• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दुई वर्षमा नेपालबाट ८५ करोडको पानी विदेशमा निर्यात

  • वीरगंज संजाल
  • Sep 13, 2023, 11:43 am
  • ४९७

    वीरगंज । नेपालबाट पानी निर्यात हुन थालेको एक दशक बितिसकेको छ । प्रशोधित र अर्धप्रशोधित खनिजयुक्त पानीका कारण निर्यातले पछिल्ला वर्ष थप गति लिन थालेको छ । आर्थिक वर्ष २०७०/७१ मा ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात भएको थियो । त्यसको एक दशकमा गत आर्थिक वर्ष ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको पानी निर्यात भएको थियो । यसअघि ८ वर्षमा ६ करोड ५० लाख १९ हजारको पानी निर्यात भएको तथ्यांक छ । भुटान, भारत, हङकङ, अस्ट्रेलिया, चीन, यूएई, जापान, जर्मनी, फ्रान्सलगायत मुलुकमा पानी निर्यात हुन्छ ।

    चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री प्रकाशशरण महतले ‘वाटर फ्रम द हिमालय’ को नामले ब्रान्डिङ गरी नेपालले पानी निर्यात गर्ने बताएका थिए । ‘हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने’ बजेट वक्तव्यमा उल्लेख छ । नेपालबाट रसुवा पानी, हिमालयन अन टप, किन्ली, अक्वा फिनालगायत पानी बाहिर गइरहेको नेपाल बोटल एसोसिएसनका महासचिव गोकुल थापा बताउँछन् । ‘ठूलो परिमाणमा उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न सकिएको छैन,’ उनले भने, ‘सरकारले पनि यो वर्षभन्दा पहिला खासै केही गरेन, उद्योगीले पनि जोखिम मोलेर लगानी गर्न चाहेनन् ।’ भारत, बंगलादेश, चीन, कोरियालगायत मुलुकबाट पानीको माग भए पनि पर्याप्त मात्रामा उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।

    ‘गल्फ कन्ट्रीबाट पनि पानीको धेरै माग आउँछ, तर एक पटक निर्यात गरेर छोड्ने कुरा भएन, उनीहरूको मागअनुसार निर्यात गर्न हाम्रो उत्पादन नै छैन,’ उनले भने, ‘निर्यातजन्य वस्तु भए पनि पानीमा कसैको ध्यान गएको छैन । सरकारले यसपालि बजेटमा पानी निर्यात गर्ने बताएको छ, अब केही हुन्छ कि ।’ पानीको उत्पादनका लागि गणेश हिमाल, लाङटाङलगायत क्षेत्रमा संघ आफैंले पनि अध्ययन गरिरहेको उनी बताउँछन् ।‘पानी निर्यातको सम्भाव्यता अध्ययन नेपालदेखि मध्यपूर्वसम्म (२०७६)’ प्रतिवेदनले पनि नेपालले अझैसम्म मध्यवपूर्वका देशमा पानी निर्यात गर्न नसकेको औंल्याएको छ । नीति अनुसन्धान प्रतिष्ठानको उक्त प्रतिवेदनमा उत्पादन र गुणस्तरको आधारमा नेपालका दुईदेखि तीन वटा कम्पनी मात्रै निर्यात योग्य रहेको जनाएको छ । निर्यात र पानीको स्रोतको दृष्टिकोणले नेपालको निर्यात वसन्त ऋतु र हिमनदीको पानीमा केन्द्रित हुनुपर्ने उल्लेख छ ।

    विश्व आर्थिक मञ्चले ८ वर्षदेखि विश्वव्यापी मानव जातिका लागि शीर्ष पाँच खतरामध्ये एक पानी संकटको पहिचान गर्दै आएको समेत प्रतिवेदनमा उल्लेख छ । ब्राजिलपछि नेपाल ताजा पानीमा दोस्रो धनी देश भएको दाबी गरिए पनि तुलनात्मक आर्थिक लाभ लिन नसकेको प्रतिवेदनले जनाएको छ । सन् २०१८ मा कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइन, ओमान, कुवेतलगायत मध्यपूर्वका देशले १७ करोड २३ लाख डलर बराबरको १८ करोड ३८ लाख लिटर बोतलबन्द पानी आयात गरेको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालले प्लास्टिकको बोतलको प्रशोधित पानी, बोतलको स्प्रिङ पानी र हिमनदीको पानी उत्पादन गर्न सक्नेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘ठूलो परिमाणमा पानी निर्यात गर्न सरकारले ६ वटा प्रदेशमा वेभरेजको विशेष आर्थिक क्षेत्रको योजना ल्याउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑