• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज : ५ सय ७३ पुराना टायरमा भेटियाे डेंगी फैलाउने लामखुट्टे

  • वीरगंज संजाल
  • ३१ भाद्र २०८०, आईतवार १२:२५
  • २५८९

    वीरगंज । पछिल्लो एकसातामा वीरगन्जमा डेंगीको संक्रमण ह्वात्तै बढेपछि वीरगन्ज महानगरपालिकाले डेंगीको प्रकोप नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ चलाएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखा र सरसफाई शाखाको टोलीले विगत एकसाता यतादेखि डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान पहिचान गर्दै त्यसलार्ई नष्ट पार्न ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ चलाएको हो ।यसका साथै महानगरपालिकाको टोलीले बाहिरबाट लामो दूरी तय गरेर वीरगन्ज आउने यात्रुवाहक बसभित्र किटनाशक विषादी‘बायो डाट’ छर्ने कामपनि शनिबारदेखि थालेको छ । ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ अन्तर्गत महानगरको टोलीले डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान रहने गाडीका पुराना टायर पसल र ग्यारेजहरुमा पुगेर पानी जमेका टायरहरु हटाउने गरेको स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले बताए । त्यसक्रममा शनिबार बिहान सम्म विभिन्न स्थानका टायर पसल र ग्यारेजमा गरि ५ सय ७३ वटा पुराना टायरमा जमेको पानीमा डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भा भेटिएको कुशवाहाले जानकारी दिए ।

    डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान भएका जोखिमपूर्ण क्षेत्र (टायर पसल,ग्यारेज, सरकारी कार्यालय, बाहिरबाट आउने यात्रुवाहक बस , घरका पानीट्यांकी , गमला इत्यादि) मा पुगेर डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भा मार्ने ‘बायोडाट’ नामक विषादी छर्कने काम भइरहेको उनले बताए ।
    टायर पसल र ग्यारेजमा टायरमा जमेको पानी फाल्ने र सम्बन्धित पसलेलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको उनले बताए । यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्यांकी, गमला, एसी, पानीका बोतल आदिमा डेंगी सार्ने लामखुट्टे र त्यसका लार्भा खोजेर नष्ट गर्ने गरिएको जानकारी उनले गराए । यसकासाथै बाहिरबाट लामो दूरी तय गरि वीरगन्जमा आउने यात्रुवाहक बसमा पनि ‘बायोडाट’ विषादी छर्कन सुरु गरिएको जानकारी उनले दिए । शनिबारमात्रै ८२ वटा बसभित्र ‘बायोडाट’ विषादी स्प्रे (छर्कने) गरिएको उनले बताए । यसका अतिरिक्त महानगरपालिकाको स्वास्थ्य महाशाखाले एक सार्वजनिक सूचना नै जारी गरेर डेंगी रोगबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरु अवलम्बन गर्न महानगरवासीमा अपिलपनि गरिसकेको उनले बताए ।

    चिकित्सकका अनुसार , वीरगन्जमा पछिल्लो एक साता यता डेंगीको सक्रमण ह्वात्तै बढेको हो ।नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहका अनुसार , वीरगन्जका क्लीनक र अस्पतालहरुमा गत साउनदेखि नै डेंगीको बिरामी उपचारका लागि आउन थालेका थिए । तर भदौं तेस्रो साता यता भने बिरामीको संख्या ह्वात्तै बढेको अवस्था रहेको डाक्टर सिंहले बताए । महानगरपालिकाको स्वास्थ्य महाशाखाका सहसंयोजक कुशवहाका अनुसार , वीरगन्जमा भदौं २३ देखि शनिबार बिहानसम्म ३१ जनामा डेंगीको सक्रमण भेटिएको छ ।यहाँ रहेका अस्पताल र क्लीनकहरुमा उपचारका लागि आएका बिरामीहरुमा स्वास्थ्य परिक्षण गर्ने क्रममा उनिहरुमा डेंगीको संक्रमण पुष्टि भएको कुशवाहाले बताए ।तीमध्ये वीरगन्जका २२ जना , अन्य जिल्लाका ६ जना र बाँकी ३ जना भारतीय नागरिक रहेको उनले बताए । नारायणी अस्पतालमा हाल डेंगीको संक्रमण भएका दुई जना बिरामी उपचाररत रहेको डाक्टर सिंहले बताए ।अन्य संक्रमतिमध्ये केहि उपचार पश्चात निको भएको र केहिले भने घरमै रहेर औषधी सेवन गरिरहेको डाक्टर सिंहले बताए । डाक्टर सिंहका अनुसार लामो समयको खडेरी र सुक्खायामपछि गत साउन तेश्रो सातामा भएको वर्षालगत्तै वीरगन्जमा डेंगीको संक्रमण देखिन सुरु गरेको थियो । यसअघि गत वर्षपनि वीरगन्जमा डेंगी रोगको प्रकोप देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑