वीरगंज । पर्साको पोखरियामा पनि शुक्रबार शिक्षक शिक्षिकाहरुले शिक्षा विधेयक २०८० को प्रतिलिपी जलाएका छनन् । पोखरिया नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले शुक्रबार पोखरियामा विरोध जुलुश निकालेर प्रदर्शन गर्दै विद्येयक जलाएका हुन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारस्थित जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना विद्यालय परिसरमा भेला भइ त्यहाँ विरोध जलुश निकाल्दै शिक्षक शिक्षिकाहरुले बजार परिक्रममा गरेका थिए ।
विरोध जुलुशमा सहभागी शिक्षकहरुले शिक्षा विद्येयक खारेज गरे , प्रचण्ड सरकार मुर्दावाद , शिक्षामन्त्री मुर्दावाद लगायतका नारापनि लगाएका थिए । बजार परिक्रमापछि पोखरिया नगरपालिका कार्यालय अगाडि पुगेर उनिहरुले शिक्षा विद्ययेक २८० को प्रतिलिपी जलाएको शिक्षक पारस ठाकुरले बताए ।