• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भ्रष्ट अधिकृत आचार्य र कार्यालय सहयोगी यादवको मिलोमतोमा भएको सनाखत नामसारीको कालाकर्तुतहरुको पोल एक पछि अर्को खुल्दै, अख्तियार मौन !

  • वीरगंज संजाल
  • Sep 11, 2023, 7:37 am
  • ५३७

    वीरगंज । यातायात व्यवस्था कार्यालय सानो सवारी शाखा वीरगंजमा कार्यरत्त अधिकृत सरोज आचार्य र करारका कर्मचारी कार्यालय सहयोगी रामप्रवेश कुमार यादवको मिलोमतोमा भएको सनाखत नामसारीको कालाकर्तुतहरुको पोल एक पछि अर्को खुल्ने क्रम जारी रहेको छ । अधिकृत आचार्य र कार्यालय सहयोगी यादवले सनाखत नामसारीको नाममा ताण्डव मच्चाउदै करोडौं कुम्ल्याउन सफल भएका छन् । सानो सवारी शाखा (मोटरसाईकल) फाँटमा कार्यरत्त अधिकृत आचार्य र करारका यादवको मिलोमतोमा मोटरसाईकल सनाखत नामसारी भएको दर्जनौं दर्जन प्रमाणहरु यस अनलाईन संग सुरक्षित रहेको छ ।

    मिति २०८० असार महिना ढाडामा गते उल्लेख नगरी ना ४० प ४५२५ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल चितवन जिल्लाको वघौडा–४ निवासी गोपाल विश्वकर्माको नाउबाट चितवनकै रतननगर–२ निवासी अभिषेक विश्वकर्माको नाममा सनाखत नामसारी भएको छ । कार्यालय सहयोगी रामप्रवेश कुमार यादवको हेन्डराईटिङ्गमा ढाडामा लेखिएको सो मोटरसाईकल नम्बरमा अधिकृत सरोज आचार्यले सही गरेको पाईएको छ । एउटा मोटरसाईकलको सनाखत नामसारीमा करिब ३ हजार देखि ५ हजार सम्म दररेट कायम गरी घुसको रकम लिने गरेको बताईन्छ । अधिकृत आचार्य यस भन्दा अगाडि सुब्बा पदमा रही काम गरिसकेका र यादव पनि पुरानै कर्मचारी भएको हुनाले दुबै जनाको भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव रहेको हुनाले सवारी धनीलाई थाहै नदिई अर्काको नाममा सनाखत नामसारी गर्दै कानुन विपरितका कार्यहरु गर्न पछि परेका छैनन् ।

    यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ।

    तर भ्रष्ट अधिकृत आचार्य र कार्यालय सहयोगी यादवले कुनै पनि प्रक्रिया नै पुरा नगरी घुसको रकमको बलमा भटाभट हजारौं सनाखत नामसारी गरेको स्रोतले जनाएको छ । मोटरसाईकल फाँटको सहायक कार्यालय अधिकृत आचार्यको डेरामा रहने गरेको बताईन्छ । जहाँ कार्यालय सहयोगी रामप्रवेश कुमार यादवको हेन्डराईटिङ्गमा सनाखत नामसारी बाहेक अरु कुनै काम नहुने गरेको स्रोतको कथन रहेको छ । अधिकृत आचार्य भ्रष्टाचारको कमाईबाट मातिदै बसपार्कको एक होटलमा बराबर जाने गरेको बताईन्छ । उनी सवारी शाखामा पटक–पटक आएर करोडौ करोड कमाई राजधानी काठमाडौंमा आलिशान महल किन्न सफल भएको स्रोतको भनाई रहेको छ । प्रसौनी गाउंपालिका–३ बारा नौतन निवासी रामप्रवेश कुमार यादवले २०६५ साल देखि नै करारमा कार्यलय सहयोगीको नियुक्ती लिई मोटरसाईकल फांटमा नै कार्य गर्दै आईरहेका छन् । उनी करारको कर्मचारीबाट राजिनामा दिई २०७४ असोज २ गते स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको टिकटबाट चुनाव लडेका थिए । चुनावमा हार बेहोरेपछि तत्कालिन कार्यालय प्रमुखलाई रिझाउदै कार्यालयमा पुनःकाम गर्न थाले ।

    यादव स्थानिय भएको हुनाले उनी मोटरसाईकल फांटमा पालैपालो प्रायः सबै अधिकृत र सुब्बाहरुलाई आफु अनुकुल बनाउदै सनाखत नामसारीमा सही गराउदै आएका छन् भने कुनै बेला आफु अनुकुल अधिकृत नभएको अवस्थामा आफै किर्ते सही गरेर नामसारी गर्ने गरेको स्रोतको कथन रहेको छ ।
    करिब १५ वर्ष देखि मोटरसाईकल फांटमा अडा जमाएर बसेका यादवले करोडौ करोड रुपैया कमाउन सफल भएको स्रोतको भनाई रहेकोछ । उनी भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति आर्जन गरी आफ्ना आफन्तहरुको नाममा हेटौडा, वीरगंज र नौतनमा घडेरी र खेतिहर जमिनहरु आर्जन गरेको समाचार स्रोतको दाबी रहेको छ । उनको दैनिक २० हजार देखि ३० हजारको बिचमा आम्दानी रहेको सोही फाँटका कर्मचारीहरु बताउदंछन् । यस अनलाईनले प्रमाण सहित केही दिन अघि सनाखत नामसारीको समाचार प्रकाशन गरे पछि बिचमा सो कार्य बन्द रहेपनि पुनः सूचारु गर्ने तरखरमा रहेको बताईन्छ । चितवन, हेटौडा, निजगढ लगायतका ठाउंहरुमा खुलेका रिकन्डिसनबाट सनाखत नामसारीका करिब १० हजार ब्लुबुकहरु जम्मा पारिएको स्रोतले जनाएको छ ।भ्रष्टाचार निवारण गर्ने जिम्मा पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले कर्मचारीहरुले अख्तियार दुरुपयोग गरेको अवस्थामा कारवाही गर्नु पर्ने ठाउँमा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा लिईरहेकोमा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑