बारा । बारामा नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने वर्ष ३४ को दिपेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका वडा नम्बर ८ निजगढ स्थित हाटबजारमा नेपाली एक हजारको दुई थान गरि २ हजार नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्थाबाट माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक प्रहरी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धि कसुर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत कलैयाबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रब्क्ता न्यौपानेले जानकारी दिनु भयो ।