वीरगंज । बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा नवनिर्मित राम दलित धर्मशालाको उद्घाटन गरिएको छ। लाेकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले आइतबार उक्त धर्मशालाकाे उद्घाटन गरेका हुन् ।
प्रदेश सभा सदस्य साेनलकै संसदीय विकास काेषको रकमबाट राम दलित धर्मशालाको निर्माण गरिएको हो । पुर्व वडा अध्यक्ष अनिनल रामकाे अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता ,
लोसपाका तर्फबाट परवानीपुर गाँउपालिकाकाे अध्यक्षका प्रत्यासी जगतनारायण महतो, वडा अध्यक्ष गम्भीरा पटेल, लाेसपा नेता महेन्द्र यादव,हमिद मिया , जिउत साह , प्रमोद यादव, उमादेवी राम , मुकेश रौनियार , चैत राम , श्याम राम, कृष्णा राम , शिव प्रसाद राम लगायतकाे उपस्थिति रहेकाे विनेश रामले जानकारी दिए।