दिनदहाडै पुलिसकै अगाडी मेरो घर भत्कायो । रुपैया र सुन पनि लुटेर लग्यो । यस्तो अबस्थामा कसरी घरमा बस्न सक्छु ?’

    घर भत्काउनुको कहानीः

    २०५८ मा जयप्रकाश रोहिता जग्गा धितो राखेर नेपाल बंगलादेश बैंकबाट १० लाख रुपैया ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधाम वकिल टोलमा रहेको ४२ धुर घडेरी जग्गा बैंकमा राखे ।

    समय बित्दै गयो, ब्याज बढ्दै गयो । ऋण चुक्ता गर्न सकेनन् । ०६३ मा ब्याज बढेर ऋण १६ लाख पुग्यो । बैंकले जग्गा लिलामीको सूचना निकाल्यो । त्यसपछि करोडौंको जग्गा डुब्ने डरले उनलाई सतायो ।

    उनले ऋण तिर्न नसके बैंकले जग्गा लिलामी गर्छ भन्ने कुरा ससुरा रामसागर मुखियालाई सुनाए । ज्वाईका लागि रामसागर पैसाको जोहो गर्न थाले । उनले सम्धी रामचन्द्रसंग ज्वाईको जग्गा बचाइदिन आग्रह गरे ।

    रामचन्द्रले सम्धीका ज्वाई रोहितालाई ऋण दिन तयार भए । तर जग्गा बैंकबाटै आफ्नो नाममा तत्काल ल्याइदिनुपर्ने सर्त राखे । उनले विश्वास दिलाए( बेइमानी गर्दिन । मेलै दिने रूपैयाको सयकडा अढाई रुपैयाका दरले व्याज दिनुपर्छ । ऋण तिरेको दिन जग्गा फिर्ता गरिन्छु ।’

    रामचन्द्रको कुरामा रोहिता कन्भिन्स भए । जग्गा रामचन्द्रको नाममा पास गर्न सहमत भए । रोहितासंग त्यतिबेला ३ लाख ६५ हजार रुपैया थियो । उनले १२ लाख ३५ हजार रामचन्द्रसंग लिएर बैंकलाई बुझाए । लगत्तै बैंकमा राखेको ४२ धुर जग्गा रामचन्द्रको नाममा पास गराइयो ।

    रामचन्द्रबाट जग्गा फिर्ता ल्याउन रोहिताले खेत विक्रीमा राख्यो । उनले २७ कट्टा खेत बेचे । ऋण तिर्ने भन्दै रामचन्द्र र ससुरा रामसागरलाई घरमा बोलाए । रोहिताले भने, ‘मैले पैसाको जोहो गरिसके । हिसाब गरेर पैसा लिनुस् र मेरो जग्गा फिर्ता गरिदिनुस् भनेर रामचन्द्रलाई आग्रह गरेको थिए घरमै बोलाएर । म बुवालाई पैसा लिएर आउन भने । मेरो बुवा पैसा लिएर आएपछि घरबाट रामचन्द्र गायब भयो । भाग्यो । २–३ वर्ष सम्पर्कमै आएनन् ।’

    १२ लाख ३५ हजारमै करोडौंको जग्गा आफ्नो नाममा आएपछि रामचन्द्रको नियत बिग्रियो । उनी बेइमानीमा उत्रे । त्यसैले रोहिता ऋण चुक्ता गर्न खोज्दा उनी भागे । सम्पर्क विहिन बने । रोहिता भन्छन्, ‘म विश्वास गरे । मेरो ससुराको सम्धी हुन्, बेइमानी गर्दैनन् सोचे । तर मसंग विश्वासघात गर्यो ।’

    ब्याज जोडेर ऋण चुक्ता गरी जग्गा फिर्ता लिन समाजिक रुपमा प्रहरी कार्यालयमा पटक पटक छलफल भयो । रोहिताले सुनाए, ‘प्रहरी चोकीमा छलफल हुंदा आधा आधा जग्गा लिनेरदिने सहमती भएको थियो । आधा जग्गामा घेराबेरा पनि लगयो । म दुई लाख रुपैया पनि दिए । जग्गाको कर तिरेर आफ्नो नाममा ल्याउन । रुपैया लियो तर आधा जग्गा मेरो नाममा पास गरेनन् ।’

    उनले रामचन्द्रले पछि ४० लाख रुपैया दिएपछि मात्र आधा जग्गा दिने बताउन थालेको सुनाए । उनले भने, ‘अहिले त्यो जग्गाको प्रति धुर २० देखि २५ लाख चलनचल्ती मुल्य छ । ४२ धुर जग्गा र घर करिब १० करोडको सम्पत्ति छ । म फसेकाले १२ लाख ३५ हजारमै मैले आधा दिन तयार भए । तर थप ४० लाख माग्न थाल्यो । यो अन्याय हो कि होइन् ? मिटरब्याजको उजुरीमा रामचन्द्र फरार ।

    उद्वार गरिदिने भनी ऋण दिएर करोडौंको सम्पत्ति हड्पिन खोजेका रामचन्द्र बैनवार मिटरब्याज सम्बन्धी उजुरीमा फरार सूचीमा छन् ।

    जिल्ला प्रशासन कार्यालय धनुषामा रामचन्द्रमाथि पीडित जयप्रकाश रोहिताले ०८० जेष्ठमा मिटरब्याज सम्बन्धी उजुरी दिएका हुन् । उजुरीपछि उनलाई छलफलका लागि बोलाएको थियो । तर उनका छोरा बिपिन भिनवार मात्र उपस्थित भए ।

    ०८० साउन २८ मा छलफलमा बिपिनले सुरुमा जग्गा खरिद गरेको र रोहितासंग कुनै बिवाद नरहेको दावी गरेका थिए । तर कुनै विवाद छैन् भने जग्गा पास भएको १७ वर्षदेखि रोहिता नै कसरी घरमा बसिरहेको जिज्ञासापछि बिपिनले भनेका थिए, ‘ऋण तिर्न नसकेपछि जग्गा दिएको हो ।’

    बिपिनले छानबिनमा फस्ने देखेपछि भदौं १० गते पुनः छलफल गर्ने समय थिए । तर भदौं १० मा छलफलमै आएनन् । त्यसपछि पटक पटक बोलाए पनि उपस्थित भएन । उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बैनवारलाई पक्राउ गरी उपस्थित गराइदिन सिरहा प्रहरीलाई पत्राचार पनि गरेको छ ।

    पीडित रोहिता भन्छन्, ‘पावर र पैसाको बलमा रामचन्द्र मिटरब्याज सम्बन्धी उजुरीमा पनि छलफल गर्न आउदैनन् । प्रशासनसंग उनले सेटिंग मिलाएका छन् । प्रशासनको नजरमा उनी फरार छन् । तर मेरो घर भत्काइयो प्रहरीकै अगाडी । यो कसरी सम्भव भयो ?”जग्गा हड्पिन विद्युत लाइन काट्न लगायो

    आफ्नो नाममा बनेको लालपूर्जाको आधारमा रामचन्द्रले विद्युत लाईन पनि काट्न लगाएका थिए । तर वडा कार्यालय र जनकपुरधाम उपमहानगरको सिफारिशमा पुनः पुरानै मिटर जडान गरिएको छ ।

    मिटरब्याज सम्बन्धी उजुरीमा छलफलको क्रममा विजुली मिटर पनि रोहिताकै नाममा छ तपाईको घर कसरी भयो ? भनेर रामचन्द्रका छोरा बिपिनलाई सोधिएको थियो । त्यसैले उनी विजुली मिटर आफ्नो नाममा ल्याउने प्रयास गरेका थिए ।

    रोहिता भन्छन्, ‘मेरो नामको विजुली मिटर हटाएर नयां जडान गरेपछि सोधखोज गरे । वडा कार्यालयमा पुग्दा सिफारिश समेत नलिएको देखियो । त्यसपछि म वडा कार्यालय र उपमहानगरको सिफारिश लिएर विद्युत क्षेत्रिय कार्यालयमा निवेदन दिए । त्यसपछि फेरी मेरो नामको विजुली मिटर जडान भयो ।’

    जग्गा हड्पिन रामचन्द्र र उनका छोरा बिपिनले अनेक खेल खेलिरहेको रोहिताको भनाई छ । उनले भने, ‘पैसाको बलमा मलाई समस्यामा पार्ने काम भइरहेको छ । घर पनि भत्कायो । लुटपाट गर्यो ।’ घर भत्काउने र लुटपाट गर्नेहरुमाथि उजुरी दिने तयारी गरेको उनले बताए ।जग्गा हड्पिन विद्युत लाइन काट्न लगायो

    आफ्नो नाममा बनेको लालपूर्जाको आधारमा रामचन्द्रले विद्युत लाईन पनि काट्न लगाएका थिए । तर वडा कार्यालय र जनकपुरधाम उपमहानगरको सिफारिशमा पुनः पुरानै मिटर जडान गरिएको छ ।

    मिटरब्याज सम्बन्धी उजुरीमा छलफलको क्रममा विजुली मिटर पनि रोहिताकै नाममा छ तपाईको घर कसरी भयो रुभनेर रामचन्द्रका छोरा बिपिनलाई सोधिएको थियो । त्यसैले उनी विजुली मिटर आफ्नो नाममा ल्याउने प्रयास गरेका थिए ।

    रोहिता भन्छन्, ‘मेरो नामको विजुली मिटर हटाएर नयां जडान गरेपछि सोधखोज गरे । वडा कार्यालयमा पुग्दा सिफारिश समेत नलिएको देखियो । त्यसपछि म वडा कार्यालय र उपमहानगरको सिफारिश लिएर विद्युत क्षेत्रिय कार्यालयमा निवेदन दिए । त्यसपछि फेरी मेरो नामको विजुली मिटर जडान भयो ।’

    जग्गा हड्पिन रामचन्द्र र उनका छोरा बिपिनले अनेक खेल खेलिरहेको रोहिताको भनाई छ । उनले भने, ‘पैसाको बलमा मलाई समस्यामा पार्ने काम भइरहेको छ । घर पनि भत्कायो । लुटपाट गर्यो ।’ घर भत्काउने र लुटपाट गर्नेहरुमाथि उजुरी दिने तयारी गरेको उनले बताए । नेपालप्रेसको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑