• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

  • वीरगंज संजाल
  • २९ भाद्र २०८०, शुक्रबार १२:४६
  • १५६५

    वीरगंज । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् । चिकित्सकका अनुसार शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने तयारी छ । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् ।

    डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो । प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । बुधबार मकवानपुर प्रहरी उपरीक्षक सीताराम रिजालको कार्यकक्षमै आक्रमणकारी र पीडित डाक्टरबीच मुद्दा दर्ता नगराउन वार्तासमेत भएको थियो । बुधबार नै जाहेरी दिन खोजिए पनि अबेरसम्म वार्ताका नाममा पीडित चिकित्सकलाई नै हतोत्साहित गर्ने काम भएको उनीहरूको आरोप छ ।

    ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी ल्याएका कारण बुधबार दर्ता नभएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए । ‘घटनामा संलग्न चार जना पक्राउ परेका छन्,’ उनले भने, ‘दोषी पाइए स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइन्छ ।’ कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई पक्राउ परेका छन् । बिहीबार हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र प्रहरी उपरीक्षक रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीले छलफलका क्रममा सुरक्षाको मागसहित सामूहिक रूपमा मुद्दा दर्ता गर्ने भन्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूले २४ घण्टाभित्र घटनामा संलग्न सबैलाई पक्राउ गरी हदैसम्मको कारबाही प्रक्रिया नबढाए सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ बमोजिम कारबाही नगरिए देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

    महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा दोषीलाई ७२ घण्टाभित्र उक्त ऐनअनुसार कारबाही नगरिए चिकित्सक संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ । संघले बिहीबार ज्ञापनपत्र बुझाउँदै घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । ‘डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन्, काम गर्ने वातावरण छैन,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले भने । नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष भोला चौंलागाईं र निजी अस्पतालका प्रतिनिधिले यो घटनामा प्रहरी मूकदर्शक बनेको बताए । प्रजिअ सेढाईंले सुरक्षाका सवालमा कुनै सम्झौता नहुने आश्वासन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑