• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    तिहार मान्न घरगाउँ फर्किनेहरु पनि यातायात व्यवसायीबाट ठगिने क्रम जारी

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार १५:००
  • २६०१

    भक्तपुर । रुषा थापा । काठमाडौंको नयाँबसपार्क , कलंकी, बल्खु, कोटेश्वर, जडीबुटी, भक्तपुरको जगाती, साँगालगायतमा अहिले तिहार मान्न घरगाउँ फर्किनेको संख्या बढेको छ । दशैंमा समेत बसको टिकट नपाएर वा छुट्टी नपाएर घरगाउँ नफर्किएकाहरु अहिले तिहारका लागि भने घरगाउँ फर्किन थालेका छन् । सर्वसाधारण बसबाट आफ्नो गाउँघर जान्छन् । तर, भाडाको बारेमा उनीहरुलाई थाहा छैन । न त कतै भाडा बारे टाँसिएको नै हुन्छ । यसले गर्दा यातायात व्यवसायीहरुले यात्रुसँग मनोमानी ढंगले भाडा उठाइरहेका छन् । आयल निगमले पटकपटक पेट्रोल र डिजेलको मूल्य घटाइसकेको छ । तर, सरकार र यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा घटाएको छैन । आयल निगमले पेट्रोल र डिजेलमा थोरै मूल्यवृद्धि गर्नेबित्तिकै यातायात मन्त्रालय गाडी भाडा बढाइहाल्छ । हिजो अपरान्ह १२ बजे नयाँबसपार्कस्थित दुई यात्रुहरु गाडीको विषयमा गुनासो गर्दै थिए । छ महिनाअघि नयाँ बसपार्कबाट सिन्धुपाल्चोकको चौतारा गएको दुई सय ३० रुपैयाँ रहेकोमा अहिले चार सय ३० रुपैयाँ पुप्याइएको भन्दै उनीहरुले आक्रोश समेत पोखे । लोकल गाडीमा सरकारले निर्धारण गरेको भाडादर एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ छ । तर, यातायात व्यवसायीहरु यात्रुसँग चढ्नेबित्तिकै २५ रुपैयाँ असुल्छन् । दशैंमा सरकारले ठूलो गाडीको अग्रीम टिकट खुलाएपनि सानो गाडी (जम्पो हाइस, माइक्रो बस, टाटा समूह) को खुलाएन । विद्यार्थी, अपांग, ज्येष्ठ नागरिकलाई पनि भाडा छुट दिइएन । उल्टो सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा उठाइयो । एक हजारमा पुग्ने बाटोमा यात्रुसँग आफुखुशी तीन हजारसम्म यातायात व्यवसायीहरुले लिए । यात्रुलाई आफु चढेको गाडी ठिक छ वा छै ?, गाडीको अवस्था के–कस्तो छ ?, गाडी कति वर्ष पुरानो हो ? र सहचालक, चालकले मदिरा सेवन गरेर त गाडी चलाइरहेको छैन ? भनेर थाहा हुदैँन । यात्रुहरु गाडीमा गएर बस्दा सिट भाँचिएको हुन्छ । सिटको खोलहरु फोहोर हुन्छ । झप्यालको सिसा फुटेको हुन्छ भने सहचालक, चालक पनि त्यस्तै फोहोरी हुन्छन् । सहचालक, चालकले यात्रुसँग राम्रो बोलीवचन र व्यवहार गर्नुपर्छ भनेर न सरकार सिकाउँछ न गाडी साहु ।

    सर्वसाधारण जनता भाडाको गाडी चढेपछि सहचालक, चालकको व्यवहार देखेर दिक्क हुने गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ वा नेपाल यातायात राष्ट्रिय महासंघका पदाधिकारीहरुको पृष्ठभूमि केलाउने हो भने उनीहरु पनि सहचालक, चालक हुदैँ यहाँसम्म पुगेको देखिन्छ । महासंघका नेताहरुको काम भने यात्रु र गाडी धनी ठग्नु हो । नयाँ गाडी हाल्ने धनीसँग उनीहरु दुई लाखदेखि पन्ध्र लाखसम्म असुल्छन् । बाटो कब्जा गर्छन् । यता, गाडी दुर्घटनामा परेर ज्यान गुमाएका मानिसहरुको बीमाबाट आएको रकम पनि मृतकको आफन्त वा परिवारजनलाई नदिएर पचाउने । दिनहुँ एउटै गाडीसँग लेबीको नाममा सात सयदेखि पन्ध्र सयसम्म उठाउने । कम्पनीहरुलाई महासंघको सदस्य बनाएकोमा पाँच हजारदेखि पचास हजारसम्म असुल्ने । महिनैपिच्छे लेबीको नाममा एउटै कम्पनीसँग तीन हजारदेखि दश हजारसम्म उठाउने । नयाँ गाडी बेच्ने अटो शोरुम र बीमा कम्पनीसँग कमिशन माग्ने । ३२ वटा विषयवस्तुमा सरकारले लिनुपर्ने राजस्व विगत साढे तीन दशकदेखि बढाउन नदिने । सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा यात्रुसँग उठाएर एक दिनमै १८ करोड ठग्ने । चार दशकदेखि हरियो प्लेट, कालो प्लेट, ढुवानी गाडी र फोस्टक ट्याम्पोको नयाँ दर्ता खोल्न नदिने । बीस वर्ष कटेका सवारीसाधन चलाएर सर्वसाधारण जनतालाई भीडबाट खसालेर मार्ने । अहिले पनि २३ वर्ष पुरानो ट्याक्सी, २६ वर्षे माइक्रो बस र ३० वर्षे ग्याँस ट्याम्पो बाटोमा गुडिरहेका छन् । यातायात क्षेत्रमा २०३० सालदेखि ०८० सालसम्म एउटै व्यवसायीको रजगज छ । नयाँ व्यवसायी आउन दिइएको छैन । जसले गर्दा सर्वसाधारण जनता ठगिने क्रम जारी छ । अहिले पनि बीस वर्ष पुरानो ट्याक्सी र ग्याँस ट्याम्पोको नम्बरप्लेट एक लाखदेखि तीन लाखसम्म खुलेआम बिक्रीवितरण भइरहेको छ । यातायात समिति संस्था ऐन २०३४, अन्तर्गत दर्ता भएको यातायात समिति र संस्था ऐन २०१८, अन्तर्गत दर्ता भएको नेपाल यातायात राष्ट्रिय महासंघ २०७५ बैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले खारेज गरिदियो । सरकारले यो संस्था खारेज गरेको खण्डमा संस्थाको नाममा भएको सम्पत्ति (चल, अचल) सरकारको हुने कानूनमा उल्लेख छ । तीन सय सात वटा यातायात समिति र एउटा महासंघ सरकारले खारेज गप्यो । तर, संस्थाको नाममा भएको चल, अचल सम्पत्ति राष्ट्रियकण गरेन सरकारले । दुई सय ४५ वटा समितिको बैंक खाता रोक्का गरिएको थियो । पछि त्यो पनि फुकुवा गरियो । ७२ वटा समितिको सहकारीमा खाता थियो ।

    तर, त्यसको खोजबिन समेत गरिएन । महासंघका पदाधिकारीहरुले घुस खाएर वा गैरकानूनी रुपमा कति समपत्ति जोडेको छ भनेर सर्वसाधारणलाई थाहा छ । तर, अख्तियार र शुद्धिकरण विभागलाई भने थाहा छैन । यातायात व्यवसायीहरुले एउटै गाडीमा दश लाखदेखि ८० लाखसम्म लगानी गर्छन् । दिनहुँ पाँच हजारदेखि पचास हजारसम्म आम्दानी हुन्छ । तर, लगानी र आम्दानी दुवैको राजस्व सरकारलाई तिर्दैनन् । राज्यलाई तिर्नुपर्ने कर भने सुको तिर्दैनन् तर बाटो भने राम्रो नभएको भन्दै आक्रोश पोख्छन् । यातायात व्यवसायीको अघि सरकार लम्पसार परिसकेको छ । सर्वसाधारणको नाम लिएर यातायात व्यवसायी र सरकारको मिलेमत्तोम केही दिनअघि सूर्यविनायक–रत्नपार्क दू्रतबस सञ्चालनमा ल्याइयो । तर, सञ्चालनमा आएको एक महिना नबित्दै सो बस बन्द हुन पुगेको छ । यता, त्यो बस सञ्चालनमा ल्याउन बाटोमा मात्र तीन करोडको रंगरोगन गरिएको बताइएको छ । तर, त्यो तीन करोड पनि यातायात मन्त्रालयदेखि यातायात व्यवस्था विभाग, सडक विभागका पदाधिकारी र यातायात व्यवसायीहरुले नै पचाएको पाइन्छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल र महासचिव भरत नेपालसँग गाडी छैन । त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलासँग पनि एउटै गाडी छैन । यीनीहरुको पृष्ठभूमि केलाउने हो भने सरोज सिटौला नयाँबसपार्कमा टिकट बेच्ने, भरत नेपाल ट्याम्पो चलाउने तथा डोलनाथ खनाल र विजय स्वाँर पनि गाडी चालक हुन् । दुई दशकअघि केही नभएका यीनीहरुको आज काठमाडौंमा तीन–चार वटा त घर मात्रै छ । उनीहरु निजी प्लेटको सवारीसाधनमा हिँड्छन् । जनता र राष्ट्रलाई ठगेर कमाएका यस्ताको सम्पत्ति न अख्तियारले छानबिन गर्न सक्छ न शुद्धिकरण विभागले । जनता पनि यस्ता ठग, सामान्ती व्यक्तिहरुलाई कालोमसो दल्न सक्दैँनन् । यी ठग, दलालीहरु कोट लगाएर मिडियामा भाषण दिन्छन् अनि आफुहरुलाई समाजसेवी व्यवसायी बताउँछन् । आफ्नो अघिपछि गुण्डा पाल्छन् ।

    राजनीतिक पार्टीलाई चन्दा दिएर सदस्यता लिन्छन् । सिधासधी जनता पैसा तिरेर गाडी चढ्छन् । १३ यात्रु बोक्ने क्षमता भएको माइक्रो बसमा २५–२७ जना हालिएको हुन्छ भने २४ यात्रु बोक्ने स्वीकृति पाएको गाडीमा ५०–६० जना हालिएको हुन्छ । गाडीको क्षमताभन्दा बढी यात्रु हालेर दुर्घटना हुँदा सर्वसाधारण जनताले आफ्नो ज्यान गुमाउनुपर्छ । सवारी दुर्घटनामा एकैपटक पाँच जनादेखि पचास जनासम्मले आफ्नो ज्यान गुमाउँछन् । अनि यातायात व्यवसायी महासंघका पदाधिकारीहरु आफु बच्न सरकारलाई गाली गर्न थालिहाल्छन् । उनीहरु क्षमताभन्दा बढी यात्रु तथा सामान हाल्दा, अवस्था ठिक नभएको गाडी चलाउँदा वा चालकको लापरबाहीका कारण गाडी दुर्घटना भएको स्वीकार्दैनन् । कच्ची बाटो तथा सडकको अवस्थाका कारण गाडी दुर्घटना भएको भन्दै सरकारमाथि आरोप लगाउँछन् । लोकल गाडीमा यात्रुसँग पैसा त लिइन्छ तर टिकट दिइदैँन । गाडी रोडमा चल्ने सवारीसाधनको टिकटमा पनि गाडीनम्बर, गाडी वर्ष, गाडी साहुको नाम, नम्बर, ट्राफिक तथा सरकार पक्षको नम्बर लेखिएको हुदैँन । कतिपय जनता अझै पनि अशिक्षित छन् । सिधा छन् । उनीहरु यातायात व्यवसायीले जति माग्यो त्यति दिन्छन् । सरकारले तोकेको भाडा कति हो भनेर सोधपुछ गर्दैनन् । गाडीको विषयमा विवाद गर्दैनन् । बाटोमा ट्याक्सीले मीटरमा यात्रु बोकेको भेटिदैँन । हिजो बिहान ११ बजे काठमाडौंको बिजुलीबजारस्थित पुल नजिकबाट न्यूरोड गेट गएको बा २ ज ४५८६ नम्बरको ट्याक्सीले यात्रुसँग पाँच सय माग्यो । दुई किलोमिटरको बाटोमा बिहानै यात्रु यसरी ठगिन्छन् । २०७९ बैशाख १ गते बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा वृद्धि गप्यो । त्यसअघि यात्रु चढ्नेबित्तिकै १४ रुपैयाँ र प्रत्येक मिलोमिटर ३९ रुपैयाँ रहेकोमा प्रदेश सरकारले भाडा बढाउँदै १४ रुपैयाँ र ३९ रुपैयाँ दुवैको ठाउँमा ५० रुपैयाँ पुप्याइदियो । भाडा बढाएपनि ट्याक्सी मीटरमा यात्रु बोक्दैँन । यात्रुले भनेको ठाउँमा जान मान्दैनन् । सरकार नयाँ ट्याक्सी, फोस्टक ट्याम्पो र ढुवानी गाडीको दर्ता खोल्दैँन । सस्तोमा जनतालाई सेवा दिन्छुभन्दा समेत नयाँ व्यवसायी आउन पाउँदैनन् भनेर हाल सञ्चालनमा रहेका ट्याक्सीहरुले सर्वसाधारणलाई दिउँसै रात पारेर ठगेका छन् । फेरि यस्ता ठगको नेतृत्व गर्ने महासंघका नेतालाई समातेर जेल कोच्नु पर्नेमा सरकार उल्टो मेटिंगमा बोलाउँछ । यातायात व्यवसायी भन्छन्, ‘सार्वजनिक यातायातमा सरकारको लगानी छैन । हाम्रो निजी लगानी हो ।’ तर, बाटोमा त राज्यको लगानी छ नि । अब सर्वसाधारण जनताले पनि यातायात व्यवसायीहरु सेवा दिन नआई ठग्न आएको भनेर आवाज उठाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑