• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाराको जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

  • वीरगंज संजाल
  • Sep 15, 2023, 12:53 pm
  • ५०९

    वीरगंज । बाराको जीतपुर सिमरा उपमहानगरभित्र पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई उपमहानगरले स्तरोन्नति गर्दै विशेषज्ञ डाक्टरसहितको सेवा सुरु गरेको हो । उपमहानगरले माघ अन्तिम सातादेखि सञ्चालनमा ल्याएको जीतपुर सिमरा अस्पतालमा हाल विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरिएको हो । अस्पतालमा छाती, पेट, मधुमेह, थाईराईड रोग विशेषज्ञ डा.प्रकाश साहसहित आधा दर्जन डाक्टर कार्यरत छन् । साह जीतपुर सिमरा अस्पतालका ईन्चार्ज हुन् । उनको मातहतमा अहिले ४ जना डाक्टर, ५ जना नर्ससहित स्वास्थ्यकर्मीहरु कार्यरत छन् । विशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएपछि अस्पताल आउने बिरामीको चाप पनि बढेको छ । यसअघि उपमहानगरभित्रका बासिन्दा उपचारका लागि चर्को शुल्क तिरेर वीरगन्ज, हेटौंडा, भरतपुर, काठमाडौंसम्म पुग्ने गर्दथे ।

    उपमहानगरले पहिलो चरणमा ओपीडी र इमर्जेन्सी सेवा सुरु गरेको छ भने दोस्रो चरणमा गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया गर्नुपरेमा अन्य अस्पताल जानु नपर्नेगरी सेवा सुरु गर्ने र तेस्रो चरणमा आइसीयु (सघन उपचार केन्द्र) र डाईलासिसको व्यवस्थापन गर्ने जनाएको छ । डा. साहका अनुसार दैनिक ६० देखि ७० जना बिरामी आउने गरेको यो अस्पतालमा विशेषज्ञसहितको सेवा सुरु गरेपछि दैनिक सरदर २५० भन्दा बढी आउन थालेका छन् । हाल दैनिक सय जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी आउने गरेको उनले बताए । विगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुले सामान्य ज्वरो, रुघाखोकीको औषधिसमेत बाहिर शुल्क तिरेर किन्नुपर्थ्यो । तर स्तरोन्नति भएसँगै अहिले नेपाल सरकारबाट निःशुल्क पाइने ९८ प्रकारका औषधिबाहेक अन्य औषधि ५० प्रतिशत छुटमा आफ्नै फार्मेसीबाट उपलब्ध गराएको डा. साह बताउँछन् । अब गर्भवती महिला, एपेण्डिक्स लगायत तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि पनि व्यवस्थापनको काम गरिरहेको उनले बताए । उपमहानगरको मापदण्डभित्र एउटा १५ शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर यसअघि उपमहानगरभित्र अस्पताल नहुँदा बिरामीहरु स्वास्थ्य सेवा लिन अन्यत्र जाने गर्दथे ।

    अस्पतालमा बिरामीको चाप बढेसँगै पार्किङ, खानेपानी, सरसफाई, बिरामीलाई आराम गर्ने ठाउँको समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । विगतमा उपमहानगरभित्र सघन शहरी स्वास्थ्य कार्यलय डुमरवाना र प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा गरी २ जना डाक्टरमात्रै कार्यरत थिए तर अहिले उपमहानगरभित्र विशेषज्ञ सहित ७ जना डाक्टर कार्यरत छन् । उपमहानगरभित्रका २४ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र एउटा अस्पताल गरेर २५ वटा स्वास्थ्य संस्था छन् । उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रवि भाष्करले उपमहानगरभित्रका २४ वटा वडामा २५ वटा सरकारी स्वास्थ्य संस्थामा १२० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको बताएका छन् । उपमहानगरले पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको छ । अहिले संघीय सरकारको करिव २० करोड ५५ लाख सशर्त बजेट र उपमहानगरको आन्तरिक स्रोतबाट सुविधासम्पन्न अस्पताल निर्माणको काम भइरहेको छ । उपमहानगरले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्यतर्फ करिव ४ करोड बजेट विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑