वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल ठोरी गाउँपालिका कमिटीको भेला शनिबार सम्पन्न भएको छ । युवा नेता एवं राष्ट्रिय युवा संघ नेपाल ठोरी गाउँपालिका कमिटी अध्यक्ष अमृत कृष्णा राउतको अध्यक्षता भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य बाल कृष्ण बस्नेत प्रमुख आतिथ्यता एवं पालिका उत्प्रेरक बाबुराम खनाल रहनु भएका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका खानालले अब युवाको सुत्ने समय नभई राजनितिमा लागेर समाज र देशको विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयो । त्यसै गरी युवा शक्तिले नै संसारमा उल्लेखनीय क्रान्ति भएको र मिशन आउँदो चुनावलाई लक्षित गरी पर्सा जिल्ला लगायत ठोरी गाउँपालिकाको सम्पूर्ण वडामा युवाहरु सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्न अपिल गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने जिकिर गर्नु भयो ।
तेस्तै भएको कार्यक्रममा पार्टी प्रवेश तथा प्रशिक्षण , एक युवा पाँच बिरुवा अभियान , मधेश प्रदेश अधिवेशन प्रतिनिधि छनौट , राष्ट्रिय युवा संघ पर्सा जिल्ला अधिवेशन प्रतिनिधि छनौट लगायतको निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला सचिव अर्जुन नेपालले बताए । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका मधेश प्रदेश कमिटी सदस्य सपिका मगर , युवा संघ नेपालका रोहन श्रेष्ठ , अमृत कुमार राउत लगायतको उपस्थिति रहेको थियो।