• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा फेरि डेंगुको संक्रमण बढ्न थालेपछि महानगरले चलायो ‘सर्च एण्ड डिस्ट्रोय अभियान’

  • वीरगंज संजाल
  • Sep 13, 2023, 10:08 am
  • ४९३

    वीरगंज । वीरगन्ज महानगरमा पनि डेंगीको प्रकोप देखिएको छ ।चिकित्सकहरुका अनुसार लामो सुक्खायाम पछि ३ साताअघि भएको वर्षालगत्तै डेंगीका बिरामी देखा पर्न थालेका हुन् । नारायणी अस्पतालका चिकित्सक एवम् सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल नारायणी अस्पतालमा डेंगी संक्रमित दुई जना उपचाररत छन् । सरकारी र महानगरका विभिन्न निजी अस्पतालमा समेत गरी ५ जना डेंगी संक्रमित भर्ना भएर उपचाररत रहेको उनले बताए । यस बाहेक घरमै बसेर औषधि सेवन गर्ने बिरामीको संख्या धेरै छ ।

    भाइरल ज्वरोको केस बढेसँगै डेंगीका बिरामी पनि भेटिन थालेको उनले बताए । हालका दिनहरुमा पनि नारायणी अस्पतालमा दैनिक बहिरंग कक्षमा ३० र आकस्मिक कक्षबाट रिफर भएका १५ जना गरी ४५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको र तीमध्ये केही डेंगीका बिरामी हुने गरेको उनले बताए ।अस्पतालका अर्का चिकित्सक डा. निरज सिंहले आफूले मात्र नारायणी र एडभान्स अस्पतालमा गरी यसपटक डेंगीका आधा दर्जन बिरामीको उपचार गरिसकेको बताए । ‘प्लेटलेट्स कम भएका र अत्यधिक सिकिस्त भएर आउने डेंगीका रोगी यस पटक कम छन्,’ उनले भने, ‘तर १ सय ४ डिग्रीसम्मको उच्च ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण भएका बिरामी बढी छन्, वृद्धवृद्धाहरु बेहोस भएर आउनेहरु पनि छन् ।’

    गत वर्ष वीरगन्जमा डेंगीसँगै मलेरिया रोगको प्रकोप पनि देखिएको थियो । गत वर्ष वीरगन्जमा चिकित्सकहरुको सम्पर्कमा आएका डेंगी संक्रमितमध्ये अधिकांश संघीय राजधानी काठमाडौं तथा हेटौंडा बस्ने वा दैनिक आउजाउ गर्नेहरु बढी रहेका थिए । काठमाडौंसम्म सुमो चलाउने चालक तथा काठमाडौंबाट फर्किएका विद्यार्थीहरुमा बढी डेंगी संक्रमण देखिएको थियो । वीरगन्ज महानगर स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले मंगलबारमात्र आफूसमेत महाशाखाका अन्य जनशक्तिले महानगरका विभिन्न अस्पतालमा पुगी तथ्यांक संकलन गर्दा डेंगीका ८ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत रहेको पाइएको बताए । तीमध्ये ४ अन्य जिल्लाका र एक भारतीय नागरिक हुन् । संक्रमण प्रकोपका रुपमा फैलिँदै गएकाले अस्पताल र सरोकारवालाहरुबीच आपसी समन्वय तथा तालमेल बनाउन मंगलबारदेखि ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याइएको उनले बताए ।

    उनका अनुसार मंगलबार नै विभिन्न टायर बिक्रेताहरुको पसलको स्थलगत अनुगमन गर्दा टायरमा जमेको पानीमा डेंगी सार्ने लामखुट्टेका लार्भा भेटिएको छ। महानगरका स्वास्थ्य महाशाखा, सरसफाइ महाशाखा तथा नगर प्रहरी समेतका जनशक्तिको टोलीले मंगलबारबाटै ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ पनि चलाएको उनले जनाए । वीरगन्ज महानगरमा बर्सेनि फैलिने डेंगीको प्रकोपको मुख्य कारक टायरमा जम्ने पानी नै हुने गरेको छ । यस वर्ष पनि टायरमा जमेको पानी फाल्ने र व्यवसायीलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको उनले बताए । यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्यांकी, गमला, एसी, पानीका बोतल आदिमा डेंगु फैल्याउने लामखुट्टेको लार्भा खोजेर नष्ट गरिने अभियान छ । महानगरको कार्यालयले लामखुट्टे नियन्त्रणका लागि अविलम्ब औषधि छर्ने अभियान सञ्चालनको तयारी गरी रहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑