• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हेटौंडामा कुटिएका डाक्टर भन्छन्- एसपीकै अगाडि काट्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ?

  • वीरगंज संजाल
  • Sep 14, 2023, 3:07 pm
  • ५१३

    वीरगंज । हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा एक हुल मानिसहरू आएर दुई चिकित्सकमाथि अन्धाधुन्ध प्रहार गरेको देखिन्छ। अस्पतालका अनुसार घटना हिजो बुधबार बिहान १० बजेतिरको हो। गत साउन २५ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि त्यसको एक महिनापछि परिवार र आफन्तहरूले सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेका हुन्। कुटपिटपछि अस्पतालमा कार्यरत दुई जना चिकित्सक डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारी घाइते छन्। डा. थापाको मुखको हड्डी भाँच्चिएको छ भने अर्का डाक्टर विडारीको अनुहारमा चोट लागेको छ। चिकित्सकमाथि आक्रमण भएको उक्त घटनाबारे हामीले डा. विडारीसँग कुराकानी गरेका छौं: गत साउन २२ गते दिउँसोतिर बिरामी आउनुभएको थियो। उहाँमा डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। त्यसपछि हामीले आइसियूमा राखेर उपचार गर्नुपर्छ भन्यौं। तर परिवारले मान्नुभएन। उहाँहरूले वार्डमै राखेर उपचार गर्ने कुरा गर्नुभयो। पछि हामीले हेरचाह पनि राम्रो हुन्छ, एचडियूमा भए पनि राखौं भनेर आग्रह गरेपछि परिवार तयार हुनुभयो।

    एचडियूमा उपचार सुरू गरेको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि हामीले २३ गते बिहानै चितवन मेडिकल कलेज रिफर गर्‍यौं। त्यहाँ तीन दिन उपचार भएपछि बिरामीको साउन २५ गते बेलुका मृत्यु भयो। बिरामीको मृत्यु भएको भोलिपल्ट परिवार र आफन्तहरू हाम्रो अस्पतालमा पनि कुरा गर्न आउनुभयो। र हामीले बिरामीको मृत्युको कारणहरूबारे बताएपछि उहाँहरू घर जानुभयो। त्योभन्दा अगाडि पनि बिरामी सन्चो अस्पतालमा आउनुभएको थियो। त्योबेलै उहाँ डेंगीको समस्या लिएर आउनुभएको थियो। जाँच गर्दा सामान्य ज्वरो देखिएपछि परिवारले नै घरमै आराम गर्छौं भन्नुभयो। पछि दोस्रो पटक पनि डेंगी भएपछि उहाँहरू साउन २२ गते अस्पताल आउनुभएको थियो। अनि अहिले एक महिना अगाडिको घटनालाई लिएर उहाँहरूले हामीमाथि आक्रमण गर्नुभयो। हिजोको घटनाको कुरा गर्नुपर्दा हामी डाक्टर विकास र म दुबै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला पाँच जना जति मानिस आएर कुरा गर्नुछ भन्नुभयो। ठिकै छ एकैछिनपछि कुरा गरौंला भनेर हामी बिरामीको राउन्डिङमै थियौं। तर हामी राउन्ड लिँदालिँदै बाहिर २०-२५ जनाको हुल भेला भइसकेको रैछ। त्यसपछि एक्कासी हुल आएर डाक्टर विकासलाई तान्यो र पञ्च हानिहाल्यो। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाल्यो। पछि कोठामा लगेरसमेत कुटपिट गर्‍यो।

    अहिले कुटपिटबाट डाक्टर विकासको मुखको हड्डी भाँच्चिएको छ। शल्यक्रिया गर्नुपर्छ। मेरो पनि फेसियल इन्जुरी छ। हिजोको घटनापछि प्रहरीको टोली पनि आएको थियो। तर हिजो प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। किनकी कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लानुपर्नेमा प्रहरीले कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेर गयो। घटनाबारे एसपीसहितको टोलीको रोहबरमा कुरा गरियो। त्यहाँ पनि उनीहरूले एसपीकै अगाडि जो-जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैन समेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं। घटनाको भोलिपल्ट भिडिओ भाइरल भयो। सबैले घटनाको विरोध गरे। अहिले फेरि एसपी र सिडिओसँग कुराकानी गर्‍यौं। अब थप सुरक्षाको प्रत्याभूति नभइञ्जेल पेन डाउन गर्ने निर्णय गरेको छौं। नेपाल चिकित्सक संघ, निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’ र हेटौंडा शाखाले मुद्दा अघि बढाउने कुरा भएको छ। यद्यपि यो घटनापछि मन विक्षिप्त भएको छ। म पनि यहीँको स्थानीय हो। डाक्टरहरू विदेशिने लर्को चलिरहेको बेला आफ्नै ठाउँको सेवा गर्छु भनेर आएको थिएँ। अनि यसरी आक्रमण भएपछि कसरी काम गर्न सकिन्छ। हिजोको घटनापछि बाहिरका चार-पाँच जना डाक्टरहरूले राजीनामा दिनुभयो। उहाँहरूले लोकल मान्छेमाथि त आक्रमण हुन्छ भने हामीलाई झन् के होला भन्दै राजीनामा दिनुभएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑