आज:
  • होमपेज / Breaking News

    टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

  • वीरगंज संजाल
  • ३ मंसिर २०८०, आईतवार ०९:५८
  • २६७७

    वीरगंज | सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्। सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।

    इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्।

    भीपीएन के हो

    भर्चूअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन विशेषतः हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्युटरबीच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो।

    साधरणतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै हामी व्यापक इन्टरनेटको सञ्जालमा जोडिन्छौँ।

    भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ। त्यसो गर्दा हाम्रो परिचय गोप्य रहन्छ।

    भीपीएन

    धेरैजसो भीपीएन कार्यालयमा मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइएका एप्लिकेशन हुन्। ती अहिले व्यक्तिगत रूपमा पनि प्रयोग हुने गरेका छन्।

    तर केही मानिसहरू इन्टरनेटको प्रयोगमा सरकारले लगाएको सेन्सरशिप वा प्रतिबन्ध छल्नका लागि पनि भीपीएन प्रयोग गर्छन्।

    सरकारी प्रतिबन्ध छल्न भीपीएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत् देखाइदिन्छन्।

    विशेष गरी अनलाइनमा चलचित्र हेर्न तथा विभिन्न एप प्रयोग गर्न धेरैले भीपीएन प्रयोग गर्ने गरेको बताइन्छ। चीनमा पनि भीपीएनको प्रयोग भएको पाइन्छ।

    भीपीएनका पनि फरकफरक प्रकृति हुन्छन्। कुनैले डीएनएस (डोमेन नेम सिस्टम) परिवर्तन गरिदिन्छन् भने कुनै भीपीएनले प्रोक्सी सर्भर प्रयोग गर्छन्।

    ‘आकार अनिल’ उपनामले परिचित सूचनाप्रविधिको विषयमा विज्ञता राख्ने ब्लगर अनिलप्रसाद घिमिरे धेरै देशमा भीपीएनको प्रयोग साधारण भएको बताउँछन्।

    “भीपीएनको प्रयोग एकदमै साधारण कुरा हो। साइबर सुरक्षासम्बन्धी सचेत कतिपय मानिसहरूले सार्वजनिक वाइफाइमा आफ्नो उपकरण चलाउन पनि भीपीएनको प्रयोग गर्छन्,” उनले भने।

    के भीपीएन सुरक्षित छ

    भीपीएन

    कम्प्युटर असोसिएशन अफ नेपाल ‘क्यान फेडेरेसन’का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी साधारणतया भीपीएन सुरक्षित नभए पनि यसलाई सुरक्षित बनाएर प्रयोग गर्न सकिने बताउँछन्।

    उनका अनुसार सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू सुरक्षित हुन्छन्।

    “सबै भीपीएन सुरक्षित हुँदैनन्। प्रिमिअम भीपीएन जुन पैसा तिरेर मात्रै चलाउन मिल्ने हुन्छ ती केही सुरक्षित हुन्छन्। तर सित्तैमा पाइने भीपीएनबाट सित्तैमा भाइरस पनि डाउनलोड हुन्छ। उनीहरूले आय गर्ने बाटोका लागि एक्सटेन्शनहरू वा निश्चित सूचनाहरू एपले लिने गरी बनाएको हुन्छ,” उनले भने।

    “यसलाई सुरक्षित रूपमा चलाउन पनि मिल्छ। जति हामीले यसबाट फेसबुकहरू चलाइरहेको देख्छौँ त्यो सुरक्षित तरिका चाहिँ होइन,” अधिकारीले भने।

    “यसमा अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा भएका अन्य सोशल मिडियाहरूलाई असुरक्षित बनाउने जोखिम हुन्छ।”

    ब्लगर आकार अनिल पनि पैसा नतिरी प्रयोग गर्न मिल्ने भीपीएन एपबारे सचेत रहनुपर्ने बताउँछन्। “कुन र कस्तो भीपीएन प्रयोग गर्ने भन्ने कुरा बुझेर मात्रै प्रयोग गर्नुपर्छ। सित्तैमा पाइने धेरैजसो भीपीएनमा घातक सफ्टवेअरको जोखिम हुन्छ,” उनले भने।

    टिकटक

    भीपीएन प्रयोग गर्दा कस्तो जोखिम

    जानकारहरूका अनुसार कतिपय भीपीएनहरूले विभिन्न माध्यमबाट हाम्रो उपकरणमा स्पाइवेअर, माल्वेअरहरूलाई बाटो दिन सक्छन्। त्यसो हुँदा हाम्रो उपकरणमा भएका अन्य विवरण जोखिममा पर्न सक्छन्।

    विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुने जानकारहरू बताउँछन्।

    “हाम्रोमा टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूलाई भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो,” अधिकारी भन्छन्, “अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुन्छ।”

    “कतिपय कुरामा ‘प्यासिभ अट्याक’ हुन्छ। त्यो भनेको सूचनाहरू चोरी भइरहन्छ र पछि एकैचोटि आक्रमण हुन्छ। कतिपय चाहिँ ‘एक्टिभ अट्याक’ हुन्छ। त्यो भनेको टिकटक चलाइरहेको समयमा कम्युनिटी गाइडलाइन्स भएन भन्ने खालका सन्देश पठाएर फेरि भेरिफिकेशन गर्न भनेर आउँछ र त्यसले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ।”

    मोबाइल फोन

    कसैले फेसबुकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै आफैँसँग यसबारे राम्रो ज्ञान नभई प्रयोग गर्नु थप जोखिमपूर्ण हुने जानकारहरू बताउँछन्।

    “भाइरसहरू र मलिशस कोडहरू त एकदमै फैलिन्छन्। तपाईँले क्लिक गर्नुभयो भने तपाईँका साथीहरूलाई पनि पुग्न सक्छ र तपाईँलाई विश्वास गरेर उनीहरूले त्यो क्लिक गरेर अझै फैलाउँछन् र ह्याक हुने जोखिम हुन्छ,” अधिकारी भन्छन्।

    भीपीएनका के हुन् अरू विशेषता

    विज्ञहरूका अनुसार सुरक्षित भीपीएनहरू पनि उपलब्ध छन्। तर अधिकांश सुरक्षित भीपीएन किन्नुपर्छ।

    “कतिपय व्यावसायिक संस्थाहरूले यस्तो भीपीएन चलाउँछन्। व्यक्तिगत रूपमा चलाउन अलि महँगो हुन्छ,” अधिकारीले भने।

    उनका अनुसार व्यावसायिक संस्थाहरूले चलाउने भीपीएन विशेष गरी डेटा सुरक्षाका लागि प्रयोग हुन्छन् र त्यसमा प्राविधिकहरूले म्याक र आईपी अड्रेस परिभाषित गरेर प्रयोग गर्छन्।

    आफू पनि भीपीएन प्रयोगकर्ता रहेको बताउने ब्लगर आकार अनिल कुनै पनि भीपीएन प्रयोग गर्नुअघि त्यसबारेको समीक्षा हेर्दा त्यसको प्रयोगबाट हुने जोखिम र फाइदाबारे जानकारी मिल्ने बताउँछन्।

    “हामीले त्यसलाई डाउनलोड गर्नुअघि नै अन्य प्रयोगकर्ताहरूले गरेका समीक्षाहरू र दिएका रेटिङका आधारमा भीपीएन एपबारे मूल्याङ्कन गर्न सक्छौँ,” उनले भने।

    यसअघि सरकारले नेपालमा युवा र किशोरकिशोरीमा लोकप्रिय बनेको अनलाइन गेम ‘पब्जी’ मा प्रतिबन्ध लगाउँदा कतिपयले भीपीएन प्रयोग गरेर यस्तो गेम खेल्ने गरेको बताएका थिए।

    साइबर सुरक्षा

    साइबर सुरक्षाविज्ञ अधिकारी पब्जी खेल्नेमध्ये धेरैजसो शिक्षित र कतिपय प्राविधिक ज्ञान पनि भएका मानिसहरू हुने भएका कारण उनीहरूलाई यसको सुरक्षित प्रयोगबारे सर्वसाधारण मानिसभन्दा बढी जानकारी हुनसक्ने अनुमान गर्न सकिने बताउँछन्।

    “तर साधारण प्रयोगकर्ताहरू विशेष गरी टिकटक चलाउने धेरैजसोलाई यसको जटिल प्राविधिक पक्षबारे जानकारी नहुने भएकाले उनीहरूका लागि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ,” उनले भने। सरकारले बन्द गरेको एप वा वेबसाइट चलाउन भीपीएन प्रयोग गरेर सम्भव हुने भए पनि धेरै सुरक्षित चाहिँ नहुने अधिकारीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑