वीरगंज । वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबिचको खेल आज हुँदैछ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।
आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबिचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहीँबाट सुरु हुनेछ ।
आज पनि खेल हुन सकेन भने खेल रद्द भई दुवै टोलीले एक–एक अङ्क बाँड्ने छन् । भारतको यो पहिलो सुपर फोरको खेल हो भने पाकिस्तानले पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो ।