• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुस्त मधेश प्रदेशसभाः सांसदकै सेवासुविधामा झण्डै ८ करोड खर्च, केवल तीन विधेयक पास

  • वीरगंज संजाल
  • Sep 15, 2023, 1:15 pm
  • ४८१

    वीरगंज । मधेश प्रदेश सभामा (पुस १५–साउन मसान्त) साढे ७ महिनामा मात्र सांसदरुले तलबभत्ता बापत मात्र ७ करोड ६५ लाख ४ हजार ४७५ रुपैयाँ बुझेका छन् । यो तलबभत्ता तथा सेवासुविधा सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री जोडे १० करोड रुपैयाँ माथि नै पुग्छ होला । तर, सेवासुविधा लिन अलि पनि पछाडि नपर्ने सांसदहरु कानुन निर्माणमा भने सुस्त देखिन्छन् । दोश्रो कार्यकालको आठ महिनामा प्रदेशसभाले मुख्य काम केवल बजेट पास गरेको छ । पहिलो अधिवेशनमा बसेको ३६ वटा बैठकबाट ७ वटा विधेयक दर्ता भएको थियो । जस मध्ये मात्र तीनवटा मात्र पारित भएको छ । मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक २०७९, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित तीनवटा मात्र पारित भएको सभामुख रामचन्द्र मण्डल बताउँछन् । प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवका अनुसार प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक र मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक २०८० विषयगत समितिमा छलफलका लागि पठाइएको छ ।

    प्रदेश सरकार मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा असार ३१ गते राति १२ बजेबाट प्रदेशसभाको चालु पहिलो अधिवेशन अन्त्यको घोषणा गरेका थिए । त्यस यता दोश्रो अधिवेशन आह्वान गरिएको छैन । नत बैठक बस्ने कुनै छाँटकाट देखिन्छ । यतप्रति न त सरकारको कुनै चाँसो छ, नत सांसदहरुलाई। प्रदेशसभाको दोश्रो अधिवेशन सुरु गर्न सभामुख मण्डलले सरकारलाई ताकेता समेत गर्ने गरेका छन् । तर सरकारले ढिलाई गरिरहेका छन् । ‘सरकारलाई दोश्रो अविधेशन सुरु गर्ने व्यवस्था मिलाउन २÷३ पटक आग्रह गरिसकेको छु’ सभामुख मण्डल भन्छन् । दोश्रो अधिवेशन आह्वान गर्न मन्त्री परिषदको बैठकको निर्णय हुनु पर्ने कानुनी व्यवस्था छ । त्यसपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आव्हान गर्ने कानुनी प्रावधान रहेको छ । तर प्रदेश सरकारले आवश्यक नीति, निर्माण तथा विधयेक तयार नभएको कारण दोश्रो कार्यकालको दोश्रो अधिवेशन आव्हान गर्न ढिलाई भैरहेको श्रोतको भनाई छ । प्रदेशसभा गतिहीन बन्दा सभामुख मात्र होइनन् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तागठबन्धनकै दलपनि असन्तुष्ट छन् । मुख्यमन्त्री सरोजकुमार यादवले भदौ १७ वा १८ गते बैठक बोलाउने वातावरण बनाउने सहमति नै सर्वदलीय बैठकमा गरेका थिए । प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार करिब १० दिनअघि सर्वदलीय बैठक प्रदेशसभाकै विषयमा बसेको थियो । जसमा मुख्यमन्त्री यादवले चारदिन भित्रै अर्थात भदौ १७ वा १८ गते प्रदेशसभा बैठक बोलाउने वातावरण बनाउने सहमति गरेका थिए ।

    ‘मैले पटक पटक सदनको विषयमा मुख्यमन्त्रीजीलाई बैठक नबोलाए मिडियामा जान्छु भने । त्यसपछि मुख्यमन्त्रीजीले सर्वदलीय बैठक राख्नु भयो’ एमाले संसदीय दलका नेता यादवले सोमबार कुरा गर्दैै भने ‘९ दिन अघि बसेको सर्वदलीय बैठकमा तीन चारदिन भित्र मन्त्री परिषदको बैठक बसेर सदन बोलाउँछु भन्नु भयो । भदौ १७ वा १८ गते प्रदेशसभा बैठक बोलाउने सर्वदलीय सहमति नै भएको थियो । तर अहिलेसम्म बोलाउनु भएन । म भोलि नै फेरि मुख्यमन्त्रीजीलाई भन्छु सहमति भएके कुरामा पनि पछि हटनुभयो भनेर’ प्रदेशसभा बैठक नबोलाउँदा सरकारको सुस्त काम कारबाहीको विषयमा पनि सदनमा आबाज उठाउन नपाएको एमालेको गुनासो छ । सर्वदलीय बैठकमा मुख्यमन्त्रीले भदौ १७ वा १८ गते बैठक बोलाउने वातावरण बनाउने सहमति गरेको सत्ता गठबन्धन दल घटक नेकपा माओवादी केन्द संसदीय दलका नेता भरत प्रसाद साह पनि पुष्टि गर्छन् । उनका अनुसार मुख्यमन्त्री सरोजकुमार यादव गठबन्धन घटकदलहरुसंग सरकार संचालनको विषयकमा कुनै प्रकारको विषयमा समन्वय समेत गरेका छैनन् ।

    ‘मुख्यमन्त्रीजी गठबन्धन दलहरुसंग कुनै समन्वय सहकार्य गर्नु हुन्न । सर्वदलीय बैठकमा प्रदेशसभा बैठक बोलाउने वातावरण बनाउने सहमति गर्नुभयो । तर कार्यान्वयन गर्नु भएन’ उनले भने । यता मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री संजय कुमार यादवले प्रदेश सरकारसंग विजनेसको नरहेको दावी गरे । तर केही कामहरुमा व्यस्त हुँदा सदन संचालन हुन नसकेको उनको तर्क छ । ‘सरकारसंग सदनका लागि पर्याप्त विजनेस छ । चार÷पाँचवटा केही विधेयक संसदमा पठाइएको छ । यो बीचमा केही कार्यव्यस्तताको कारणले प्रदेशसभा बैठक संचालन हुन सकेन । अब तुरन्तै संचालन हुन्छ’ उनले भने । उनका अनुसार सरकारले यो बिचमा केही कार्यालयहरुको सेवा विस्तार, समायोजना लगायतको महत्वपूर्ण काम गरेको छ । संसद बैठक बोलोने वातावरण नबनाउँदा सत्तागठबन्धन घटक सरकारको कामकारबाहीबाट असन्तुष्ट प्रमुख प्रतिपक्षी एमाले सरकारलाई दिएको मनस्थितिमा पुगेको छ । सदन खुल्ने वितिकै समर्थन फिर्ता लिने एमालेका एक सांसदले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑