• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेसमा छोरी घटेको घट्यै : पुरुष भन्दा महिलाको संख्या सबै भन्दा कम पर्सामा

  • वीरगंज संजाल
  • Sep 14, 2023, 3:52 pm
  • ६१७

    वीरगंज । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आफ्नो फेसबुक पेज ‘राष्ट्रिय जनगणना २०७८’ मा एउटा तथ्यांक सार्वजनिक ग¥यो– ‘अन्य प्रदेशको तुलनामा मधेसमा पुरुषभन्दा महिलाको जनसंख्या घट्दो छ।’त्यहाँ भनिएको छ– ‘राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ। जसमा पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७ सय ५१ छ भने महिलाको जनसंख्या ३० लाख ४८ हजार ८ सय ४९ छ। लैंगिक दृष्टिकोणले हेर्दा अन्य नेपाल र अन्य प्रदेशको भन्दा मधेसको जनसांख्यिक विशेषतामा कहीँ भिन्नता पाइन्छ। समग्र जनसंख्या र अन्य प्रदेशको जनसंख्यामा महिलाको जनसंख्या बढी र पुरुषको कम भए पनि मधेस प्रदेशमा पुरुषको जनसंख्या प्रतिशत ५०.१ र महिलाको ४९.९ प्रतिशत रहेको छ। यस प्रदेशको लैंगिक अनुपात १००.५५ प्रतिशत रहेको छ। मधेस प्रदेशको जनसंख्याको लैंगिक र उमेरगत संरचनालाई बुझ्न तल उल्लेखित जनसंख्या पिरामिडलाई अध्ययन गर्दा स्पष्ट हुन्छ।’

    पिरामिडमा उल्लेख गरेको तथ्यांक सहितको यो तथ्यले मधेसमा किन महिला कम भए भन्ने प्रश्न जन्माउँछ। विश्लेषक भन्छन्, ‘यसको प्रमुख कारण भनेकै जनचेतनाको कमी र दाइजो प्रथा हो, छोरा र छोरीबीचको विभेद हो।’ पुरुषको तुलनामा महिलाको संख्या घट्दै जानु पछाडि सामाजिक चेतना, आर्थिक परिवेश र पुरातनवादी सोचले मुख्य भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन्। मधेसमा लैंगिक अनुपातमा फरक आउनुको पछाडिको एउटा कारण छोरा र छोरीबीच मेटिन नसकेको असमानता पनि हो। अहिले पनि हाम्रो समाज पुरातनवादी सोचमै अड्किएको छ। फेरि सबै जिल्लामा समान अवस्था छैन। विमलकुमार यादव, प्रमुख, तथ्यांक कार्यालय धनुषा

    प्रदेशका आठवटै जिल्लाको जनसंख्याको अवस्था विश्लेषण गर्दा पुरुषको अनुपातमा महिलाको संख्या कम भएका जिल्लाहरूमा सबैभन्दा अग्रस्थानमा पर्सा जिल्ला रहेको छ। पर्साको कुल जनसंख्या ६ लाख ५४ हजार ४ सय ७१ छ। जसमध्ये पुरुषको जनसंख्या ५१.७ प्रतिशत छ भने महिला मात्र ४८.३ प्रतिशत छन्। दोस्रो स्थानमा बारा जिल्ला छ। बारा जिल्लाको कुल जनसंख्या ७ लाख ६३ हजार १ सय ३७ छ जसमध्ये पुरुषको जनसंख्या ५९.१ प्रतिशत र महिला ४८.९ प्रतिशत छन्। त्यसैगरी रौतहटमा कुल जनसंख्या ८ लाख १३ हजार ५ सय ७३ मध्ये पुरुष ५०. २ प्रतिशत छन् भने महिला ४९.८ प्रतिशत छन्। सर्लाहीमा भने कुल जनसंख्या ८ लाख ६२ हजार ४ सय ७० मध्ये पुरुष ५०.५ प्रतिशत छन् भने महिलाको संख्या ४९.५ प्रतिशत छ। आठ जिल्लामध्ये चार जिल्लामा महिलाको संख्या पुरुषभन्दा कम छ भने अन्य चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा पुरुषको तुलनामा महिला नै बढी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑