• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    को को छन् प्रहरी निगरानीमा वीरगंज र जनकपुरका सुन व्यवसायी

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार १४:५८
  • ३९५७

    वीरगंज । भंसार छलेर नेपाल भित्र्याइएको सुन अवैध मार्ग हुदै भारत पठाउने कार्यमा संलग्न बारा कलैयाका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फलाई प्रहरीले पक्राउ गरेपछि अवैध कारोवारमा संलग्न सुनचाँदी कारोवारीहरु भारत तर्फ भाग्न थालेका छन् । वीरगञ्ज, कलैया, गौर, मलगंवा, जनकपुर, लाहान, इटहरी र विराटनगरका व्यापारीमाथि समेत प्रहरीले निगरानी बढाउन थालेपछि सुनचाँदीको अवैध कारोवारमा संलग्न व्यक्तिहरु मोवाइल फोन अफ गरेर भूमिगत हुन थालेका छन् । ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सुनचाँदी व्यवसायी संघ कलैयाका अध्यक्ष समेत रहेका सरार्फलाई प्रहरीले समातेपछि यस कारोवारमा संलग्नहरुको पोल खुल्ने डरले केही सुनचाँदी कारोवारीहरु भारततर्फ समेत लागेको एक व्यवसायीले बताए । शिवकुमार सरार्फले समेत विभिन्न कम्पनीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका थिए । उनले काठमाडौं न्यूरोडमा रहेका जयमातादी गोल्ड प्यालेसका संचालक पवन अग्रवाल, सिल्भर हाउँसका संचालक अभिषेक सरावगी र काठमाडौं कालिमाटीका अमित दारुका मार्फत अवैध सुनको कारोवार गर्दै आएको व्यवसायीहरुले नै बताउने गरेका छन् । सुनचाँदी व्यवसायीहरुका अनुसार काठमाडौं न्यूरोडमा रहेका गोल्ड स्र्पोटका संचालक निर्मलज्योति तुलाधरले समेत विगत लामो समय देखि अवैध मार्गबाट सुन ल्याएर वीरगञ्ज देखि लाहानका सुन व्यवासयीसँग मिलेर भारत तर्फ सुन तस्करी गर्दै आएका छन् । शक्तिकेन्द्रको आडमा उनलाई प्रहरीले समात्न नसकेको व्यवसायीहरुको भनाई छ । ६० किलो सुन प्रकरणमा सिआईवीले अनुसन्धान थालेपछि सुन कारोवारमा संलग्न देशभरका विभिन्न व्यवसायीहरुलाई प्रहरीले निगरानी राख्दै आएको र हाल सोही प्रकरणमा बारा कलैयाका व्यवसायी शिवकुमार सरार्फ पक्राउ परेका हुन । उनलाई हिजो घरबाट समातेर काठमाडौं लगेको थियो ।

    अवैध सुनचाँदी कारोवार वीरगञ्जका को को छन ?
    समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका सुनचाँदी व्यवसायी चर्चामा छ । आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग कारोवार गर्ने गरेको स्रोतको भनाई छ । त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत भएको कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ । वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन । नेपालमा हुण्डी र जाली नोटको कारोवारमा संलग्न रहदै आएका सन्तोष जैन र उनका छोराहरु सौरभ जैन तथा अंकुर जैनको नाउँ समेत सुनचाँदीको अवैध कारोवार गर्नेको सूचिमा रहेको स्रोतको भनाई छ । जैनका विरुद्ध स्थानीय प्रहरी प्रशासनमा हुण्डी र मिटरव्याजीको आरोपमा पटक पटक उजुरी पर्नेगरेको छ । पर्सा सुनचाँदी व्यवसायीका अध्यक्ष भूलन साह सोनार पनि प्रहरीको निगरानीमा रहेका छन् । उनीहरुको गतिविधिलाई प्रहरीले निगरानी बढाएको छ । भूलनले विभिन्न कम्पनीको नाउँबाट कारोवार गरेपनि उनले समेत वीरगञ्जका अन्य व्यवसायीलाई सुन नदिएर भारत तर्फ तस्करी गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाउने गरेका छन् ।

    सुनको अवैध कारोवारमा जनकपुरका व्यवसायी : जनकपुरका सुनचाँदी व्यवसायी धिरज साह, सञ्जय साह सोनार, दीपेन्द्र साह र प्रदीप साह सोनारको नाउँ सुनचाँदीको अवैध कारोवारमा संलग्न रहने व्यवसायीको सूचिमा रहेको स्रोतको भनाई छ । जनकपुरका धिरज साहले डिएस इन्टरनेशनल, जनकपुर गोल्ड सप, न्यू शिवगंगा ज्वेलर्सको नाउँबाट कारोवार गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ । जनकपुरकै संजय साह सोनारले दिना ज्वेलर्स, माला ज्वेलर्स र श्री ज्वेलर्स कम्पनीको नाउँबाट सुनचाँदीको अवैध कारोवार गर्दै आइरहेको सूचनाको आधारमा प्रहरी निगरानीमा रहेको स्रोतले जनाएको छ । त्यसैगरी जनकपुरका दीपेन्द्र साहले लक्ष्मी दीप टेड्रस, सिन्जीनी मार्कन्डीस, श्री शुभांग इन्टरनेशनल र सुन्दर ज्वेलर्स प्रालीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका छन् । प्रदीप साह सोनारले लिला ज्वेलर्स र श्री जानकी ज्वेलर्सका नाउँमा कारोवार गर्दै आएकोले उनको कारोवारलाई समेत प्रहरीले निगरानी राखेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑