• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पत्रकार गुप्तालाई ज्यान मार्ने धम्की दिने रुपेशलाई कारबाही गर्न नेपाल फोटो पत्रकार महासङ्घको माग

  • वीरगंज संजाल
  • Sep 13, 2023, 5:09 pm
  • ५०९

    वीरगंज । पर्साबाट सञ्चालित प्रहार डेली डटकमका सञ्चालक राहुल गुप्तालाई ज्यान मार्ने धम्की दिने जयप्रकाश भनिने रुपेश गुप्तालाई कारबाही गर्न नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाले माग गरेको छ । नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाका सदस्यसमेत रहेका गुप्तालाई फोन र म्यासेज मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिने बाराको परवानीपुर गाउँपालिका – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारका जेठा छोरा रुपेशलाई कारबाही गर्न महासङ्घले माग गरेको हो । महासङ्घका सचिव श्रवण प्रसाद साहले बुधवार एउटा विज्ञप्ति जारी गर्दै समाचार लेखेको निहुँमा पत्रकार गुप्तालाई रुपेशले सामाजिक सञ्जाल र फोन मार्फत डर, धम्की र नानाथरिका गालीगलौज गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल फोटो पत्रकार पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    विज्ञप्ति मार्फत उनले गलौच गर्दै धम्की दिएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग माग गर्दै महासङ्घले पत्रकार गुप्ता सुरक्षाप्रति संवेदनशील हुन् पनि माग गरेका छन् । ‘घटनामा संलग्नहरूमाथि आवश्यक कारबाही र पत्रकार गुप्ताको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रह छ,’ विज्ञप्ति लेखिएको छ । समाचारप्रति असहमति भएको खण्डमा त्यसविरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथि गालीगलौज गर्नु अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने सम्मको धम्की दिएको घटना लोकतान्त्रिक शासन व्यवस्था र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासङ्घको ठम्याइ छ । पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि आँच आउने गतिविधिहरू नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न महासङ्घले अपिल पनि गरेको छ ।

    आफ्ना पिताका विरुद्ध समाचार लेखेको भन्दै परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारको छोरा रुपेशले गुप्तालाई मङ्गलवार सामाजिक सञ्जाल, सन्देश र फोन मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए । गुप्ताद्वारा सञ्चालित प्रहार डेली डटकममा भदौ २४ गते गुप्ताले “जनता आवासमा भेदभाव, परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर कलवारले गरे स्थानीयमाथि हातपात” शीर्षकमा समाचार लेखेका थिए । सोही समाचारलाई निहुँ बनाउँदै कलवारका छोरा रुपेशले मङ्गलवार उनलाई फोन मार्फत मार्ने गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बुझिएको छ । ‘आफ्नो पिताविरुद्ध समाचार लेखेको भन्दै रुपेशले सुरुमा सामाजिक सञ्जाल फेसबूकको म्यासेन्जर मार्फत नानाथरीका गालीगलौजसहितको सन्देश पठाए,’ गुप्ताले भने, ‘त्यसपछि ९८५५०३२*** बाट फोन गरेर गाली गर्दै ज्यान मार्ने धम्की दिए ।’ फोन मार्फत दिइएको गालीगलौज र धम्कीको रेकर्डिङ आफूसँग रहेको राहुलले बताए । उनले रुपेशविरुद्ध गुप्ताले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी पनि दिएको बताए ।

    के थियो गुप्ताले लेखेको समाचारमा ?

    गुप्ताले वडाध्यक्ष कलवारले स्थानीयमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार लेखेका थिए । समाचारमा नेकपा एमालेका युवा नेता उमेश गुप्तासँग जनता आवास कार्यक्रम मार्फत आफ्नो घर बनाउनुका निमित्त निवेदन दिन पुगेका स्थानीयहरूमाथि वडाध्यक्ष कलवार दुर्व्यवहार गर्नुका साथै हातपात गरेको विषय लेखिएको थियो । समाचारका अनुसार वडाध्यक्ष कलवारले आफू निकटका व्यक्तिहरूको मात्र निवेदन भर्न लगाएको स्थानीयहरूले आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑