पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गणेश अधिकारीले बिज्ञप्ति प्रकाशित गर्दै बोनस दर घटाएर प्रकाशित गरिएको घट्नाले स्तब्ध बनेको उल्लेख गरेका छन् ।
अध्यक्ष अधिकारीले प्रकाशित गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले लाखौं अभिकर्ता र तिसौ लाख भन्दा माथी बीमितहरुप्रति गरेको विश्वासघातको निन्दा गर्दै लाखौं अभिकर्ता र तिसाै लाख भन्दा माथी बिमितहरुको तर्फबाट उक्त कार्य अविलम्व सच्याई अभिकर्ता र बीमितहरु लाई दियको आश्वासनलाई ग्यारेन्टी गरी समय सापेक्ष बोनसदर बृद्धिको जोडदार माग गर्दछौं ।’
बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष अधिकरिले २०५८ सालमा कम्पनी स्थापना हुँदा ६५ रुपैयाँ बोनस दिने भनेर प्रतिबद्धता जनाइएको स्मरण गराउँदै अहिले घटायर कम्पनिले झुक्याउने काम गरेको बताए ।
अध्यक्ष अधिकारीले कम्पनीले बोनस बढाउनुपर्नेमा उल्टै घटाएर लाखौं बीमा अभिकर्ताहरुलाई झुठो आश्वासन दियको भनी आरोप लगाएका छन् ।
नेपाल लाइफ सहितका ठूला बीमा कम्पनीहरुको बोनसदर फ्युचर बोनसका कारण प्रभावित भएको हो । नेपाल लाइफ सर्वाधिक बीमा पोलिसी भएको कम्पनी भएकोेले फ्यूचर बोनसलाई धेरै रकम प्रोभिजन गर्नु पर्दा बोनस रकम ६५ बाट ५० रुपैयाँ न्यूनतम्मा झरेको छ । यद्यपि नेपाल लाइफको व्यवस्थापन खर्च उच्च रहेको, लगानी विविधिकरण गरेर मुनाफा हुने क्षेत्रमा लगाउन नसकेको जस्ता आरोप कम्पनीमाथि अभिकर्ताहरुले लगाउँदै आएका छन् ।
आज बिहिवार शाखा कार्यलय कोहलपुरमा समेत अभिकर्ताहरुले कालाेपट्टी बाधि बिराेध जनायका छन। बोनस लगायतका विविध मागहरू पूरा नभए थप आन्दोलनका कार्यक्रम चरणबद्ध रुपमा गर्दै लैजाने र उक्त आन्दोलनका कारण उत्त्पन्न हुनसक्ने कुनै पनि परिस्थितिको जिम्मेवारी कम्पनी स्वयंम हुनुपर्ने भन्दै उक्त बिरोध कार्यक्रममा केन्द्रिय उपाध्यक्ष जुहारी लाला चाैलागाईले चेतावनी समेत दिनुभयाे ।
त्यस्तै गरी आज बिरगंज शाखा लगायत मधेश प्रदेशका पनि सम्पूर्ण शाखाहरूमा कालोपट्टि बाधी अभिकर्ताहरू बिरोध जनाएका छन।पेशागत बिमा अभिकर्ता मधेश प्रदेश समिती अध्यक्ष -सत्यनारायण प्रसाद यादव र बिरगंज शाखा समितिका अध्यक्ष-कमरूल हक मिया ले बताएका छन |