• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

  • वीरगंज संजाल
  • Sep 11, 2023, 3:25 pm
  • ४३७

    वीरगंज । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्षको अवसरमा पर्साकाे ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने प्रयास गरिएकाे भरतपुर महानगरले जनाएको छ । महानगरले भरतपुरको विकास र समृद्धिका लागि भैरहेका पूर्वाधार निर्माणलाई समेत देखाउन् अवसरका रुपमा भ्रमण वर्षलाई लिएको छ । त्यसैले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ । महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक भरतपुर ल्याउने लक्ष्य महानगरको छ । त्यसका लागि वर्षभरी गर्ने क्रियाकलापहरुको क्यालेण्डर नै प्रकाशन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

    भरतपुर महानगरले भारतको उत्तरी क्षेत्रबाट बढीभन्दा बढी पर्यटकलाई भरतपुरसम्म आउन सहज होस् भनेर पर्साको ठोरीस्थित छोटी भन्सार नाका सञ्चालन गर्न अनुरोध गर्दै भन्सार विभागमा पत्राचारसमेत गरेको मेयर रेनु दाहालले जानकारी दिइन् । ठोरीमा नाका भए पनि त्यहाँस्थित भन्सार कार्यालयमा कर्मचारी नहुँदा भारतीय पर्यटकहरू सवारी साधनसहित आउन समस्या भैरहेको छ । पर्साको ठोरीमा छोटी भन्सार कार्यालय छ तर कर्मचारी छैनन् । झण्डै तीन वर्ष अगाडि नै नयाँ भवन बन्यो तर अहिलेसम्म यो भन्सार सञ्चालनमा आएको छैन । यहीँ नाका भएर निजी सवारी साधनमा भारतीय पर्यटकहरू ठोरीसम्म आउँछन् तर त्यसभन्दा भित्र (नेपालमा) आउन पाउँदैनन् । उनीहरु ठोरी हुँदै भरतपुरसम्म आउन जम्मा ६५ किलोमिटर छ तर नेपाल प्रवेशको अनुमति नपाएपछि दुःखी भएर फर्कने गरेको स्थानीय सुदिप थापा बताउँछन् । भारतीय पर्यटकका सवारी साधनलाई कम्तीमा पनि भरतपुरसम्म आउने अनुमति ठोरीबाट प्रदान गर्न सके भरतपुर भ्रमण वर्षमा थुप्रै पर्यटकहरू भरतपुर लगायतका क्षेत्रमा आउन सहज हुने उनी बताउँछन् ।

    ‘वीरगन्ज पुगेर भन्सारको अनुमति लिएर आउन टाढा र अपायक पर्ने भएकाले ठोरी नाकाबाट नै यस्तो अनुमतिको व्यवस्था गर्न सके नाकाबाट राजश्व संकलन र भरतपुरमा भारतीय पर्यटकको संख्या अत्याधिक बढाउन सकिने सम्भावना हुन्थ्यो,’ थापा भन्छन्, ‘आफ्नै सवारी साधन लिएर भरतपुरसम्म घुम्न आउन सक्ने वा नेपालका अन्य भागमा जान सक्ने अनुमति प्रदान गर्न सके, भारतीय पर्यटकहरु ठूलो संख्यामा भित्रिनेमा राज्यले त्यसतर्फ ध्यान दिन सकेको छैन ।’ भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ठोरी भन्सार चलाउन सकिने सम्भावनाको विषयमा बुझ्नुपर्ने बताए । यता भन्सार चलाउँदा भारतीय क्षेत्रमा पनि भन्सार भए राम्रो हुन्छ, ठोरीमा त्यस्तो छैन, तर हामीले केही ठाउँमा अस्थायी व्यवस्था गरेर पैठारीको अनुमति प्रदान गरेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘ठोरीमा के रहेछ म वीरगञ्जमा बुझ्छु ।’ भरतपुर महानगरले ठोरी भन्सार सञ्चालन गरेर सवारी साधनको अस्थायी पैठारीको अनुमति माग गरेको भन्ने विषयमा भने महानिर्देशक पौडेलले अनभिज्ञता प्रकट गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑