वीरगञ्ज । बढ्दै गरेको चिसो र शीतलहरबाट वडाबासीलाई राहत दिन वीरगन्ज महानगरपालिकाले ६१ विभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाईएको छ । ६१ विभिन्न चोकहरुमा मंगलबार बिहान दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
माईस्थान चौक, घण्टाघर चौक, मुर्लि चौक, पावर हाउस चौक, मालपोत चौक, नारायणी अस्पताल, श्रीराम हल चौकनीर २ ठाउमा, ईदगाह चौक २ ठाउमा, नया बस पार्क, पुरानो बस पार्क, ब्लड बैक नीर, वडा ३ नम्बर.मस्जिद नीर, बिर्ता बजार, गणेशमान चौक, वडा ६ नम्बर गेटमा, अमर चौक, वीरगञ्ज हेल्थकेयर चौक, गंडक चौक, राधेमाई चौक, डाईपोट चौक, सि.डि.ओ.अफिस अगाडि, घुसुकपुर चौक, नगवा चौक, कता चौक, बैष्णु मंदिर अगाडि, कैलाश चौक, चिनीमिल अगाडि, कृषि औजार अगाडि लगायत गरि ६१ ठाउमा आगो बाल्ने व्यवस्था मिलाइएको वीरगन्ज महानगरपालिकाका सरसफाई प्रमुख सर्फुदिन मियाले जानकारी दिए ।
यसै गरि मंगलबार बिहान ठाकुरराम क्याम्प अगाडी, घडिअर्वास्थित पुरानो सत्याहल आगाडी, घडिअर्वा चोक, अशोकवाटीकास्थित बाबा मठिया चोक, बनारसी चोक, बर्णवाल चोक, अशोकवाटिका चोक, रानीघाट चोक, शीवपार्बती अस्थायी प्रहरी चौकी अगाडि, कुमारीमाइ मन्दिर अगाडि, आन्तरिक राजश्व कार्यालय अगाडी, होली ल्याण्ड स्कुल अगाडि गरि १९ वटा स्थानमा दाउराको ब्यवस्था गरि आगो बाल्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सुशील साह कानुले जानकारी दिए ।
केहि दिन यतादेखी वीरगञ्ज र यस आसपासका क्षेत्रमा चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेकाले वडाबासीको राहतका लागि ठाँउ ठाँउमा आगो ताप्ने व्यवस्था मिलाइएको सर्फुदिन मियाले बताए ।