• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मालपोत कार्यालय पर्साको कर्तुत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता

  • वीरगंज संजाल
  • Sep 19, 2023, 4:36 pm
  • ७४१

    वीरगन्ज । मालपोत कार्यालय भन्ने वित्तिकै भ्रष्टाचारीहरुको अखडा भन्ने मनोविज्ञान बन्दै गएको छ । त्यसमा पनि भूमि सुधार तथा मालपोत कार्यालय वीरगन्ज पर्सा त भ्रष्टहरुको अखडा नै हो । भूमि सुधार तथा मालपोत कार्यालय वीरगन्ज पर्सा तत्कालिन कर्मचारीकै मिलेमतोमा पोखरीया सिवर्वास्थित रहेको सार्वजनिक जग्गाको नक्कली कागजात खडा गरेर व्यक्तिको नाममा नामसारी गरिएको छ । बहुचर्चित सार्वजनिक जग्गालाई व्यक्तिको नाममा नामसारी गरिदिने मालपोतका मुदा शाखा अधिकृत राजेश्वर साह तेलीलाई मालपोत कार्यालय पर्साको एक भ्रष्ट कर्मचारीको नामले पनि तथा उनलाई कार्यालयको ड्न भनेर नै चिनिन्छ । भूमि सुधार तथा मालपोत कार्यालय वीरगन्ज पर्साका कर्मचारीहरुले बालुवाटारको ललिता निवास कै जस्तै विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गालाई नकली किर्ते कागजात खडा गरेर व्यक्तिको नाममा लालपुर्जा बनाइदिने जस्ता डरलाग्दो धन्दामा साथ दिँदै आएका छन् । पोखरीया नगरपालिकाको वडा नं १० सिवर्वामा रहेको किता नम्बर ४७५ को ७ कठ्ठा १० धुर र ७०० कीता नम्बरको २ कठ्ठा १५ धुर बराबरको जग्गा पोखरीया नगरपालिका वडा नं ९ का अशोक कुमार मिश्रको नाम टिप्पणी आदेश खडा गरेर लालपुर्जा बनाउन लगाएका छन् ।

    तेलीले उक्त जग्गा पहिला नै निज मिश्रको नाम दर्ता गर्न कामकाज अगाडि बढाए सँगै वडा कार्यालयले जानकारी पाउँदा मिति २०७३ साल सावन २७ गतेका दिन पोखरीया नगरपालिकाको संयुक्त वडा समितिको कार्यालयले उक्त जग्गा व्यक्तिको नभई सार्वजनिक रहेको र उक्त जग्गा व्यक्तिको नाममा दर्ता नगरिदिन आग्रह गरेको थियो । पोखरीया नगरपालिकाको वडा कार्यालयको सिफारिश आए सँगै उनले मात्र टिप्पणी आदेश खडा गरी त्यस्तै रोकेका थिए । पछि फेरि उनले उक्त कार्य अगाडि बढाए सँगै मिति २०७९ साल भाद्र २९ गतेका दिन त्यो कार्य यतासिग्र रोक्का गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आदेश गरेको थियो । यति हुँदाहुँदै पनि उनले मानेन कारण की त्यो कार्यबापत उनलाई ठूलो रकम आउने वाला थियो । पैसाको लोभमा उनले त्यो कार्य गरेर नै छोड्ने कसम नै खाएका थिए । तेलीले अन्तिम पटक मिति २०८० साल भाद्र ३ गते अर्को टिप्पणी आदेश खडा गरी निज मिश्रको नाममा उक्त सार्वजनिक जग्गा नामसारी गर्न आदेश गरिदिए । स्रोतका अनुसार उक्त सार्वजनिक जग्गा मिश्रको नाममा नामसारी गर्न उनले लाखौं लाख रकम लिएको दाबी छ । जुन निकायबाट जग्गा रोक्का राखन आदेश आएपनि उनले व्यक्तिको नाममा उक्त जग्गा कसरी गरिदिए । उनीसँग त्यति हिम्मत कहाँबाट आयो ? भन्नसाथ मालपोत कार्यालय पर्साका प्रमुखको पनि मिलोमतो हुन्न सक्ने अनुमान गरिएको छ ।

    भूमि सुधार तथा मालपोत कार्यालय वीरगन्ज पर्साको मुद्दा शाखामा कार्यरत तेलीले सेवाग्राहीसँग ठाडै घुस माग्ने गरेको पनि पाइएको छ । काम लिएर आउने सेवाग्राहीसँग हाकीमलाई दिनुपर्छ भन्दै सोझै घुस माग्ने गरेका छन् घुस नदिने सेवाग्राहीको काम कहिले पनि नगर्ने ठोकुवा नै गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनको राम्रो पकड भएकोले उनले भ्रष्टचारको साम्राज्य खडा गरेको नाम नखुलाउने शर्तमा मालपोत कार्यालय पर्सा कै कर्मचारीहरु भन्छन् । उनले सेवाग्राहिले मोही र जग्गा धनिसंग सम्वन्धित पुर्जाका श्रेष्ताहरु माग्दा लुकाउने पाना च्यात्ने, फेरी जोड्ने, केरमेर गरिदिने र नदिने जस्ता गतिविधि गरेर पैसा असुली गर्ने गरेको सेवाग्राहीहरुको पनि आरोप छ । श्रेष्ताका प्रतिलिपि, लगतका प्रतिलिपि माग्दा समेत झर्किने, भोलि भन्ने र झुलाउने गरेको उनीमाथि आरोप छ । उनले आफूलाई घुस दिने व्यक्तिहरु मार्फत मात्रै काम गराउने गरेका छन् । बिहान ८ बजे देखि नै उनको घरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । पैसा लिएर घरमा नै बोलाई कामकाज गर्ने गरेका छन् । उनी कार्यालय कहिल्यै समय पुग्दैन घरबाट नै सेटिङ गरेर सम्पूर्ण कामकाज गर्ने गरेको एक सेवाग्राहीले बताए । तर उनी कार्यालय पुगे पनि उनका विचौलिया मार्फत घुस दिए पछि भने एक घण्टामै आफ्नो काम हात पारेको ती सेवाग्राहीको गुनासो छ । नक्कली तमसुक, नक्कली मोहि, नक्कली तलसीङ खडा गरेर सोझा निमुखा मोहीहरुको जग्गाको हक खोस्ने र लुट्ने काम गरेको आरोप उनीमाथि छ । उनले आफन्तका नाममा श्रीमतीका नाममा आलिसान बंगला छोराछोरीहरूलाई काठमाडौंको राम्रो विद्यालय तथा कयौ घर घडेरी बनाएको आरोप छ ।

    तेलिले दैनिक २ लाखसम्म घुस असुली गर्ने गरेको आरोप ती सेवाग्राहीले लगाए । उनले फोनबाट कुनै पनि काम नगर्नु भन्ने उर्दी नै लगाएका छन् । उनका विचौलिया दिनमा २ वटा काम गर्नै पर्ने बाध्यता छ । अन्य कर्मचारीहरु पनि उनको हर्कत देखेर पनि माथिल्लो कर्माचारीहरुलाई गुनासो पोख्न नसक्ने र सेवाग्राहिहरुलाई नै गरीदिन आग्रह गर्दछन् । उनलाई अख्तियार र भूमि सुधार मन्त्रालयकै अधिकारीको संरक्षण रहेको अर्का एक कर्मचारीको दाबी छ । अर्का एक पीडितले पनि रुपैयाँ थमाएर आफ्नो काम गराएको बताए । नेपाल सरकारको ऐन नियम अनुसार कुनै पनि व्यक्तिको जग्गा वा सार्वजनिक जग्गा यदि बाटोमा छ भने उक्त जग्गा पुन व्यक्तिको नाउँमा दर्ता वा नामसारी गर्दा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नु पर्ने प्रावधान रहेको छ । मन्त्रिरिषद्को निर्णय बगैर यदि त्यस्तो कार्य गरिएको छ भने उक्त कार्य संग्लन रहेको कर्मचारी र व्यक्ति कानूनी रूपमा दोषी ठहर हुनेछन् । तर, यस विषयमा प्रतिक्रिया लिन तेलीलाई सम्पर्क गर्दा आफूमाथि लागेका सबै कुरा निराधार र गलत भएको बताए । ‘यी सबै कुरा शत प्रतिशत गलत हो । पहिलो पल्ट टिप्पणी आदेश हुँदा सम्बन्धित व्यक्ति सम्पर्कमा नआउँदा रोकिएको थियो । दोश्रो पल्ट नापी कार्यालय पर्साले उक्त जग्गा उनको हो भनी हामीलाई पत्र पठाएको आदेशमा उक्त जग्गा हामीले उनको हो भने नामसारी गरी दर्ता गरेका छौ भनी प्रतिक्रिया दिए। यो समाचार ज्योति दैनिकबाट सम्भाल गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑