• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६ लेनको सडक विस्तारमा ढिलाइ

  • वीरगंज संजाल
  • २१ भाद्र २०८०, बिहीबार १३:१४
  • १६६९

    वीरगंज । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेनको बनाउने काम समयमा नसकिँदा नारायणगढ भरतपुर बजार क्षेत्रको व्यापार व्यवसायमा असर परेको छ । सडक विस्तारका लागि बाटो खनेर चाँडो काम नगर्दा आडमा रहेको पसलमा व्यवसाय गर्न गाह्रो भएको व्यवसायीहरू गुनासो गर्छन् । उक्त सडक विस्तारको काम गत फागुन १० मै सकिनुपर्ने थियो । तर म्याद थपेर आगामी मंसिर २३ सम्म पुर्‍याए पनि सडक विस्तारको हालसम्मको प्रगति ७० प्रतिशत मात्रै छ । नारायणगढ बजार क्षेत्रमा सर्भिस लेनका लागि सडक खनेर बाँकी काम सुरु नगर्दा व्यवसायीहरू ठूलो मर्कामा परेको चितवन उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष श्रीष पन्तले बताए । नारायणगढको व्यस्त क्षेत्र मानिने सहिद चोक नजिकको कँडेल पुस्तक पसलका सञ्चालक रामशरण सिलवाल व्यापार व्यवसायमा ६० प्रतिशत कमी आएको बताउँछन् । पसलको पेटीसम्मै सडक कार्यालयले बनाएको खाल्डो छ । ‘उही चिनेजानेका साथी भाइ र पुराना ग्राहकहरू खोज्दैखोज्दै आए भने हो । नभए सामान्य ग्राहक पसलसम्म आउनै गाह्रो हुने गरेर सडक कार्यालयले बाटो खनेको छ । व्यापार चौपट भयो,’ सिलवासलले गुनासो गरे । सर्भिस लेनका लागि खनेको ठाउँमा पानी पर्दा ठूलो ताल हुने र अलि घाम लागे धुलो उडेर बस्नै नसकिने उनले बताए । गत वर्षदेखि नै व्यापारमा असर परेको हुँदा व्यवसायीको अवस्था नाजुक हुँदै गएको उनको भनाइ छ । सडक विस्तारका लागि गत वर्षको पुसमा सडक सिमाभित्र परेका घरहरू भरतपुरको डिभिजन सडक कार्यालयले हटाएको थियो ।

    घर भत्काएपछि बजार नै कुरुप र युद्धग्रस्त क्षेत्र जस्तो डर लाग्दो भएको थियो । त्यसलाई मिलाएर भ्याउँदा नभ्याउँदै फेरि सर्भिस लेनका लागि सडक खनेर अर्को सकस थपेको व्यवसायीहरू बताउँछन् । सडक विस्तारका क्रममा वर्ष दिन जति नै व्यापार ठप्प हुने अवस्था आएको पन्तले बताए । ‘सडक विस्तारको काम पनि सुस्त हुँदै गएको छ । यसले गर्दा व्यापारीलाई मर्कामाथि मर्का थपिँदै जाने खतरा देखिएको छ,’ पन्तले भने । संघले चितवनका प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाका मेयर र निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराएको पनि उनले बताए । ‘हामी छिट्टै बजारवासीको भेला राख्दै छौं । आन्दोलन नै गर्नुपरे पनि हामी पछि हट्दैनौं,’ पन्तले भने । तीज, दसैं र तिहारमा व्यापार होला भन्ने आशामा बसेका व्यवसायीहरू निराश भएको उनले बताए । ‘घर भाडा तिर्न, बैंक ब्याज र किस्ता तिर्न र कामदार कर्मचारीको तलब लगायत अन्य खर्च धान्न कम्तीमा पनि चाडबाडको मुखमा व्यापार गरौंला भन्ने आसमा बसेकाहरू निराश छन्,’ पन्तले भने । पूर्वी चितवन र जिल्लाका अन्य भागबाट आउने गाडीहरूलाई निर्माणको बहानामा बजार आउन रोक्दा व्यापारमा झनै संकट थपिएको उनले बताए ।

    भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलल नारायणगढ बजार क्षेत्रको सर्भिस लेनको काम अगाडि बढाउन वर्षाले समस्या पारेको बताए । ‘अरू कारणले विलम्ब भएको हैन । औजार उपकरण सबै छन् । चाहिने सामग्रीहरू पर्याप्त छन् । निर्माण व्यवसायी खटेकै छन् । तर सर्भिस लेनमा काम गर्न नपाएको वर्षा नरोकिएर नै हो,’ डिभिजन सडक कार्यालयका प्रमुख पौडेलले भने । बर्खा रोकिएको हप्ता दिनपछि काम सुरु गर्न सकिने उनले बताए । ‘हामीले सबबेस र बेसमा दुई दुई लेयर सामाग्री राख्छौं । कालोपत्रे तीन लेयरको हुन्छ । एक पटक सबबेस राखेपछि चार पाँच दिन कुर्नु पर्दछ । पानी पर्न लगातार हप्ता दिन रोकियो भने पहिलो लेयरको काम गरिहाल्छौं । त्यसपछि बाँकी काम अगाडि बढ्थ्यो । हामी बर्खा रोकियोस् भनेर बसेका हौं । पानी पर्दासम्म त कामै गर्न सकिँदैन,’ पौडेलले भने । चितवन उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष श्रीष पन्त बर्खाका कारण काम गर्न नपाइने हो भने अहिले खनेको बाटो पुरेर दसैं तिहारसम्म व्यापार गर्न दिनुपर्ने माग गर्छन् । ‘नारायणगढ बजार क्षेत्रमै तीन हजार जति पसलहरू छन् । भरतपुरसम्म जोड्दा पाँच हजार जति पसल पुग्छन् । बाटोको कामले गर्दा अहिले ७५ प्रतिशत जति पसललाई असर गरेको छ । यो बीचमा २५ प्रतिशत जति सटर त खाली नै भएका छन्,’ पन्तले सुनाए ।

    काममा भएको ढिलासुस्तीलाई छोप्न वर्षालाई बहाना बनाएको उनको आशंका छ । ‘बर्खामा काम गर्न सकिँदैन भन्ने थाहा त थियो होला नि अनि किन यस्तो अलपत्र पार्न बाटो खनेको ? अहिले काम सुरु गर्न नसक्ने हो भने खनेको ठाउँ पुरेर बर्खा सकिएपछि फेरि काम सुरु गर्न केही गाह्रो छ जस्तो त लाग्दैन,’ पन्तले भने । नारायणगढ बजार क्षेत्रमा सर्भिस लेनका लागि गएको साउनमा खन्ने काम भएको थियो । ६ किलोमिटर सडकलाई ६ लेनको बनाउन एक अर्ब २३ करोड रुपैयाँ खर्च हुँदै छ । सडकको भौतिक प्रगति ७० प्रतिशत भएको र ६७ प्रतिशत जति रकम निर्माण व्यवसायीलाई भुक्तानी दिइसकेको डिभिजन सडक कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । यो वर्ष यो सडकका लागि भनेर पाँच करोड रुपैयाँ मात्रै बजेट छ । मूल्य वृद्धिसमेत गरेर अन्तिम भुक्तानी झन्डै ६० करोड रुपैयाँको हाराहारीमा दिनुपर्ने कार्यालय प्रमुख पौडेलले बताए । काम सकिने समय तीन महिना पनि बाँकी नरहँदा काम भने ३० प्रतिशत बाँकी छ । साथै बजेट पनि न्यून आएको हुँदा सडक विस्तारको काम सकिन समय पो लाग्ने हो कि भन्ने आशंका थपिँदै गएको चितवन उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष श्रीष पन्तले बताए । त्यसैले दबाब दिन आवश्यक भएको उनले बताए । विस्तारको काम ०७७ सालको भदौमा सुरु भएर ३० महिनापछि ०७९ सालको फागुन १० मा सकिनुपर्ने सुरुको सम्झौता थियो । तर बिजुलीको पोल सार्न, खानेपानीको पाइपहरू व्यवस्थित गर्न र सडक सीमाभित्र परेका घरहरू हटाउन समय लागेका कारण फागुनभित्र काम सक्न नसकेर म्याद थप भएको सडक कार्यालय प्रमुख पौडेलले बताए । अहिले अन्य सबै काम पूरा भएका कारण विस्तारको काम लम्बिने अवस्था नरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑