• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कृषी सहुलियत ऋण लिएर ३६ प्रतिशतमा लगानी, मिटरव्याजीकाे उजरी

  • वीरगंज संजाल
  • Sep 17, 2023, 1:06 pm
  • ५६१

    वीरगंज । दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि. वीरगंजका संचालक सुनिल पाण्डेले कृषी सहुलियत ऋण लिएर मिटरव्याजमा पैसा लगानी गर्ने गरेकाे आराेप लागेकाे छ । वीरगंजकाे आदर्शनगरस्थित लोहारपट्टिमा रहेकाे फर्मका संचालक पाण्डेले नेपाल बैंक लिमिटेडबाट सहुलियत कृषि कर्जा लिएर विभिन्न व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्ने गरेको ऋणीहरुले वताएका छन् । पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ मानीपुर निवासी पाण्डेले फर्मको नाममा पासबुक नै जारी गरि कर्जा दिने गरेका छन् । कर्जा दिएर किस्ता बापत रकम बुझ्दै जाने र पछि चेक बाउन्स गराई मुद्दा हाल्ने आरोप उनी माथी लगाइएको छ । संचालक पाण्डेले वीरगंजस्थित दैनिक बचत तथा ऋण सहकारी सँस्थालाई ८२ लाख रुपैया कर्जा दिएर ७७ लाख असुली गरि पुनः ८२ लाखको चेक बाउन्सको मुद्दा दिएको सहकारी सँस्थाका व्यवस्थापक सानु सिन्हाले आराेप लगाएका छन् ।

    उनका अनुसार पाण्डेले २०७७ पुसदेखि २०७८ चैत मसान्तसम्म १९ पटक गरि ८२ लाख रुपैयाँ सहकारीलाई कर्जा दिएको र २०७९ वैशाख मसान्तसम्म ७७ लाख रुपैया किस्ताबापत बुझिसकेको छन् । कर्जा लगानी गर्ने बखत सहकारीका अध्यक्ष रुपेश कुमार पटेलसँग संचालक पाण्डेले ब्लेङ्क चेक लिएका थिए । फर्मका बजार प्रतिनिधि नितेश कुमार चौरसियाले दैनिक १० देखि ३० हजार रुपैयासम्म संकलन गरि ७७ लाख रुपैया बुझिसकेको प्रबन्ध निर्देशक सिन्हाको भनाई छ । साँवा ५ लाख तथा व्याज ८ लाख गरि १३ रुपैयाँ जति बाँकी रहेकोमा हाल आएर फर्मका अध्यक्ष पाण्डेले सादा चेकमा ८२ लाख रुपैया लेखी गरिमा विकास बैंकबाट २०७९ कात्तिक १७ गते चेक बाउन्स गराई जिल्ला अदालत पर्सामा मुद्दा हालेको सिन्हाको भनाई छ ।

    यसैगरी रौतहट जिल्ला परोहा नगरपालिका – ४ घर भई हाल वीरगंज – ११ मुर्ली निवासी किराना पसल व्यसायी दिलीप कुमार साहले पनि फर्मका संचालक पाण्डेबाट पीडित भएको आरोप लगाएका हुन् । उनका अनुसार आफुले २०७६ साल माघ १३ गते १ लाख तथा २०७९ कात्तिक महिनासम्म १२ लाख २० हजार गरि १३ लाख २० रुपैया ३६ प्रतिशतको दरले व्याजमा लिएका थिए । पटक पटक किस्ता गरि ७ लाख रुपैया पाण्डेलाई बुझाई सकेको अवस्थामा हाल आएर ६३ लाखको चेक बाउन्स गराई मुद्दा हालेको बताए । आफुले रु ७ लाख बुझाईसकेपछि हिसाब किताब गर्दा ६ रुपैया सयकडा (१ लाख रुपैयाको प्रति महिना ६ हजार रुपैया) अर्थात बार्षिक ७२ प्रतिशतको दरले व्याज जोडी १ करोड ४३ लाख रुपैया दिनुपर्ने अडान राखेका थिए । पिडित साहले त्यति दिन नमानेपछि पाण्डेले आफुले दिएकाे व्लेङ्क चेक मध्ये २ वटा चेकमा रु ६३ लाख र रु ३१ लाख रकम भरि चेक बाउन्स गराई मुद्दा हालेकाे वताए । चेक बाउन्सको मुद्दा हाल्नुभन्दा अगावै दिलीप साहले जिल्ला प्रशासन कार्यालय पर्सामा पाण्डे विरुद्ध मिटरव्याज सम्बन्धी उजुरी दिएको कारण १ दिन मात्रै प्रहरीको हिरासतमा रहेर बाहिर निस्केको बताए ।

    पैसा पचाउने प्ररपन्च हाे : संचालक पाण्डे

    यता दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि.का संचालक पाण्डेले आफुले दिएकाे पैसा पचाउन दैनिक बचतका संचालक र दिलिपले विभिन् किसिमकाे परपन्च रचेकाे वताए । उनले यस बिषयमा व्यवहारिक रुपमा २० पटक भन्दा बढि छलफल भइसकसेको बताए । उनले स्थानियहरुले समाजिक रुपमा गरेको निर्णय पनि नमान्ने एवं अरुको मेहन्तबाट कमाएको पैसा पचाउन खाजेपछि आफु बाध्य भएर कानुनको सहारा लिएको बताए । उनीहरु बिरुद्धको मुद्दा हाल अदालतमा बिचारा रहेको बताउँने न्याय पाउँनेमा आफु आशावादी रहेको बताए । उनले आव २०७८/०७९ मा १ करोड १३ लाख रुपैयाँ बाँकी रहेकोले पटक पटक दिने भनि सहमति भएको छ । त्यस पश्चात ५/६ लाख रुपैयाँ मात्रै दिएको बताए । उनले आफु कृषि फर्म मार्फत माछा पालन लगायतको कृषजन्य कृयाकलापमा समलग्न रहेको वताउँदै पाण्डेले आफुले भद्र सहमती गरी यदगार र दैनिक कृषि सहकारीका संचालकलाई पैसा दिएको बताउँदै उनीहरुले मेरो सहित आम बचत कर्ताको पैसा समेत लुटने प्रयास गरेपछि कानुनको सहारा लिएको बताए ।

    आफुले कसैलाई ऋण दिदा कुनै पासबुक जारी नगरेको एवं सरकारी नियम अनुसार नै व्याज लिने गरेको बताए । तर उनीहरुले व्याजको त कुरै नगरौं सावा नै दम्पच गर्न खाजेपछि बाध्य भएर आफु कानुनको सहारा लिएको पाण्डेले बताए । उनले आफुले फर्मको नामले कर्जा नदिई निजी कर्जा दिएको समेत बताए । तपाई दिएकाे यत्राे ठूलाे रकमकाे स्राेत के हाे ? पत्रकारकाे प्रश्नमा आफुमाथि पनि रु पांच कराेड जति ऋण रहेकाे वताए । पैसा पचाउन उनीहरुले वाउन्सर समेत प्रयोग गरेको दावी गर्दै उनले यस बारेमा जिल्ला प्रहरी कार्यालय अधिकारीहरुलाई समेत जानकारी रहेको बताए । जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले चेक वाउन्सको मुद्दा मिलाउँन खोज्दा समय दिएर उपस्थित नहुने गरेको कारण चेक वाउन्सको मुद्दा अदालतमा पुगेको पाण्डेले बताए । उनीहरु अहिले पनि अदालतको अनुसन्धान प्रक्रियालाई चुनौती दिदै मलाई बदनाम गर्न बिभिन्न खाले प्रोपगाण्डाहरु गरी रहेको पाण्डेको दावी छ । उनले आफ्नो बिरुद्ध उनीहरु बाहेक कसैले मिटर व्याजीको उजुरी नदिएको समेत ठोकुवा गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑