• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अस्पतालभित्रै पसेर चिकित्सकमाथि कुटपिट प्रकरण : चारजना पक्राउ, चिकित्सक थापाले हेटौँडा छाडे

  • वीरगंज संजाल
  • Sep 15, 2023, 2:13 pm
  • ४२५

    वीरगंज । हेटौँडामा बुधबार चिकित्सकमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्न रहेका चारजनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ की रमा प्रधान, अमित प्रधान, रमिता प्रधान र अनुप प्रधान छन् । घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको उनले जानकारी दिए । बुधबार बिहान हेटौँडा–१ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि आठ–दशजनाको समूहले अस्पतालभित्र प्रवेश गरेर कुटपिट गरेका थिए । उनीहरूले सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. बिडारी र डा.थापामाथि कुटपिट गरेका थिए । कुटपिटबाट चिकित्सकद्वयको अनुहार र आँखामा चोट लागेको छ । प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानकी श्रीमती रमा, छोरा अमित, छोरी रमिता, भतिज अनुपलगायतले कुटपिट गरेका हुन् ।

    एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप छ । उपचारमा लापरबाही गरेको भन्दै एक महिनापछि आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन् । हेटौँडा– १२ पदमपोखरीका ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । सञ्चो अस्पतालमा उपचार हुन नसक्ने चिकित्सकको सुझावपछि प्रधानलाई चितवन पुर्‍याइएको थियो । भरतपुर पुर्‍याइएको भोलिपल्ट उनको मृत्यु भएको थियो ।  बिहीबार हेटौँडा अस्पतालमा भएको छलफलमा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकहरूले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजालसहितलाई घटनामा संलग्न भएकालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए । चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले बिहीबार सक्रियता देखाएको थियो । बुधबार दिनभर जिल्ला प्रहरी कार्यालयमा दुई पक्षबीच दबाबमा सहमतिको प्रयास भएको भन्दै विरोधसमेत भएको थियो ।

    बिहीबार बिहान चिकित्सकहरूले घटनमा संलग्नलाई पक्राउ गरी तत्काल कारबाही नगरे शुक्रबारबाट जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका थिए । यस्तै, हेटौँडा अस्पताललगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सम्बन्धित ठाउँमा राजीनामा बुझाएको र काममा नफर्कने चेतावनीसमेत दिएका थिए । चिकित्सक कुटपिटको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले मकवानपुर प्रहरीकहाँ जाहेरी दिएको छ । संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले प्रहरीमा जाहेरी दिएका हुन् । तर, उनको उजुरी बिहीबार साँझसम्म दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवं एसपी सीताराम रिजालले चिकित्सक संघका केन्द्रीय अध्यक्ष कार्कीले घटनामा संलग्नविरुद्ध जाहेरी दिएको पुष्टि गरे । उनले बिहीबार बिदाका कारण जाहेरी दर्ता हुन नसकेको दावी गर्दै शुक्रबार जाहेरी दर्ता गर्ने बताए । रिजालले मकवानपुरमा क्रियाशील स्वास्थ्य क्षेत्रमा संलग्न विभिन्न संघसंस्थाले पनि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिएको जानकारी दिए । उनका अनुसार नेपाल चिकित्सक संघ मकवानपुरको नेतृत्वमा औषधि व्यवसायी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघलगायत १२ वटा जिल्लास्तरीय संघसंस्थाले उजुरी दिएका हुन् ।

    प्रहरीकहाँ उजुरी दिने चिकित्सकलाई काट्ने धम्की
    सांघातिक आक्रमणमा परेका जनरल फिजिसियन डा. विकास थापाले जिल्ला छाडेका हुन् । उनी बिहीबार बिहान परिवारसहित काठमाडौँ गएका छन् । कुटपिटबाट घाइते भएका थापा थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रिफर लिएर काठमाडौं गएका हुन् । सञ्चो अस्पतालको स्थापनाकालदेखि नै प्रमुख डाक्टरका रूपमा कार्यरत उनले तत्काल नियमित काममा फर्कने अवस्था नरहेको बताउँदै परिवारसँगको सल्लाहपछि मात्रै निर्णय लिने जानकारी दिए । डा. प्रशान्त बिडारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिएपछि आफूले कुटपिट गर्नेविरुद्ध उजुरी दिन नसकेको बताएका छन् । उनले जिल्ल्ला प्रहरी कार्यालयभित्र छलफल भइरहेका समयमा समेत केही व्यक्तिहरूले आफूलाई काट्ने धम्की दिएको बताए । ‘एसपीकै अगाडि जजसले प्रहरीमा उजुरी दिन्छ ती सबैलाई काट्छौँ भनेर धम्क्याए । तर प्रहरीले केही गर्न सकेन । यस्तो परिस्थितिमा ज्यान नै बाजी राखेर त उजुरी दिनुभएन नि,’ उनले भने ।  मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जिल्ला प्रहरी कार्यालयमा बाहिर हल्ला चलेको जस्तो मिलाउन दबाब दिएको, प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्ने केही पनि नभएको दाबी गरे । ‘बुधबार भएको घटनामा संलग्नलाई पक्राउ गरेका छौँ । उनीहरूमाथि कारबाही हुन्छ । हामीले डाक्टरसाबहरूलाई जाहेरी दिनुस भनेका थियौँ । उहाँहरूले समयमै जाहेरी नदिँदा एक दिन ढिला भएको हो । प्रहरीले आफ्नो काम गर्छ, त्यसमा शंका छैन,’ उनले भने ।

    चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल चिकित्सक संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई घटनाबारे जानकारी गराएका थिए । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑