वीरगंज । धनुषामा कृष्णा अष्टमीको मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहास्थित आयोजना गरिएको कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको बताईएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मेला आयोजनाको लागि डिजेल लिएर फर्किदै गर्दा केही युवकहरुले बीच बाटोमा रोकेर ज्यानै मार्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कमला नगरपालिकाको मँगराहा र नरहाटोलको बीचमा मेला आयोजक समितिबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरालाई ज्यान मार्ने गरी कुटपिट गरिएको हो ।
कृष्णाष्टमी मेला आयोजना गरिएकोमा ओरकेष्ट्रा नचाउने कुरा भएपनि ओरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवकहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातीमा नाच गराउनको लागि विद्युत कटने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई केही जनाले फ्लोअप गरेको पीडितको बयान छ । सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका वडा नं. ६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मँगराहातर्फ जाँदै गर्दा मँगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो । उनीहरुको मोटरसाईकल, मोबाईलसहित कपडा समेत लुटेका छन् । उनीहरु मात्र अन्डरवियरमा घर फर्केर घटनाबारे बताएका थिए ।
पीडितहरुमध्ये लगमा बस्ने लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादब को छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छ । उनीहरुसँग साँझ भनाभन भएको थियो । तीनै जनालाई फाईटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भिर चोट लागेको एक जनाको अवस्था गम्भिर रहेको छ । अहिले तिनै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुर धाममा उपचार भैइरहेको छ। आक्रमणमा परेका तिनैको मामा राम पुकार महराको घरमा मेला महोत्सव लागेको तिनैजनासङ्ग रहेको एक पल्सर मोटर न स १० प ६२७६ सहित तिनीहरुसङ्ग रहेका दुई थान मोबाइल ,२५ हजार रुपैया नगद,लगाएका सम्पुर्ण कपडा बाहेक अन्दरबियर सम्पूर्ण लिएर भागेको छन । ईलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनामा तीन फरार रहेको बताईएको छ ।