वीरगंज । रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै गएको छ । जिल्लाको चन्द्रपुरमा पछिल्लो समय त्यहाँका स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रपुरको हाईबे राजमार्गमा केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन नसकेको स्थानीयहरुको भनाइ छ । स्थानीय गणेश लामाले चन्द्रपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताए । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।
यौनजन्य क्रियाकलाप हुने होटेल तथा लजको वरपरका बासिन्दा झन आजित भएको स्थानीय ओमबहादुर थिङ्गले बताएका छन ।उनले भने,मेरो घरनजिकैको लजमा यौनजन्य क्रियाकलाप हुन्छ, लजमा यौनकर्मी महिलाको ग्राहक बनेर आउने केही पुरुष लज सम्झेर मेरै घरको ढोका ढक्ढकाउन थाल्छन् । ती लजमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ । बढी लोभको कारण होटल तथा लजका संचालकहरुले १५÷१६ बर्षसम्मको केटीहरुलाई बोलाई देह ब्यापार गराउने गराएको आरोप लगाएका छन । त्यति मात्र नभई जिल्लाको गौर ,गरुडा ,कटहरिया ,डुमरिया जस्ता चर्चित ठाउँहरुमा यौन ब्यवसाय दिनानुदिन फस्टयाउदै गईरहेको छ । त्यसतै गरुडा स्थित रहेको अनिता होटेल एण्ड लजमा बैशाख २० गते छापा मारदा यौन जन्य क्रियाक्लापमा संम्लगन ७ जनालाई पक्राउ गरेका थिए ।
जसमध्ये २ जना महिला र ५ जना पुरुष रहेको थियो । त्यसतै गत चैत २६ गते गौर नगरपालिका १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेका थिए । चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु प्रहरी प्रशासनको आडमा समेत संचालन भईरहेको स्थानियहरु बताएका छन । होटेल एण्ड लजका संचालकहरु पावरको भर यस्ता कार्यहरु गर्दै आईरहेको र यसले गर्दा समाजलाई झन खराब प्रबृति तिर धकेल्दै गईरहेको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एसपि महेन्द्र कुमार श्रेष्ठसंग सोध्दा बजारमा देह ब्यापार भईरहेकोबारेमा आफुलाई जानकारी नभएको बताए । तर वहाँले यस्तो गतिबिधि जारी रहेको हो भने आफुले स्थानिय प्रहरीलाई तत्काल नियन्त्रणका लागी निर्देशन दिने समेत बताउनु भयो ।