वीरगंज । विहिवार वीरगन्ज भन्सार एरिया बाट प्रदेशको नक्कली घुमुवा पक्राउ परेको छ ।
प्रदेशको घुमुवा हु भन्दै महिलाहरू लाई द्याक धम्कि दिइ पैसा उठाइ रहेको अवस्थामा स्थानियहरुले समाती वडा प्रहरी कार्यालय वीर्ता मा सुचना दिइ प्रहरीलाई वुझाएको छ । प्रहरी अनुसंधानमा सो व्यक्ति कुनै प्रहरी नरहेको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ ।
पक्राउ परेका व्यक्तिबाट वरामत गरिएका नागरिकता अनुसार निज बारा जिल्ला फेटा गाउँपालिका वडा नं ८ निवासी जाकिर हुसेन देवान रहेको बुझिएको छ । पक्राउ परेका व्यक्तिलाई वडा प्रहरी कार्यालय वीर्ताले थप अनुसंधान गरिरहेको जनाएको छ ।