• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको दैनिक बचत सहकारीविरुद्ध प्रशासनमा उजुरी, करोडौँ रकम फिर्ता नगरेको आरोप

  • वीरगंज संजाल
  • Sep 12, 2023, 11:46 am
  • ६८५

    वीरगंज । वीरगन्जको सर्राफ मार्केटमा रहेको दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध निक्षेपकर्ताहरूले प्रशासनमा उजुरी दिएका छन् । सहकारीमा जम्मा गरेको निक्षेप रकम फिर्ता गर्न सहकारीका सञ्चालकहरूले आनाकानी गरेपछि बचतकर्ताहरूको एक समूहले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको हो ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्साललाई दिएको उजुरीमा बचतकर्ताहरूले सहकारीका सञ्चालक रुपेश पटेललाई उपस्थित गराएर बचतको रकम फिर्ता गराउन सहयोग गर्न आग्रह गरेका छन् । बचतकर्ताहरूको उजुरीका आधारमा लम्सालले सञ्चालक पटेललाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई सोमबार नै पत्राचार पनि गरेका छन् । सहकारी सञ्चालक पटेलले महिनौँदेखि पैसा फिर्ता नगरेको बचतकर्ताहरूको गुनासो छ । उनीहरूका अनुसार सहकारीले झन्डै एक सय निक्षेपकर्ताको डेढ करोडभन्दा बढी रकम फिर्ता गरेको छैन ।

    ‘दैनिक बचतबाट मलाई डेढ लाख रुपैयाँ फिर्ता लिनुपर्ने छ,’ बचतकर्ता उमेश बरनवालले भने, ‘पछिल्लो ६ महिनादेखि सहकारीको कार्यालय धाइरहेको छु तर सञ्चालकहरूले रकम फिर्ता गरेका छैनन् ।’बरनवालका अनुसार पछिल्लो दुई महिनादेखि सहकारीको कार्यालय पनि बन्द छ । ‘सञ्चालक रुपेश पटेललाई फोन गर्दा उनले उठाउँदैनन् । फोन उठाए पनि मसँग जुन बेला पैसा हुन्छ फिर्ता गर्छु, तपाईँलाई जे गर्नु छ गर्नुस् भनेर उल्टै धम्की दिने गरेका छन्,’ बरनवालले थपे, ‘आज बाध्य भएर हामीले उजुरी दिनुपरेको छ ।

    ’बरनवाल जस्तै सहकारीमा बचतकर्ताहरूको ५० हजारदेखि २० लाख रुपैयाँसम्म जम्मा छ । प्रहरीले सहकारीबाट पैसा फिर्ता निकाल्न सहयोग गर्ने बचतकर्ताहरूको विश्वास छ । बचतकर्ताले गरेको गुनासोका विषयमा बुझ्न सहकारी पुग्दा कार्यालयको मूल ढोकामा ताल्चा लगाइएको थियो । सञ्चालक रुपेश पटेललाई (९८०९१४०९२४) मा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय ललितपुर महानगरपालिकास्थित कुमारीपाटीमा छ । मधेसखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑