• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको परवानीपुर गाउँपालिकाको नयाँ आर्थिक वर्षमा ठेक्का लागेन, लुकिछिपी कबाडी कर उठाउन रोकिएन

  • वीरगंज संजाल
  • Sep 15, 2023, 2:23 pm
  • ६८९

    वीरगंज । बाराको परवानीपुर गाउँपालिका कार्यालयले ०७९/८० मा लगाएको जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको म्याद सकेर चालू आर्थिक वर्ष ०८०/८१ नयाँ ठेक्का सम्झौता नभए पनि रकम उठाउने काम भने रोकिएको छैन। गत आर्थिक वर्ष ०७९/८० सकिइसक्दा पनि ठेकेदारको नाममा एकजना कार्यपालिका सदस्यले पालिका प्रमुख र प्रशासकीय अधिकृतको निर्देशनमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काबापत रकम उठाउँदै आएका छन्। आर्थिक वर्ष ०७९/८० मा गाउँपालिकाले वीरगन्ज महानगरपालिका– २१ का कैलाश मण्डललाई २१ लाखमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलनको ठेक्का दिएको थियो।

    आर्थिक वर्ष ०७९/८० सकेर चालू आर्थिक वर्ष ०८०/८१ मा अहिलेसम्म नयाँ ठेक्का पनि नलागेको परवानीपुर गाउँपालिकाका कार्यपालिका सदस्य जगदीश रामले बताए। नयाँ ठेक्का नलागेसम्म कार्यपालिका सदस्य रामले नै लुकिछिपी कर संकलन गर्दै आएको स्वीकार गर्छन्। उनका अनुसार पालिकामा नयाँ ठेक्का नलागेसम्म आफैँले रसिद छपाएर रकम उठाउँदै आएको र आगामी दिन यो ठेक्का आफैँ लिने गरी तयारी गरिरहेको बताए। कर उठाउने समयसीमा सकिए पनि पालिका अध्यक्ष र अधिकृतको निर्देशनमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको रकम उठाउन काम नरोक्ने अवस्था छ। अर्को एक जनप्रतिनिधिका अनुसार गाउँपालिका अध्यक्ष राम क्षत्री कुर्मी र प्रशासकीय अधिकृत मुन्ना रौनियारलाई नयाँ ठेक्का नलागेसम्म करबापत उठाएको रकममा भागबन्डा गर्न आश्वासन दिएका छन्। रामले ठेक्का नलागेको समय अवधिसम्ममा उक्त करको नाममा सवारी कर पनि उठाइराख्ने र नयाँ ठेक्का अरूले पाए छाड्ने, आफूले पाए जारी राख्ने आर्थिक प्रलोभन दिएका छन्।

    ठेक्का लागेन, रकम उठाउने कार्य रोकिएन

    परवानीपुर गाउँपालिका कार्यालयले गत असार २९ मा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्काको रकम उठाउन आर्थिक वर्ष ०८०/८१ का लागि ठेक्काको सूचना आवेदन आह्वान गरेको छ। पालिकाले सुरुवाती ३० लाखको सीमा राखेर एक महिनाको सूचना जारी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले बताए। उनले पालिकामा रहेका विभिन्न प्रकारको नयाँ ठेक्काको सूचना आह्वान भएकाले पुराना ठेक्काबापत रकम उठाउन नपाइने बताए। उनका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ नयाँ ठेक्काका लागि पहिलो चरणमा पालिकाले गत असार २९ मा बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको अन्तिम म्याद गत २८ साउनसम्म राखिएको थियो। गत २८ साउनसम्ममा एउटा मात्र आवेदन परेको र सो दिन मौसम अनुकूल नरहेको र ठेकदारहरूले आवेदन दिने र फिर्ता लिने क्रममा होहल्ला गरेकाले कार्यपालिकाको आकस्मिक बैठकले भदौ १ गतेसम्म म्याद थपिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

    पालिकाका एक कर्मचारीका अनुसार पालिकाले भदौ १ सम्म म्याद राखेपछि १८ जना आवेदन फारम खरिद गरेर तीनजनाले मात्र आवेदन दिएका थिए। उनका अनुसार आवेदनकर्तामध्येका परवानीपुर गाउँपालिका– ५ बहुवरीका अनुरुद्ध प्रसादले भ्याटबाहेक ४६ लाखमा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्का पाए। ठेक्का पाएका व्यक्तिले धरौटीबापत दुई लाख ५० हजार रकम पालिकाको खातामा राखेर कर संकलन नगर्दै ठेक्का चलाउन नसक्ने भन्दै करिब १५ दिनअगाडि पालिकाले जानकारी गराएको उक्त कर्मचारीले बताए। त्यस वेलादेखि नयाँ ठेक्काका लागि अहिले कुनै पनि प्रक्रिया अगाडि बढेको छैन। ठेकेदारलाई नयाँ आर्थिक वर्ष ०८०/८१ मा जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलन ठेक्का लगाउन सूचना जारी भएको जानकारी गराइएको र कर नउठाउन निर्देशन दिएको उनले बताए। उनले उक्त करको नाममा सवारी कर पनि उठाएको उजुरी पटक–पटक पालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएका छन्। तर, पालिकाका जनप्रतिनिधि र प्रहरीको आर्थिक मिलेमतोमा उक्त करको नाममा अवैध कर उठाउने काम नरोकिएको गाडीका चालकहरूले गुनासो गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑