• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सरकारको आम्दानी घट्दै, गत वर्षको भदौंमा भन्दा यस वर्ष आठ अर्ब ७८ करोड कम

  • वीरगंज संजाल
  • Sep 21, 2023, 3:55 pm
  • ३५७

    वीरगंज । सरकारको आम्दानी गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा घटेको छ । यस वर्ष भदौसम्म सरकारले राजस्व र अन्दा आम्दानीमार्फत १ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा आठ अर्ब ७८ करोड रुपैयाँ कम हो । यस वर्ष भदौसम्म राजस्वबाट एक खर्ब ४१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो कुल लक्ष्यको ९.९२ प्रतिशत मात्र हो । यस आवको भदौसम्ममा राजस्व संकलन १ खर्ब ४३ अर्ब रुपैयाँ संकलन भएको थियो । यस वर्ष सरकारले अझै अनुदान प्राप्त गर्न सकेको छैन । अन्य आम्दानीबाट भदौसम्म १३ अर्ब १५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारी वित्तमा केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को भदौको तुलनामा चालु खर्च घट्दा पूँजीगत खर्च बढेको छ । वित्तीय व्यवस्थातर्फको खर्च भने उल्लेख्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ मसान्तसम्म ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ चालु खर्च भएको छ । यो गत आवको यसै अवधिको तुलनामा २१ अर्ब ६ करोड रुपैयाँ कम हो । यस वर्ष लक्ष्यको तुलनामा ७.६८ प्रतिशत चालु खर्च दुई महिनाको अवधिमा भएको छ । यस वर्ष वित्तीय हस्तान्तरणको रकम घट्दा समग्र चालु खर्च केही कम भएको देखिएको छ । सरकारले कुल १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट यस आवमा कार्यान्वयन गरिरहेको छ । जसमध्ये चालु खर्चको लक्ष्य ११ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

    गत आवको भुक्तानीले पूँजीगत खर्च बढ्यो

    यस आवको पहिलो दुई महिनामा पूँजीगत खर्च ८ अर्ब १६ करोड ३९ लाख रुपैयाँ भएको छ । यो अघिल्लो आवको तुलनामा झण्डै ३ अर्ब बढी हो । अघिल्लो आवको भदौ महिनामा ५ अर्ब ८६ करोड रुपैयाँ पूजीगत खर्च भएको थियो । अर्थ मन्त्रालयकाअनुसार यस आवमा निर्माण कम्पनीहरुलाई गत आवको मौज्दात भुक्तानी दिनु परेको थियो । सोहीकारण पूँजीगत तर्फको बजेट खर्च केही बढेको देखिएको छ । यस आवमा सरकारले पूँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत बजेट खर्चको लक्ष्य राखेको छ ।

    सरकारले ऋणको सावा भुक्तानीमा खर्च गर्ने गरी छुट्याउने वित्तीय व्यवस्थातर्फको बजेट खर्च भने यस वर्ष दुई महिनामै उल्लेख्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार भदौसम्म वित्तीय व्यवस्थामा ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको ११.४९ प्रतिशत खर्च हो । कुल बजेट खर्च समेत भदौसम्म गत आवको तुलनामा केही खुम्चिएको छ । भदौसम्म यस वर्ष एक खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । गत आवमा कुल बजेट खर्च एक खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑