वीरगंज । पर्साको विजयवस्तीमा साेमबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
ठोरी गाउँपालिका वडा नंबर ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पेट्रोलपम्प पछाडिको खेतमा गँहु गाेराे वर्णका र जिउमा कट्टु मात्र लगाएका अपरिचित पुरुषको शव फेला परेकाे पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेको उनले बताए ।